menu

ताजा समाचार

माओवादीहरूले विशेष कार्यक्रमको घोषणा गरे

वर्तमान कम्युनिस्ट आन्दोलनको आस्था, विश्वास र केन्द्र बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सहित विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठहरूले ‘मे दिवस २०१६’ को अपिलमा सन् २०१६ देखि २०१८ सम्म चारओटा विशेष कार्यक्रम गर्ने घोषणा गरेअनुसार विश्वका क्रान्तिकारी माओवादीहरूले सन् २०१७ मा रूसी अक्टोबर क्रान्तिको शतवार्षिकी तथा नक्सलबाडी सशस्त्र किसान आन्दोलन ५०वर्ष पुगेको सन्दर्भमा विशेष कार्यक्रमहरू गर्ने निर्णय गरेका छन् ।उनीहरूका भनाइअबुसार्  सन् २०१७ को वसन्त तथा शरद याममा गरिने यी विशेष कार्यक्रमहरू केन्द्रीकृत तथा आआफ्नो मुलुकको विशिष्टतामा सम्पन्न गरिनेछन् ।

मार्क्सवाद–लेनिनवाद–माओवादको आवरणभित्र रहेर पेरिस कम्युनदेखि चिनियाँ नयाँ जनवादी क्रान्तिसम्मको  समग्र इतिहास खारेज गर्न एकथरी विसर्जनवादीहरू कम्मर कसेर  लागेको बेला पेरिस कम्युन, रूसी अक्टोबर क्रान्ति, तथा चिनियाँ नयाँ जनवादी क्रान्ति, 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' र 'नक्सलबाडी सशस्त्र किसान आन्दोलन' हुँदै अहिले निरन्तरतामा भइरहेका जनयुद्ध तथा वर्गसङ्घर्षहरूलाई जोडने कडीका रूपमा आयोजकहरूले यी कार्यक्रमहरूलाई लिएका छन् ।

यसैक्रममा ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय  सङ्गठन’ ले पनि आफ्नो विशेष वार्षिक कार्यक्रम तालिका प्रकाशमा ल्याएको छ  । सो कार्यक्रम जनवरी २०१७ देखि अभियानका रूपमा आरम्भ हुनेछ, जसमा जनवरी २८ मा जनप्रदर्शन, जनसभा, सांस्कृतिक कार्यक्रमहरू तथा विचारगोष्ठीहरू गर्ने तय गरिएको छ र यसको समापन अक्टोबर क्रान्ति दिवसमा हुनेछ ।  यस क्रममा यसले जनयुद्धको समर्थन र भारतीय फासिवादको विरोधमा विचारका माध्यमले सहयोग पुर्याइरहेका विश्वभरिका बुद्धिजीवी तथा पत्रकारहरूको सहभागितामा युरोपमा विशेष गोष्ठि  पनि सम्पन्न गर्नेछ ।

त्यसैगरी भारतको नक्सलवाडी आन्दोलन ५० वर्ष पुगेको सन्दर्भलाई लिएर मे दिवस २०१७ को सेरोफेरोमा विशेष कार्यक्रमहरू भारतलगायत युरोपेली तथा ल्याटिन अमेरिकी मुलुकहरूमा गरिने कुरा पनि 'भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय सङ्गठन’ ले जनाएको छ । यसक्रममा यसले ‘राज्यआतङक बन्द गर्’ , ‘अपरेसन ग्रिन हन्ट बन्द गर्’,   साम्राज्यवादपरस्त फासिवादी मोदी सरकार मुर्दावाद !’ , ‘भारतमा चलिरहेको जनयुद्धलाई सहयोग गरौँ’, लगायतका  नाराहरू तय गरेको छ।

भिडियो फिचरview all