menu

ताजा समाचार

विप्लवद्वारा गोर्खा भर्तीकेन्द्र खारेजी र नेपाली युवाहरूलाई भाडावाल लडाकु नबन्न अपिल

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै गोर्खा भर्तीकेन्द्र खारेजीको माग गर्नुका साथै नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह गरेका छन् ।

यही असार ६ गते जारी विज्ञप्तिमा उनले  भारत–चीनबीच सीमा क्षेत्रमा भएको द्वन्द्वमा गोर्खा रेजिमेन्ट खटाउने कुरा असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध  भएको र नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको कुरा पनि उल्लेख गरेका छन् । महासचिव विप्लवले नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष  अपिल गरेका छन् ।

भारत तथा ब्रिटेनले गोर्खा रेजिमेन्टलाई सबैभन्दा खतरनाक मिसनमा पठाउने गरेका छन् । भारतले पाकिस्तानसित भएको कारगिल युद्धमा पनि गोर्खा रेजिमेन्टको प्रयोग गरेको थियो र अहिले पनि गोर्खाली सेनालाई क्याम्पमा हाजिर हुन आह्वान गरेको छ । 
विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ : 

भिडियो फिचरview all