menu

ताजा समाचार

विश्वव्यापी रूपमा आवाज गुन्जियो : क्रान्तिकारी कवि वरवर रावलाई जेलमै नमार

क्रान्तिकारी कवि तथा विचारक ८१ बर्से वरवर राव अहिले मुम्बईस्थित तलोजा जेलमा जेलमा हुनुहुन्छ । भीम कोरेगाउँ घटनासित जोडेर माओवादी हुनुको अभियोग लगाएर २० महिनादेखि वहाँलाई जेलमा राखिएको छ  । विभिन्न रोगले ग्रस्त राव जेलमै अचेत अवस्थामा पुगेपछि केही समय पहिले अस्पतालमा लगे पनि राम्रोसित उपचार नै नगरी पुनः जेलमा पठाइएको थियो । वहाँको रिहायका लागि विश्वप्रशिद्ध विद्वानहरू, प्राध्यापकहरू तथा लेखकहरूले अभियान नै चलाएका भए पनि भारतीय फासिवादी सरकार मोदी सरकारले यसलाई अलिकति पनि गम्भीरताका साथ लिएको छैन  । 

पछिल्लो समयमा खास गरेर ११ जुलाईका दिन वहाँको स्वास्थ्य एकदमै खराब भएको भनेर समाचार बाहिर आयो । अनेक किसिमको आशङ्का पनि भयो ।  बेसुरका कुरा गर्ने र बोल्न  पनि नसक्ने वहांको अवस्थाले विश्वका न्यायप्रमी समुदाय र बौद्धिक क्षेत्रलाई चिन्तित तुल्यायो । यसै क्रममा परिवारका तर्फबाट वक्तव्य जारी गरिएको छ  र अहिले  “We make only one demand. Don't kill him in jail.”  नारा सर्वत्र गुन्जिएको छ  । हामी क्रान्तिकारी कवि रावको सुविधासम्पन्न अस्पतालमा स्वास्थ्योपचारको व्यवस्था मिलाउन र शीघ्रातिशीघ्र रिहाइ गर्न माग गर्दछौँ र नेपालका जनपक्षीय शक्ति र मार्क्सवादी लेखक तथा बुद्धिजीवीहरूलाई वहाँको स्वास्थ्योपचार तथा रिहाइका लागि आवाज उठाउन अनुरोध गर्दछौँ । यसै सन्दर्भमा हामीले रावको परिवारका तर्फबाट जारी वक्तव्य प्रस्तुत गरेका छौं ।  

--------------------------------------------------------------------------
वरवर रावलाई जेलमै नमार 

कवि वरवर रावको परिवारबाट जारी प्रेस विज्ञप्ति

हामीहरू नवी मुम्बई तलोजा जेलमा कैद विश्वचर्चित तेलगु क्रान्तिकारी कवि तथा जनताका बुद्धिजीवी वरवर रावको परिवारका सदस्यहरू, उहाँको विग्रँदो स्वास्थ्यलाई लिएर एकदमै चिन्तित छौँ । छ हप्ताअघि जतिबेर २८ मे २०२० मा अचेत अवस्थामा वहाँलाई तलोजा जेलबाट जेजे अस्पतालमा लगिएको थियो, त्यतिबेरदेखि नै उहाँको स्वास्थ्य एकदमै नराम्रो गरी बिग्रेको छ । वहाँको स्वास्थ्यमा कुनै सुधार नै नभई अस्पतालबाट डिस्चार्ज गरेर पुनः जेलमा पठाइएको थियो । वहाँलाई निरन्तर स्वास्थ्य सुविधा र इमर्जेन्सी चिकित्सीय ओषधीउपचारको अहिले पनि आवश्यकता छ ।

 हाम्रो चिन्ताको थप कारण निरन्तर रूपमा आइरहेको वहाँको फोन हो, शनिवारको साँझ वहाँको लगातार फोन आएको थियो । यसले हामीलाई थप चिन्तित तुल्याएको छ । २४ जुन र २ जुलाईमा आएको फोनको आवाज पनि एकदमै मधुरो र चिन्ता जगाउने खालको थियो । वहाँको बोली लरबरिएको थियो र बेलाबेलामा के के बोल्दै हिन्दीमा बोल्नु हुन्थ्यो । तेलगु मात्र नभएर हिन्दी समेत फरर्र बोल्ने प्रखर वक्ताको त्यस किसिमको लरबरिएको र बर्बराएको बोली चिन्ता जगाउने र डर लाग्ने खालको नै थियो ।

