menu

ताजा समाचार

नेकपाका नेता धमेन्द्र बास्तोलालाई २४ घण्टाभित्र हाजिर गराउन सर्बोच्च अदालतको आदेश

नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाका तर्फबाट वहाँकी जीवनसाथी  हिमा बास्तोलाले सर्बोच्च अदालतमा प्रस्तुत गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि वरिष्ठ न्यायधीश मनोज शर्माको इजलासमा बहसपैरबी हुँदा सो इजलासले गृहमन्त्री, आइजिपी, ललिलतपुर प्रहरी कार्यालय लगायतलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र बन्दीलाई सर्बोच्च अदालतमा हाजिर गराउन आदेश दिएको छ । 

सो बहसपैरबीमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कपिलचन्द्र पोख्रेलले बहसपैरवी गर्नुभएको थियो । 

नेता धर्मेन्द्र बास्तोलालाई  गत पुस २९ गते दुई जना कार्यकर्ता    बिबेक कुमाल र विश्वाससहित ललिलतपुरको वाग्मती गाउँ पालिकाबाट लसललतपुर प्रहरीले पक्राउ गरेर पुर्पक्षका नाममा कसैलाई पनि भेटघाट गर्न नदिएर बन्दी बनाएको  थियो । धर्मेन्द्र बास्तोला  नेकपाका सचिवालय सदस्य र अन्तर्राष्ट्रिय विभागका प्रमुख हुनुहुन्छ ।





भिडियो फिचरview all