menu

ताजा समाचार

विप्लवद्वारा “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल” का लागि आह्वान

संविधानले दिएको अधिकारसमेत उपयोग गर्न नदिई फासिवादी ओली सत्ताले पार्टी प्रतिबन्ध लगाएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक वक्तव्य प्रकाशित गरी अग्रगामी प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई  “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल” का लागि आव्हान  तथा आग्रह गरेका छन् । 

ओली फसिवादले प्रतिक्रियावादी क्रान्तिकारी शक्तिहरूमाथि दमन, अभिव्यक्ति स्वतन्त्रतामाथि दमन, राज्य आतंक मच्चाउँदै संविधानको  हर्षबढाइँ गरिरहेको अवसरमा ‘संविधान दिवस’ कै सन्दर्भ पारेर महासचिव विप्लवले सो वक्तव्य जारी गरेका हुन् ।  वक्तव्यमा भनिएको छ :

''आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी हुन गएको छ । हामो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ 
 ।"

भिडियो फिचरview all