११ जुलाईमा आएको फोन अबm बढी अत्याउने किसिमको र एकदमै चिन्ताजनक थियो, वहाँले आफ्नो स्वास्थ्यका बारेमा प्रस्ट  कुरा नगरेर आमाबाको अन्तिम संस्कारका सम्बन्धमा बेसुरका कुरा गर्नुभयो, जुन सात दशक र चार दशक अघिको कुरा थियो । एउटै आरोपमा जेलमा रहेका अर्का आरोपी कैदी साथीले फोनबाट हामीलाई वहाँ आफैँ हिँडेर शौचालय जान नसक्ने र दाँत ब्रस गर्ने पनि नसक्ने स्थितिमा  रहेको  भन्ने कुराको जानकारी दिनुभयो । आफू रिहा हुँदैछु र जेलको ढोकामा आफ्नो परिवार पर्खेर बसेका छन् भन्ने कुराको भ्रम वहाँमा परेको कुरा पनि उहाँले जानकारी दिनुभयो ।
 
जेलमा रहेका साथीले शारीरिक दृष्टिले मात्र नभई  न्युरोलोजिकल समस्याका दृष्टिले पनि वहाँमा समस्या रहेकाले तुरन्तै चिकित्सीय उपचार आवश्यक रहेको कुरा सुनाउनु भयो । बेसुर हुने, बिर्सने शरीरमा सोडियम र पोटासियमको अभावका कारणले हो र यसले मस्तिष्कलाई नोक्सान पु¥याउने गर्दछ । इलेक्ट्रोलाइट असंतुलन  ले  ज्यानै पनि लिन सक्छ । तलोजा  जेलमा यस किसिमको गम्भीर बिमारीका लागि  नत चिकित्सा विशेषज्ञहरू छन्, न त आवश्यक उपकरणहरू नै । त्यसैले वहाँको जीवन रक्षाका लागि र इलेक्ट्रोलाइट असंतुलनका  कारण संभावित मस्तिष्क क्षति र  जीवन जोखिमबाट बचाउनका  लागि  तत्काल कुनै विशेष अस्पतालमा  स्थानांतरित गर्नु जरूरी छ।

वहाँलाई जुन किसिमको मुद्धा लगाइएको छ, त्यसैका नाममा सबै कुरा  पर सारेर बेवास्ता गरिएको छ । वहाँलाई विचाराधीन कैदीका रूपमा २२ महिना जेलमा राखियो र बिना जाँचपडताल र अनुसन्धान त्यसैलाई सजायमा बदलेर जेलमा राखिएको छ  । वहाँको जमानत याचिकालाई पाँच पल्ट खारेज गरिसिकएको छ र यहाँसम्म कि वहाँको उमेर, खराब स्वास्थ्य र कोविडको जोखिमलाई लिएर गरिएको विशेष याचिकाको पनि बेवास्ता गरियो । 

हाम्रा लागि वहाँको जीवनरक्षा सबैभन्दा चिन्ताको विषय बनेको छ । यतिबेला हाम्रो माग भनेको वहाँको जीवनको सुरक्षा हो । वहाँलाई ओषधी उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लगियोस् र  आवश्यक औषधी उपचार गरियोस् भन्ने माग यतिबेर हामी सरकारसित गर्दछौँ । कुनै पनि व्यक्तिलाई उसको बाँच्ने अधिकारबाट वंचित गर्ने अधिकार छैन, एउटा विचाराधीन बन्दीका सम्बन्धमा त झनै छैन भनेर हामी सरकालाई सम्झना दिलाउन चाहन्छौँ । 

पी. हेमलता :  पत्नी 
पी. सहजता, पी. अनला, पी पावना : छोरीहरू 
१२ जुलाई, २०२०

भिडियो फिचरview all