menu

ताजा समाचार

'राज्य दमन विरुद्ध अभियान' भन्छ: वरवर रावलाई अविलम्ब रिहा गर

जेलमै कोरोना सङ्क्रमणलाई लुकाएर चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुत्त्ववादी भारतीय फासिवादी सत्ताको कुनियतलाई वररवर रावको परिवार, मानवअधिकारवादी संस्थाहरू तथा प्रगतिशील बौद्धिक  जमात र संचार माध्यमहरूको चर्को दवाबपछि भारतीय पतिक्रियावादी सरकार रावलाई अस्पताल भर्ना गर्न बाध्य भएको छ । जेलबाट अस्पताल  पुर्याइए   पनि  वहाँको राम्रो उपचार हुन नसकेको र वहाँ दिशापिसाब एकै ठाउँ गर्ने स्थितिमा रहेको समाचार पनि प्रकाशमा आएको छ ।
 
यसैबीच वहाँको उचित स्वास्थ्योपचारका साथै अविलम्ब रिहाइको माग गर्दै भारत, नेपाल लगायत विश्वका  मार्क्सवादी लेखकहरूले आवाज उठाइरहेका छन् र विभिन्न सङ्घसंसथाहरूले सामूहिक पहलका साथ अभियानकै रुपमा दवाब दिइरहेका छन्।

पछिल्लो समयमा रावसहित भीम कोरेगाउँसित सम्बद्ध बन्दीहरू लगायत प्राध्यापक जि. एन. साइबाबाको रिहाइलाई लिएर ‘पिपुल्स वाच’ सहित  ३ दर्जनभन्दा बढी  सङ्घसंस्था तथा मोर्चाहरूले संयुत्त, वक्तव्य जारी गरेका छन् । 'राज्य दमन विरुद्ध अभियान' नाम दिएर थालिएको अभियानद्वारा जारि अपिलको  सारसङ्क्षेप यस प्रकार  छ । 

------------------------------------------------------------------------------------------------------------------
वरवर रावलाई अविलम्ब रिहाइ गर
८१ वर्षीय क्रान्तिकारी कविको स्वास्थ्यप्रति सरकारी कठोरता र उपेक्षाको निन्दा गरौँ
सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरौँ

'राज्यदमन विरुद्धको अभियान'  कोभिड–१९ सङ्क्रमित क्रान्तिकारी कवि  वरवर रावको यथाशीघ्र रिहाइको माग गर्दछ । परिवारबाट प्राप्त जानकारी अनुसार यताका केही दिनहरूमा वहाँको स्वास्थ्य एकदमै खराब रहेको छ । यो कुरा रावको बोली र व्यवहारबाट पनि थाहा हुन्छ । परिवार र अन्य क्षेत्रको लगातार दवाबका कारणले नै  जेलका अधिकारीहरू वहाँलाई अस्पतालमा लैजान बाध्य भएका छन्, परन्तु  अस्पतालमा  पनि उहाँको सही उपचार र रेखदेख नगरिएका समाचारहरू बाहिर आएका छन् । 

वरवर रावप्रतिको व्यवहारले कोभिड-१९ र सरकारको खराब नियतलाई उजागर गर्दछ । जेलमा थुप्रै राजबन्दीहरू त्यसमा पनि ६० नाघेका  राजबन्दीहरू थुप्रै छन् र सरकारको व्यवहार एकदमै नकारात्मक छ । अहिले राव लगायत आनन्द तेलतुम्डे, गौतम नवलखा, शोभा सेनहरू जेल भोगिरहेका छन् । यी सबैलाई सहरी नक्सली बनाएर फरक मत र विचारमाथि दमन गर्दै बिना कसुर अधिकारीहरूले जेलमा राखेका छन् । 

कोभिड- १९ मुलुकव्यापी भएसँगै धेरै भीडभाड हुने जेलमा कतिपय बन्दीहरू चूपचाप बेपत्ता भएका छन् । 

