menu

ताजा समाचार

कमरेड गोन्जालोको जीवनरक्षाका लागि ब्राजिलका बुद्धिजीवीहरूको आग्रह

‘ब्राजिलका जनताको ऐक्यबद्धाताको केन्द्र सेब्रास्पो  र  ब्राजिल जनपक्षीय वकिलहरूको सङ्घ एप्राभोले  पेरूका राजनीतिक युद्ध बन्दी नेता अविमाइल गुजमान र पेरूका राजनीतिक बन्दीहरूको स्वास्थ्य र जीवन रक्षाको प्रश्नलाई लिएर गरिएका न्यायिक कदमहरूप्रति समर्थन जनउँदै वक्तव्य जारी गरेका छन् । वक्तव्यमा उनीहरूले कोभिड–१९ का सन्दर्भमा गुजमानको स्वास्थ्य र जीवनरक्षालाई लिएर २०२० को अप्रिलको आरम्भमा दर्ता गरिएको  पूर्वसंचेतनाप्रति आफ्ना् समर्थन जनाएका छन् । ‘मानवअधिकार सम्बन्धी अन्तर–अमेरिकी आयोग’ लाई पठाइएको याचिकामा गुज्ममान लगायत अन्य राजबन्दीहरूको स्वास्थ्य र जीवनको अधिकारको ग्यारन्टीको प्रश्न उठाइएको छ । 

यस्तो छ वक्तव्यको सारसङ्क्षेप : 

“प्राध्यापक अबिमायल गुज्मानलाई पेरूको नौसैनिक अड्डाको भूमिगत कोठामा एक्लै २९ वर्षदेखि कैद गरेर राखिएको छ । धेरै पुरानो रोगले ग्रस्त उहाँ ८५ वर्षीय वृद्ध हुन्नुहुन्छ र उहाँलाई कोभिड–१९ को महामारीको जोखिममा परेका व्यक्तिहरूको सूचीमा राख्नु स्वाभाविक छ । 

गुज्मानका वकिलहरूले उहाँलाई भिन्नै र खुला जेलमा राख्न अनुरोध गरेका छन्,  जहाँ उहाँलाई स्वास्थ्य सुविधा र अन्य आवश्यक सुविधा प्रदान गर्न सकियोस्  । तर  पेरू सरकारले यसलाई ठाडै अस्वीकार गरेर उहाँको स्वास्थ्य र जीवन रक्षाप्रति बेवास्ता गरेको छ । 

पेरू सरकारले  जे जे भने पनि केदीहरूलाई गर्ने व्यवहार एकदमै अमानवीय छ । जेलमा राजबन्दीहरूलाई अन्य अपराधीका साथ राखिएको छ र भीडभाड त्यत्तिकै छ। पेरूमा 'स्वास्थ्य आपतकाल' को घोषणा गरिएको छ । ४० भन्दा बढी कैदी र २६ जना गार्ड कोरोनाबाट सङ्क्रमित छन् र १ जनाको मृत्यु भइसकेको छ । एक्लै एकान्तवासी बनाएर राखिएका गुज्मानका बारेमा त केही पनि थाहा छैन र हुँदैन । सरकार एकान्तवासी बनाएर प्राध्यापक गुज्मानलाई जेलमै मार्न खोजिरहेको छ भन्न सकिन्छ । हजारौँको हत्या गर्ने नरसंहारकारी तानासाह फुजिमोरोलाई स्वास्थ्यका नाममा आम माफी दिन मिल्छ भने गुजमानलाई  माफी दिन नमिल्ने भन्ने भन्ने कुरा छैन । 

हामी ‘मानवअधिकार सम्बन्धी अन्तर–अमेरिकी आयोग’ लाई यो मुद्धामा विशेष ध्यान दिन आग्रह गर्छौँ । जीवन र स्वास्थ्यका मामिलामा पेरूभियाली सरकार कसरी हेर्छ भन्ने कुरा हामीलाई थाहा छ । पेरुभियाली संस्थाहरू बन्दी बनाइएकाहरूप्रति केही मात्रामा नरम हुनुको आशा गर्नु अन्यथा नहोला  । 

 संयोगवस प्राध्यापक गुज्मानलाई  कोरोना–१९ सङ्क्रमित भयो भने के होला ? कोरोना बिरामीलाई गरिने उपचारको सुविधा  उहाँका लागि सहज हुने अवस्था छैन र पेरुको सरकारलाई मतलब पनि छैन  । पेरूको सरकार मानवीय दृष्टिले पनि उहाँको स्वास्थ्यप्रति गम्भीर हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिने आधार छैन र  यसमा आयोग गम्भीर हुनु आवश्यक छ  । 

ब्राजिलमा कसैलाई पनि ३० वर्षमाथि जेलमा राख्न पाउने सजायको अधिकार छैन । अबिमायलले ३० वर्ष पूरा गर्न अब १ वर्ष मात्र बाँकी छ । गुजमानको जस्तो उमेर भएकाहरूका लागि विशेष परिस्तिथिमा लागू हुने आधारभूत मानवअधिकार सम्बन्धी प्रावधान पनि यसमा प्रयोग गर्न सकिन्छ, आयोग यसप्रति गम्भीर बनोस् ।
 
यस्तो अवस्थामा पेरूका पदाधिकारीहरूले अमानवीय बन्दी अवस्थाबाट प्राध्यापक अबिमायललाई मुक्त गर्नु नै न्यायपूर्ण  कदम हुन्छ ।" 
भिडियो फिचरview all