menu

ताजा समाचार

क्रान्तिकारी शिविरले एक महान् कमरेडलाई गुमाएको छ : कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तान

कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानले यही २० जुन, २०२० मा प्रेस वक्तव्य जारी गरेर सो पार्टीका अध्यक्ष कमरेड जियाको निधन भएको जानकारी गराएको छ । वक्तव्यमा हृदयघातका कारण ६८ वर्षीय कमरेड जियाको निधन भएको भनेर जनाइएको छ । 

कम्युनिस्ट पार्टी (माआवादी), अफगानिस्तान विश्वका माओवादी पार्टीहरू एउटै छातामुनि एकत्रित हुनु पर्छ भनेर नयाँ क्रान्तिकारी केन्द्र निर्माणमा सक्रियतापूर्वक लागेको पार्टी हो । विगतमा पनि 'रिम' लाई अघि बबढाउन उहाँको महत्त्वपूर्ण योगदान रह्यो। यसपल्टको मे दिवस संयुक्त घोषणपत्रमा पनि उसको सक्रिय सहभागिता रहेको छ । 

हामी कमरेड जियाको निधनप्रति गहिरो शोक प्रकट गर्दछौँ र सो पार्टीका कमरेडहरूले पार्टीको झन्डालाई झन् झन् माथि उठाउनु हुनेछ भन्ने कामना गर्दछौँ । 

तल सो वक्तव्यको सारसङ्क्षेप प्रस्तुत गरिएको छ :

कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानका अध्यक्ष कमरेड जियाप्रति श्रद्धान्जली !

कम्युनिस्ट पार्टी (माओवादी)  अफगानिस्तानका अध्यक्ष कमरेड जिया अमर हुनुहुन्छ   

कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानको केन्द्रीय समिति अत्यन्तै शोक र गहिरो पीडाका साथ सबै सदस्यहरू, पार्टीका समर्थकहरू,  देशका अन्य माओवादीहरूका साथै अन्य देशहरूका माओवादी सङ्गठनहरू तथा मार्क्सवाद-लेनिनवादसित सम्बद्ध विश्वका अन्य पार्टीहरूलाई पार्टीका अध्यक्ष तथा संस्थापक नेतामध्येका एक नेता कमरेड जियाको ६८ वर्षको उमेरमा हुदयघातका कारण निधन भएको कुरा जानकारी गराउँछ । 

कमरेड जियाको मृत्यु हाम्रो पार्टी, सर्वहारा वर्ग र हाम्रो देशका जनता, अन्तर्राष्ट्रिय सर्वहारावर्ग, क्रान्तिकारी जनता र अन्तर्राष्ट्रिय कम्युनिस्टआन्दोलनको लागि ठूलो क्षति हो।

अवश्य  पनि उहाँको मृत्युले हाम्रो पार्टीका सदस्यहरू, अन्य माओवादीहरू र हाम्रो देशका जनतालाई गहिरो शोक र पीडा दिनेछ ।  केन्द्रीय समितिले पार्टीका सबै सदस्यहरुलाई शोकलाई क्रान्तिकारी सङ्घर्षमा परिणत  गर्न,  पार्टी एकता कायम राख्न र केन्द्रीय समितिको वरिपरि एकताबद्ध हुन्  आह्वान गर्दछ।

कामरेड जियाको जीवन क्रान्तिकारी प्रतिबद्धता र जनताको सेवाले भरिएको थियो। सानै उमेरमा, उहाँ निरङ्कुश  राजतन्त्रका  बिरूद्ध क्रान्तिकारी संघर्षमा सामेल  सामेल हुनुभयो । १९७८  को कुख्यात 'कु '  र  पछि १९७९ को सोभियत सामाजिक साम्राज्यवादी आक्रमण पछि, उहाँले राष्ट्रिय-प्रजातान्त्रिक र क्रान्तिकारी सेना र राजनीतिक संघर्षलाई  जारी राख्नुभयो 

कामरेड जियाले १९८७ मा अफगानिस्तानमा क्रान्तिकारी कम्युनिस्ट सेलको जग हाल्नु भयो र  फलस्वरूप १९८९ मा अफगानिस्तानमा  क्रान्तिकारी कम्युनिस्ट संगठनको गठन भयो। १९९० मा राष्ट्रिय स्तरमा अफगानिस्तान कम्युनिस्ट पार्टीको स्थापना भएपछि उहाँ अफगानिस्तानको कम्युनिस्ट पार्टीको अध्यक्षको रूपमा चयन हुनुभयो ।

