menu

ताजा समाचार

एमसीसी विरुद्ध नेकपाद्वारा संघर्षको घोषणा

नेत्रबिक्रम चन्द 'विप्लव' को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट  पार्टीले  एमसीसी नामको  राष्ट्रघाती परियोजनामा  सहीछाप नलगाउन ओली सरकारलाई आग्रह गरेको छ । जेठ १८ गते केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी वक्तव्यमा एमसीसीका विरुद्ध सङ्घर्षका विभिन्न कार्यक्रमहरूको घोषणा गरिएको छ । पार्टी महासचिव विप्लवले जनमतविपरीत एमसीसी पारित  गरिए यसका बिरुद्ध देशभक्त आमनागरिक, बुद्धिजीवी तथा  राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा सशक्त प्रतिरोधमा उत्रन पनि अनुरोध  गरेका छन् । 

जस्तो वक्तव्यमा भनिएको छ, ''जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।"

वक्तव्यमा  २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र  विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी वक्तव्यमार्फत गराइएको छ  । 

वक्तव्यको पुर्ण पाठ यस प्रकार छ 

भिडियो फिचरview all