menu

ताजा समाचार

राष्ट्रघातको खतरनाक सङ्केत विरुद्ध सजग रहन कमरेड किरणको अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले यही कात्तिक ७ गते एक वक्तव्य  प्रकाशित गरी भारतीय खुपिया विभाग ‘र’ का प्रमुखसित प्रधानमन्त्री ओलीको गोप्य वार्ताले गम्भीर र खतरनाक राष्ट्रघातको सङ्केत गरेको घटनाप्रति सजग रहन आम देशभक्त नागरिकलाई अपिल  गरेका छन् । 

वक्तव्यमा भनिएको छः 

यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग ९रिसर्च एण्ड एनालिसिस विङ्ग०का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ । यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ । त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपिल गर्दछ ।

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
कात्तिक ७, २०७७ 
भिडियो फिचरview all