menu

ताजा समाचार

उपचाररत साहित्यकार अनिल शर्माको गिरफ्तारीप्रति सर्वत्र निन्दा

 चार महिनादेखि चितवनको भरतपुर अस्पतालमा औषधी उपचार गराइरहेका मार्क्सवादी साहित्यकार तथा पत्रकार अनिल शर्मा 'विरही' लाई अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गराएर प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेर मुद्दा छ भन्दै जनकपुर लगेको समाचार छ । 

कामको सिलसिलामा घाइते भई अस्पतालमा भर्ना भएका विरहीलाई प्रहरीले अस्पतालबाट गिरफ्तार गरेपछि अदालतले रिहाइ गर्न र पुनः गिरपतार नर्गन निर्देशन दिए पनि अहिले आएर  अनेक बहाना बनाएर पुनः वहाँलाई गिरफ्तार गरेको छ । 

मुलुकमा कोरोना महामारीका कारण सर्वत्र हाहाकार भएको र जेलका बन्दीहरूमा समेत सङक्रमण फैलिन थालेको  भनेर मानवअधिकार कर्मीहरू, पत्रकार र बुद्धिजीवीहरूले आवाज उठाइरहेको अवस्थामा औषधीउपचार गराइरहेको बिरामीलाई अस्पतालबाटै पक्राउ गर्नु निन्दनीय कार्य हो । साहित्यकार अनिल शर्माको गिरफ्तारीको निन्दा गर्दै साहित्यकार, पत्रकार र राजनीतिक सचेतकहरूले रिहाइको माग गरेका छन् । ‘जनमेल’ मार्क्सवादी साहित्यकार तथा पत्रकार अनिल शर्माको गिरफ्तारीको भ्रर्सना गर्छ र अविलम्ब रिहाइको माग गर्छ ।

भिडियो फिचरview all