menu

ताजा समाचार

माओवादी क्रान्तिकारीहरूको नयाँ प्रकाशन

कोरोना माहामारीका नाममा हात बाँधर बस्ने जसरी हुन्छ वैचारिक काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ माओवादी क्रान्तिकारीहरूले वैचारिक बहसछलफल तथा आन्दोलनका गतिविधिहरू गरिरहेका छन् ।
 
विश्वका क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) एक हिसाबले विघटन भइसकेको अवस्थामा नयाँ अवस्थाअनुसार नयाँ किसिमले क्रान्तिकारी केन्द्र निर्माण गर्नुपर्छ भनेर क्रान्तिकारीहरूले पहल गरिरहेका छन् । गत वर्षको मे दिवसको समयमा घोषणा गरिएको नयाँ पहलअनुसार यो वर्षको आरम्भमा क्रान्तिकारीहरूको युरोपमा जमघट भएको थियो । त्यसमा सहभागी हुन सक्नेले सहभागिता जनाएका थिए भने कतिपयले लखित रूपमा आफ्ना धारणा राखेका थिए । 

सो जमघटमा नयाँ केन्द्र बनाउने कुरामा विमति नभए पनि केही कुरामा विमति थियो । पेरू र गोन्जालो सन्दर्भ, इतिहासको मूल्याङ्कन, दीर्घकालीन जनयुद्ध लगायतका विषयलाई लिएर केही फरक बुझाइहरू थिए र छन् । त्यसैले गर्दा यताका वर्षहरूमा ब्राजिललगायतका ल्याटिन अमेरिकी मुलुकहरूले मे दिवसमा अलग्गै वक्तव्य प्रकाशित गर्ने गरेका छन् । कसरी साझा बिन्दुमा पुग्ने, कसरी मे दिवसमा एउटै साझा वक्तव्य प्रकाशित गर्ने र कसरी नयाँ केन्द्रलाई साकार रूप दिने भन्ने कुरामा साझा चिन्ता रहनु स्वाभाविक छ  । 

सो भेलासम्बन्धी सम्पूर्ण दस्ताबेज र लिखित तथा मौखिक  धारणाहरूलाई समेटेर ‘माओइस्ट रोड’ को पछिल्लो अङ्क मे दिवसमा हस्ताक्षर गर्ने पार्टी तथा मोर्चासम्म पुगेको छ । यसको शीर्षक नै ‘इन्टर्नल डिबेट विदिन द इन्टर्नेस्नल कम्युनिस्ट मुभमेन्ट’ राखिएको छ ।  भेलामा कसकसको सहभागिता रह्यो, कुन पार्टी सहभागी हुन सके र कुनकुन पार्टीले लिखित धारणा पठाए, ती के-कस्ता छन्,  तथा भेलाले गरेको ठोस निर्णयहरू सार्वजनिक गर्ने भन्दा आन्तरिक अध्ययनको विषय छ र पार्टीभित्र आध्याँ गर्न सकिने छ । भेला उत्साहजनक भएको र एउटा ठोस निष्कर्षका साथ अगगाडि बढ्न दिशाबोध भएको कुरा भेलाको निष्कर्ष रहेको  छ । 

सो योजनामा नेपालका तर्फबाट कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) को सहभागिता र समर्थन रहेको  छ ।
भिडियो फिचरview all