शारीरिक रूपमा ९० प्रतिशत असक्त ह्विलचेयरबिना यताउति गर्न नसक्ने  दिल्ली विश्वविद्यालयका प्राध्यापक साइबाबालाई पेरोलका लागि बारम्बार पुनरावेदन गर्दा पनि जेलमै राखिएको छ  र वरवर रावको स्थिति पनि त्यस्तै हुन सक्छ । प्राय गरेर  यस्ता व्यक्तित्वहरूलाई कतिपय प्रतिक्रियावादी सरकारहरूले सजाय नतोक्ने, तर अनुसन्धानका नाममा वर्षौँसम्म जेलमै राखेर सिध्याउने गरेका उदाहरण छन् । 
 दिल्लीको पुलिसले पक्राउ गरेका कयौं एन्टी सीएए, एनआरसी र एनपीआर कार्यकर्ताहरू रिहा भएको  अपिलका बाबजुद जेलमा कैद थिए र छन् भन्ने कुरा  भनिरहनु पर्दैन । राजनीतिक कैदीहरूलाई चिकित्सा सेवा दिन अस्वीकार गर्ने  नीति किसान नेता अखिल गोगोई र मानस कोनवारलगायत आसममा जेलमा परेका कोविड सङ्क्रमित  अन्य व्यक्तिहरूमा समेत लागु भइसकेको छ । यी सबै अचम्मको गैरकानूनी गतिविधि रोकथाम ऐन (युएपीए) र एनआइए ऐन प्रयोग गरी अस्वीकृत गरिँदैछ  । सामाजिक कार्यकर्ताहरूलाई बन्दी बनाउने र जमानत अस्वीकार गर्ने यी कडा कानुनहरूको प्रयोग कारागार र  मानव जीवन रक्षाको अधिकारको स्पष्ट उल्लङ्घन हो । 

कोरोना र लकडाउनका नाममा सुनवाइ स्थगित गरिएका छन् र अनुसन्धनका कार्यहरू समेत स्थगित गरेर ठाडो निर्णय गरिने गरेका छन् । भीम कोरेगावँको सन्दर्भ होस् अथवा अरू कुनै, हिन्दूवादी सरकारको विरोधमा उठेका हरेक आवाजलाई दबाउने हतियार बनेको छ सहरी नक्सलीको नाम र बद्नाम कानुनहरू । वास्तवमा राज्यसत्ता हिन्दूवादी सरकारका विरद्ध उठ्ने हरेक आवाजलाई दबाउन चाहन्छ । यसै अर्थमा ब्राम्हणवादी हिन्दूत्ववादी फासिवादको विरोध गर्नु, सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गर्नु र देशभरिका जेलमा रहेका कैदीहरूको स्वास्थ्यमा ध्यान दिइयोस् भनेर माग गर्नु हाम्रो कर्तव्य बन्दछ ।

 ‘राज्य दमन विरुद्धको अभियान’ (सीएएसआर) आम जनताका साथ व्यापक मात्रामा एकजुट भएर फासिवादी शक्तिहरूको प्रतिरोध गर्न र राज्य दमनको विरोध गर्न समाजका सबै प्रगतिशील र प्रजातान्त्रिक तप्कालाई आग्रह गर्दछ । आउनुहोस्, हाम्रा मागलाई  अघि बढाऔँ : 
१) क्रान्तिकारी कवि वरवर राव र डा. जि. एन. साइबाबालाई तुरुन्त रिहा गर ।  

२)  भीमा कोरेगाउँ बनावटी मुद्दामा अभियोग लगाइएका सबै कार्यकर्ता र बुद्धिजीवीहरूलाई तत्काल रिहा गर । 
३) सबै एन्टी सीएए, एनआरसी र एनपिआर कार्यकर्ताहरूको तत्काल रिहा गर । 
४) देशभरिका जेलमा रहेका सबै राजनीतिक बन्दीहरूलाई तुरुन्त रिहा गर । 
५) युएपिए, पिएसए, एनयसए सहित यस्ता सबै  जनविरोधी  कानुनहरू खारेज गर । 

'राज्य दमन विरुद्ध अभियान'
 Organizing Team: 

AISA, AISF, APCR, BCM, Bhim Army, Bigul Mazdoor Dasta, BSCEM, CEM, CRPP, CTF, Disha, DISSC, DSU, DTF, IAPL, IMK, Karnataka Janashakti, KYS, Lokpaksh, LSI, Mazdoor Adhikar Sangathan, Mazdoor Patrika, Mehnatkash Mahila Sangathan, Morcha Patrika, NAPM, NBS, NCHRO, Nowruz, NTUI, People’s Watch, Rihai Manch, Samajwadi Janparishad, Satyashodak Sangh, SFI, United Against Hate, WSS. 

भिडियो फिचरview all