७ अक्टोबर २००१ मा  अमेरिकी नेतृत्वमा भएको साम्राज्यवादी आक्रमणपछि  कमरेड जियाको नेतृत्वमा रहेको अफगान कम्युनिष्ट पार्टीले तत्काल क्रान्तिकारी संघर्षको आवश्यकताको बोध गर्दै  साम्राज्यवादी कब्जाको बिरूद्ध दृढ अडानका साथ माओवादी आन्दोलनको  एकताको आह्वान गर्नुभयो ।' अफगानिस्तान मुक्ति संगठन,  र 'अफगानिस्तान क्रान्तिकारी मजदुर एकता' ले यस एकताको आह्वानको सकारात्मक जवाफ दिए र ती तीन संगठनहरूबीच कम्युनिस्ट (मार्क्सवादी-लेनिनवादी-माओवादी) आन्दोलनको एकता प्रक्रियाको आरम्भ भयो र अन्ततः एकता महाधिवेशन तयारी कमिटी  गठन भयो । एकता महधिवेशनले कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तान गठन गर्यो । कामरेड जियालाई सर्वसम्मतिले अफगानिस्तान कम्युनिस्ट (माओवादी) को पार्टी अध्यक्षमा चुन्यो । त्यस्तै २०१४ मा कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानको दोस्रो अधिवेशनमा पनि  उहाँ  एकमतका साथ अध्यक्षमा चुनिनु भयो ।

कमरेड जिया मार्क्सवाद-लेनिनवाद- माओवादप्रति प्रतिबद्ध र अफगानिस्तानको क्रान्तिप्रति समर्पित दृढ नेता हुनुहुन्थ्यो  । कमरेड जियाले अफगानिस्तानको कम्युनिस्ट पार्टी (माओवादी), को वैचारिक र राजनैतिक लाइनलाई परिभाषित गरेर क्रान्तिका लागि  महत्वपूर्ण योगदान दिनुभयो । पार्टीको अन्तर्राष्ट्रिय गतिविधिप्रति सम्बद्ध भएर उहाँले क्रान्तिकारी अन्तर्राष्ट्रिययातावादी  आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।

हो कमरेडहरू !

विश्व क्रान्ति शिविरले एक महान् कमरेड लाई गुमाएको छ र यो हामी सबैका लागि ठूलो क्षति हो।  कमरेड जियाको जीवनले हामीलाई अनुकरणीय, प्रतिबद्ध र सत्य कम्युनिस्ट  नेतृत्वको एउटा मोडेल प्रदान गरेको छ। कमरेड जियाले एउटा बहुमूल्य विरासत छोड्नुभएको छ,  जसले हामीलाई आफ्नो जिम्मवारीबाट  कहिल्यै विमुख नहुने र सर्वहारा वर्गको साथ दृढ भई खडा भएर जनताको समुद्रमा माछा जस्तै पौडिन सिकाउँछ। उहाँले दुस्मनका विरुद्ध  चुनौती दिन र बिरूद्ध विद्रोह गर्न, पार्टीको आधारभूत सिद्धान्तमा दृढ र प्रतिबद्ध रहन सिकाउनु भएको छ ।

कमरेड जियाको जीवन साँच्चै क्रान्ति र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सेवामा थियो। एक समय,  जब साम्राज्यवाद र प्रतिक्रियावादले हाम्रो क्षेत्र र विश्वभरि नै आक्रमणकारी चरित्र प्रस्तुत गरिरहेको थियो, सबैभन्दा अन्धकार र दुखद त्यस समयमा, उहाँले क्रान्तिकारी जनताको साम्राज्यवादको बिरूद्धको  राष्ट्रिय प्रतिरोध युद्ध, जनयुद्धको घोषणा गर्दै साम्राज्यवादी शक्तिहरू र प्रतिक्रियावादी  ISI S'आइएसआइ' का विरुद्ध  नेतृत्त्व प्रदान गर्नु भयो ।


अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनमा कमरेड जिया सदैव अमर रहनु हुनेछ ! 
एक जना साँचो माओवादी नेताका रूपमा कमरेड जिया हाम्रो वर्गको इतिहासमा बाँचिरहनु हुनेछ  !
कमरेड जिया हाम्रो साथमा हुनुहुन्छ !
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !
कम्युनिस्ट पार्टी  (माओवादी), अफगानिस्तान :  जिन्दावाद !

 कम्युनिस्ट पार्टी (माओवादी) , अफगानिस्तान  केन्द्रीय समिति
२१ जुन २०२०

स्रोत : http://www.sholajawid.org/update/index_english.html
भिडियो फिचरview all