menu

ताजा समाचार

कमरेड गणपतिका सम्बन्धमा फैलाइएको भ्रम विरुद्ध भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

जसरी हुन्छ सन् २०२२ सम्ममा माओवादीहरूलाईं सखाप पार्ने भनेर ‘अप्रेसन समाधान’ नामको राज्यआतङ्कको नयाँ शृङ्खला चलाएको भारतीय प्रतिक्रियावादी सरकारले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का विरुद्ध पछिल्लो समयमा षड्यन्त्रका नयाँनयाँ तानाबना बुनिरहेको छ । हिजो माओवादी आन्दोलन दमन गर्न ‘सलवा जुडुम’ चलाएको भारतीय फासिवादले उल्टै कडा प्रतिरोध सहेपछि अहिले प्रचारआतङ्क, लोभ-प्रलोभन, मनोवैज्ञानिक आतङ्क र बन्दुकको आतङ्कमार्फत माओवादी दमन अभियान चलाएको छ । यसलाई उसले एकीकृत अभियानको नाम दिएको छ ।

यसै क्रममा नेताहरूको टाउकाको मूल्य तोक्ने, हतियारसहित आत्मसमर्पण गर्नेलाई पुरस्कृत गर्ने, नक्कली माओवादी बनाएर घुसपैठ गराउने, आदिवासी क्षेत्रमा विकासका नाममा अनेक चाल गर्ने, आदिवासीलाई प्रभावित पार्न आदिवासी फोर्स, बस्तर बटालियनजस्ता फोर्स तयार पार्ने र साथसाथै दमन, आतङ्क, हत्या, बलात्कार र आगजनीमार्फत मानसिक रूपमा कमजोर बनाउने षड्यन्त्रलाई  मोदी फासिवादले येतिखेर व्यवहारमा प्रयोग गरिरहेको छ । 

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले उमेर र स्वास्थ्यका कारण सक्रिय भएर पार्टीमा जिम्मेवारी लिन नसकेका र नसक्ने कारणलाई लिएर स्वैच्छिक अवकास लिने र आफूले सक्ने जिम्मेवारी लिएर पार्टीलाई सहयोग गर्ने भनेर निर्णय गरेपछि मोदी प्रतिक्रियावाद अनेक भ्रम उत्पन्न गरेको छ । यस क्रममा वैचारिक रूपमा ढुलमुल भएका,  कतिपय थाकेर पलायन भएकाहरूलाई प्रयोग गरिरहेको छ ।
 
दमन र भ्रमका अनेक थरी योजना र परियोजनाहरू असफल हुँदै गएका र पछिल्लो समयमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सङ्गठन विस्तार र गतिविधिमा तीव्रता दिएपछि भारतीय फासिवादले पछिल्लो समयमा सो पार्टीका पूर्व महासचिक कमरेड गणपतिले “स्वास्थ्य र सङ्गठनात्मक असन्तुष्टिका कारण पार्टी परित्याग गरेर शान्तिपूर्ण जीवन बिताउन सरकार समक्ष आत्मसमर्पणको सन्देश पुर्याएको ” भनेर मनोआतङ्क  र भ्रम फैलाइरहेको छ ।

 भारतीय संस्थापन पक्ष नजिकको मानिने ‘हिन्दुस्तान टाइम्स’ लगायतका पत्रिकाका यही सेप्टेम्बर २ मा प्रकाशित समाचारपछि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले त्यसको खण्डन गर्दै सत्यतथ्य प्रकाशमा ल्याएको छ । सो पार्टीका प्रवक्ता कमरेड अभयको नाममा यही सेप्टेम्बर ३ मा प्रकाशित वक्तव्यमा भनिएको छ : ''हामी मोदी सरकारद्वारा तयार पारिएको  'आत्मसमर्पणको कथा' को नीकृष्ट झूटको निन्दा गर्दछौं। हामी घोषणा गर्दैछौं— क्रान्ति सफल नहोउन्जेलसम्म दृढ संकल्पसहित केन्द्रीय कमिटीको नेतृत्वमा शासक वर्गहरूका  बिरूद्ध हामी लडाइं जारी राख्नेछौं ।" 

 प्रस्तुत छ वक्तव्यको पूर्ण  पाठ : 
--------------------------------------------------------  


नयाँ दिल्लीको प्रचार षडयन्त्र : भारतीय कम्युनिस्ट पार्टी  (माओवादी)

हामी मोदी सरकारको "गणपतिको आत्मसमर्पण" कहानीको नीकृष्ट झूटको निन्दा गर्दैछौं। यो प्रचारषडयंत्र मोदी अमित शॉको नेतृत्वमा कुख्यात सुरक्षा संयत्रका नाइके अजित   डोभाल र विजय कुमारका साथै तेलंगाना एसआईबी र छत्तीसगढ़ खुफिया एजेन्सी लगायतको सहयोगमा तयार पारिएको योजना हो ।

