menu

ताजा समाचार

एमसिसी विरुद्ध दश वाम दल सङ्घर्षमा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं), नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायतका दशवटा वाम घटकले अमेरिकी योजना ‘एमसिसी’ विरुद्ध संयुक्त सङ्घर्ष अघि बढाउने उद्देश्यका साथ  सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । जेठ २९ गते जारी गरिएको संयुक्त वक्तव्यमा  असार २ गते दिनको १ बजे माइतिघर मण्डलामा विरोध कार्यक्रम हुने कुरा जानकारी गराइएको छ ।   साथै वक्तव्यमा एमसीसी सम्झौताको खारेजीको लागि सङ्घर्ष  गरिरहेका अन्य देशभक्तहरुका सङ्गठन, समूह र व्यक्तित्वहरुलाई समेत संयुक्त आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै वार्ता चलाउने निर्णय गरिएको व्यहोरा पनि  उल्लेख गरिएको छ । 

वक्तव्यमा भनिएको छ : 

''अतिक्रमित नेपालको भूमि प्राप्त गर्ने काममा हामी एक कदम अघि बढेको खुशियाली मनाउन नपाउँदै नेपालको सार्वभौमिकतामाथि नै दखल दिने किसिमको एमसिसी सम्झौता ट्रम्प प्रशासनसँग गर्ने ओली सरकारको जबर्जस्त तयारीले हामीलाई उद्वेलित बनाएको छ । अमेरिकी सरकारको रक्षा विभागव्दारा तयार पारिएको ‘हिन्द प्रशान्त रणनीति’ अन्तर्गतको ‘मिलेनियम च्यालेंज कर्पोरेसन’ (एमसिसी) राष्ट्रघाती परियोजना भएकोले नेपाल सरकारले गर्न लागेको त्यससम्बन्धी सम्झौता खारेज गरिनु पर्दछ भन्ने माग पनि हामीले सँगसँगै उठाउँदै आएका थियौं । देशभक्त शक्तिहरू, नेपाली जनता र सत्ताधारी पार्टीका अधिकांश नेता र कार्यकर्ताको तीब्र विरोधका बाबजुद ओली सरकार प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेससँग मिलेर उक्त सम्झौता कुनै पनि हालतमा संसदको यसै शत्रबाट अनुमोदन गराउन मरिमेटेर लागि परेको छ । देशको सार्वभौमिकताको रक्षा गर्न र नेपाललाई अमेरिकाको सुरक्षा छातामुनि लैजाने र अन्तमा विदेशी शक्तिहरुको रणभूमिमा परिणत गर्ने अमेरिकी योजनालाई असफल पार्नु अनिवार्य भएको छ । यसका लागि एकताबद्ध आन्दोलन बाहेक हाम्रो अगाडि कुनै विकल्प छैन ।”

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।


भिडियो फिचरview all