menu

ताजा समाचार

विप्लबद्वारा मोर्चाबन्दीमा जुट्न आव्हान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति प्रकाशित गरी वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्न आह्वान गरेका छन् ।

पुस ५ गते जारी वक्तव्यमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न आम जनसमुदायलाई आह्वान गर्दै यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न विशेष आग्रह गरेका छन् । उनले सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न पनि हार्दिक आह्वान गरेका छन् ।

वक्तव्यमा भनिएको छ :

‘तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन । यो सङ्कटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ । साथै सम्पूर्ण नागरिकहरूलाई आमूल परिवर्तनकारी सङ्घर्षमा सहभागी बन्न र सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।"

प्रस्तुत छ विज्ञप्तिको पूर्ण पाठ : 

भिडियो फिचरview all