menu

ताजा समाचार

ओली षड्यन्त्र विरुद्ध देशव्यापी पुत्लादहन र विरोध प्रदर्शन

लिम्पियाधुरासहितको नक्सा जारी गरेर जनताको ध्यान अन्यत्र मोड्दै  एमसिसी पारित गर्न अनेक तानाबाना बुनिरहेको ओली सरकारका विरुद्ध देशभक्त तथा प्रगतिशील शक्तिहरूले देशव्यापी विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसै क्रममा २८ गतेसम्म विरोध कार्यक्रमको घोषणा गरेको नेकपा (विप्लव) ले २१ गते देशव्यापी रूपमा ओली र देउबाको पुत्लादहन र नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चाहरूले काठमाडौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

एमसिसी पारित गराउने कार्यमा बाधित बनेपछि महरा प्रकरण घटाएर आफू अनुकूल पात्र सभामुखमा ल्याउने ओलीको प्रयास असफल भएपछि सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमसिसी घुसाएका प्रधानमन्त्री ओली अहिले जसरी पनि अमेरिकी फौज भित्र्याउने योजनामा लागेको देखेपछि सिगो मुलुक आन्दोलित भएको हो ।

ओली सरकारले अनेक नाम र बहनामा सेना परिचालन गर्न थालेको भए पनि मूल रूपमा एमसिसी पारित गरेपछि देशभक्त शक्तिहरू सडकमा आउने अवस्था हेरेर नै सेना परिचालन गरेको कुरा प्रस्ट छ । हिजो अनेक षड्यन्त्र  गरेर महाकाली सन्धि पारित गराउने ओली मार्काकाहरू अहिले यति अर्व र उति अर्वको सहयोगको कुरा गरेर मुलुकमा अमेरिकी सेना भित्र्याउने दाउमा रहेका छन् । अहिले भएका आन्दोलनलाई अझ जुझारू बनाउंदै उच्च किसिमका संयुक्त विरोध र आन्दोलनको उठान गर्नु  यतिखेर समयको माग बनेको छ । 


भिडियो फिचरview all