menu

ताजा समाचार

भारतीय दूतावास अगाडि जनयुद्धको नारा

ग्रिसका क्रान्तिकारी कम्युनिस्टहरू, प्रगतिशील शक्तिहरू तथा साम्राज्यवाद विरोधी समूहहरूले भारतमा चलिरहेको जनयुद्धको  समर्थन तथा राज्यआतङुकको विरोधमा कम्युनिस्ट पार्टी अफ ग्रिस (मार्क्सवादी–लेनिनवादी) को अगुवाइमा  गठित ‘ऐक्यबद्धता समिति’ को झण्डाका साथ यही नोभेम्बर २६ तारिखका दिन ग्रिसको राजधानी एथेन्सस्थित भारतीय राजदूतावासमा, ''भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ !" ''अपरेसन ग्रिन हन्ट बन्द गर !" ''कमरेड अजिथ र कमरेड कोबाध गान्धीलाई रिहाइ गर’ !"  को नारासहित कोण सभा सम्पन्न गरेका छन् ।

कोणसभापछि भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाउन खोज्दा प्रतिनिधि मण्डललाई भित्र प्रवेश गर्न दिइएन र  राजदूतावासको प्रवेशद्वारामा  समेत सो ज्ञापनपत्र टाँस्न दिइएन ।

राजदूतावासमा  बुझाउन  तयार पारिएको ज्ञापनपत्रमा भनिएको छ   “उत्पीडित जनता होइन, साम्राज्यवाद र तिनका दलालहरू आतङ्ककारी हुन् ।” त्यसैगरी मोदी सरकार ‘अपरेसन ग्रिन हन्ट’ का नाममा बलात्कार र हत्या अभियान चलाइरहेको छ र बहुराष्ट्रिय कम्पनीको हितका लागि आदिवासी जनताको भूमि कब्जा गरिरहेको छ भनेर उक्त ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा जनतामाथि लादिएको हत्या र  दमन बन्द गर्न, जेलमा रहेका कमरेड अजिथ र  कमरेड कोबाध गान्धी लगायतका बन्दीहरूको रिहाइको  पनि माग गरिएको छ । ज्ञापनपत्रको अन्त्यमा भनिएको छ  “राज्यआतङ्कले जनताको अधिकारका लागि बोल्ने आवाज बन्द गर्न सक्तैन, ऐक्यबद्धता कमिटी भारतीय क्रान्तिकारीहरूका पक्षमा निरन्तर समर्थन जाहेर गर्छ र हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दछ ।”
भिडियो फिचरview all