मोदी र गिरोहको नेतृत्वमा सम्पूर्ण भारतीय अर्थव्यवस्था गम्भीर आर्थिक मन्दीको चक्रमा छ । कोविड-१९ का कारण  महामारी अर्थव्यवस्थाको यो संकट  अझ बढ्दै गएको छ । दिनहुँ मोदी सरकारको बिरूद्ध दिनहौँजसो  जनताको प्रदर्शनको सागर बढ्दै गएको छ  । गृह मन्त्रालयको रणनीति बमोजिम २०२२ सम्म माओवादी पार्टीलाई अन्त्य गर्ने र नयाँ भारत बनाउने योजना पनि पूर्ण रूपमा असफल भएको छ ।
सेनालाई तैनाथ गर्नुबाहेक मोदी सरकार कश्मीर र नागा जस्ता राष्ट्रिय समस्याहरूको समाधान गर्न पनि पूर्ण असफल भयो। शहरी माओवादीका नाममा मोदी सरकारले फरक  विचार राख्नेहरू तथा सामाजिक समस्याप्रति प्रतिबद्धता जाहेर गर्ने धेरैलाई जेलमा राखेको छ । वर वर राव, साइबाबा, आनंद तेलतुम्बडे, सुधा भारद्वाज , शोमा सेन, वर्नेन गोंजाल्वेज, अरुण फेरा, रोना विल्सन, सुरेन्द्र गाडलिंग, गौतम नवलखा , सुधिर डावले, महेश रौतु जस्ता सामाजिक कार्यकर्ता र प्रख्यात व्यक्तित्त्वहरूलाई बिना जाँचपड्ताल जेलमा राखिएको छ ।

यस किसिमका फासिवादी र क्रूर कार्यको बिरूद्ध मोदी सरकार आन्तरिक र अन्तर्राष्ट्रिय तहमा समेत जनताको क्रोधको सामना गरिरहेको छ। यो युद्धपिपासु र  उन्मादी मोदी र भगवा गिरोह छिमेकी देशहरूसँगको  व्यवहारमा  गर्न पूर्ण रूपमा असफल भएको छ । गल्भान उपत्यकामा हालै भएको झगडाका सम्बन्धमा चीनसँगको समस्या सुल्झाउन मोदी सरकार पूर्ण रूपमा असफल भएको छ,  यसबाट देश र विदेशमा सरकारको बदनाम भएको छ । मोदी सरकार एकदमै  निराशाको  अवस्थामा छ। मोदी भ्रमपूर्ण प्रचार आतंक र झूठको सहारा लिएर सरकार फासिवादी 'सामधान ʹ  योजना मार्फत हाम्रो पार्टी र जनतामाथि दमनचक्र चलाइरहेको छ । यी सबै चीजहरूका बाबजुद पनि हाम्रो पार्टी र आन्दोलन तेलंगना लगाएत  अन्त राज्यहरूमा मजबुत बन्दै गइरहेको छ ।

उमेर र सामान्य रोगका कारण कमेड गणपतिले दुई वर्षघि नै स्वेच्छाले पार्टी महासचिवको जिम्मेवारी छोड्ने निर्णय गर्नु भएको थियो । यो सबैको जीवनमा हुँदै आएको कुरा हो । मोदी सरकारको नीकृष्ट  झूटसँग यसको कुनै सम्बन्ध छैन। जनतालाई ठग्न र जनसंख्याको ठूलो हिस्सालाई अन्धकारमा राख्न मोदी सरकार कपटपूर्ण छलछामको तानाबाना बुनेर गणपति ' सरेंडरको कथा' पको होहल्ला गरिरहेको छ।

संक्षिप्तमा, हिन्दू  फासिवादी भगवा विचारधारा बोकेको मोदी सरकार आन्तरिक र बाह्य सबै मोर्चामा असफल भएको छ। कर्पोरेट शक्तिहरूमा विश्वास जगाउन र हाम्रो पार्टीप्रति  आम जनताको  विश्वासलाई कमजोर बनाउन, यी प्रतिक्रियावादी दलालहरूले यस किसिमको  "उच्च-तहको  समर्पण कथा" को तानाबाना बुनेका हुन् । हामी जनतालाई यस भारतीय धर्तीबाट यी दलाल  प्रतिक्रियावादीहरूलाई फ्याँक्न आव्हान  गर्दैछौं। सरकारले हाम्रो पार्टीको नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्ने प्रयाश  गरिरहेको छ। हाम्रो केन्द्रीय समिति जनताको मुक्तिप्रति प्रतिबद्ध छ र लामो  वैचारिक तथा राजनीतिक अनुभवका साथ मजबुत छ । हामी मजदुर वर्ग, किसान, निम्न- बुर्जुवा वर्ग, सबै प्रजातन्त्रवादीहरू, प्रतिष्ठित  व्यक्तित्वहरू , प्रगतिशील जनता , देशभक्त र साम्राज्यवाद विरोधी शक्तिहरूलाई, प्रतिक्रियावादी सत्ताद्वारा  पालिएका कर्पोरेट मिडियाको नीकृष्ट प्रचारको भ्रत्सना गर्न अपिल  गर्दछौं।

एकपल्ट फेरि हामी मोदी सरकारद्वारा तयार पारिएको  'आत्मसमर्पणको कथा' को नीकृष्ट झूटको निन्दा गर्दछौं। हामी घोषणा गर्दैछौं— क्रान्ति सफल नहोउन्जेलसम्म दृढ संकल्पसहित केन्द्रीय कमिटीको नेतृत्वमा शासक वर्गहरूका  बिरूद्ध हामी लडाइं जारी राख्नेछौं ।

क्रान्तिकारी अभिवादनसहित 

अभय, प्रवक्ता केन्दीय समिति 

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी)

सेप्टेम्बर ३ , २०२० 

अनु : ऋषिराज बराल 
भिडियो फिचरview all