menu

ताजा समाचार

पिसिपी र सरकारबीच युद्धविराम भङ्गको स्थिति

 जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र त्यहाँको दुतेर्ते सरकाबीचको ‘शान्ति वार्ता’ र  युद्ध विराम कुनै पनि बेला पनि भङ्ग हुने स्थितिमा पुगेको छ । आफनो मुलुकको आन्तरिक मामिला त्यसमा पनि सैन्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भनेर ओमामा प्रशासनसित सम्बन्ध विच्छेदको घोषणा गरेको दुतेर्ते सरकारले ट्रम्पको विजयपछि शान्तिवार्तासित सम्बद्ध विषयप्रति गम्भीरता नदेखाएको भनेर प्रश्न उठिरहेको अवस्थामा नायकका रूपमा राजकीय सम्मानका साथ यही नोभेम्बर १८मा  जनहत्यारा मार्कोसको अन्त्येष्टि गरिएको सन्दर्भलाई लिए पलिपिन्स कम्युनिस्ट पार्टी मात्र नभए नभई आम जनता एक हप्तादेखि निरन्तर सडक सङ्घर्षमा छन् । मार्सल ल लगाएर लाखौँ निर्दोष फिलिपिनी जनताको हत्या गर्ने फासिवादी हत्यारालाई नायक बनाएर राजकीय विशेष सम्मान दिनु भनेको  जनताको अपमान हो र यो फासिवाद र अमेरिकी साम्राज्यवादको पनि सम्मान हो भन्दै “मार्सल ल लगाउने फासिस्टलाई सम्मान होइन, उसको सिकार हुने जनतालाई न्याय देउ” भन्दै लाखौँ जनता  सडकमा निस्केका छन् ।

दुतेर्ते सरकारको दोहारो चरित्र निन्दनीय भएको र यसले आफ्नो वर्गचरित्र देखाएको कारण कुनै पनि बेला युद्धविराम भङ्ग हुन सक्ने भनी फिलिपिन्स कम्युनिस्ट पार्टी ले जनमुक्ति सेनालाई एलर्टमा राखेको छ ।
 
यसैबीच ‘नेसनल डेमोक्रेटिक फ्रन्ट अफ  पिलिपिन्स’ का तर्फबाट सरकारसित वार्ताको नेतृत्व गरिरहेका वार्ता संयोजक फिडेल आकाउलीले एक वक्तव्य प्रकाशित गर्दै सरकारका पछिल्ला गतिविधिहरू त्यसमा पनि जनहत्यारा मार्कोसलाई नायकका रूपमा मानेर राजकीय सम्मान दिने नियत ठीक नभएको र यो सरकार र ‘नेसनल डेमोक्रेटिक फ्रन्ट अफ  पिलिपिन्स’ बीच सन् १९९८ को सम्झौता विपरीत भएको भन्दै दुतेर्ते सरकार  जनताका भावनाभन्दा बाहिर गएर शान्तिवार्ता भङ्ग गराउने बहाना खोजिरहेको छ भनेका छन् । उनले मार्कोसलाई सम्मान दिनु भनेको मार्सल ल को समयमा राज्यआतङ्कको सिकार भएका जनताप्रतिको अपमान हो भनेका छन् ।

भिडियो फिचरview all