menu

ताजा समाचार

क्रान्तिकारी माओवादीको बढ्दो क्रियाशीलता : गोकर्णेश्वरमा जनसभा

ओलीतन्त्रको प्रतिगमनकारी गतिविधिको भण्डाफोरका साथ ‘सङ्घीय जनगणतन्त्र’ को पक्षमा देशव्यापी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ १६ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बृहत जनसभा सम्पन्न गरेको छ । 

गोकर्णेश्वर नगर कमिटी र सम्पर्क मञ्च ३ नम्बर प्रदेशको संयुक्त आयोजनमा गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताहरूले आआफ्नो धारणा राखेका थिए । 

सम्पर्क मञ्चका अर्जुन बोगटीको अध्यक्षता र नगर सेक्रेटरी उमेश लामाद्वारा सञ्चालिन सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) की केन्द्रीय सदस्य शारदा महत, पार्टीको काठमाडौँ सचिव खगेन्द्र छन्त्याल, इन्चार्ज ढोगप्रसाद अधिकारी, अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, सम्पर्क मञ्चका केन्द्रीय संयोजक विष्णु खडकाले ओली सरकारको प्रतिगामी कदमको विरोध गर्दै संसदीय व्यवस्था असफल भइसकेको र सङ्घीय जनगणतन्त्रको दिशामा अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नु भएको थियो ।



यताका दिनमा नेकपा (क्रान्तिकारी माओवादी)  ले प्रतिगमनको भण्डाफोर गर्दै जनगणतन्त्रको आवश्यकता र औचित्यमा जोड दिंदै आफ्ना गतिविधि तीव्र बनिरहेको छ  । यसै क्रममा सो पार्टीका महासचिब द्वारा जनसमुदायमा जारी अपिलको सकारात्मक प्रभाव परेको कुरा पनि स्मरणीय छ ।


भिडियो फिचरview all