menu

ताजा समाचार

कलाकार अग्निराज पौडेल पक्राउ

यताका दिनमा खास गरेर कोभिडको सन्दर्भलाई लिएर  विप्लवको नेतृत्वमा रहेको नेकपाले आन्दोलनका विविध कार्यक्रम सार्वजनिक  गरेसँगै ओली सरकारले सो पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता पक्राउ गर्ने कार्य  तीव्र बनाएको छ l यस क्रममा  सो पार्टीप्रति आस्था राख्ने शुभचिन्तक तथा पेशाकर्मीहरूलाई समेत ओली सरकारले गिरफ्तार गर्ने कार्यमा तीव्रता दिएको छ ।
 
यसै क्रममा चित्रकार  तथा पत्रपत्रिका डिजाइनर ‘अराप’ नामले परिचित अग्निराज पौडेललाई उनको काम गर्ने ठाउँ डिल्ली बजारबाट पक्राउ गरेको छ । अनलाइन ‘इ.रातोखबर’ अनुसार गिरफ्तारीपछि उनी भाडामा बसेको कोठासमेतको खानतलासी गरी परिवारलाई आतङ्कित पारिएको थियो । राजनीतिक गतिविधिभन्दा आफ्नो पेशामा सक्रिय पौडेल विप्लव सम्बद्ध सांस्कृतिक मोर्चाका केन्द्रीय  सदश्य हुन् । उनको गिरफ़्तारीको विरोध गर्दै  उनी सम्बद्ध सांस्कृतिक मोर्चाले उनको अबिलम्ब रिहाइको माग गरेको छ ।

 मार्क्सवादी विचार राख्न पाउने    र राजनिक संगठनप्रति समर्थन जनाउन पाउने संबैधानिक हक-अधिकार समेतलाई कुल्चेर ओली सरकारले जसरी लेखा-साहित्यकार तथा पेशाकर्मीहरूलाई जसरी गिरफ्तार गरिरहेको छ,  यो निन्दनीय छ र 'जनमेल' सांस्कृतिक कर्मी अग्निराज पौडेलको अविलम्ब रिहाइको माग गर्दछ 
भिडियो फिचरview all