menu

ताजा समाचार

राज्यआतंकको महामारी र राजबन्दीहरू

कोरोना महामारीको बढोत्तरीसँगै जेलमा रहेका राजबन्दीहरूको जीवन रक्षाको प्रश्न अहम् प्रश्न बनेको छ । नेपाल तथा भारतका जनपक्षीय शक्तिहरू, बुद्धिजीवीहरू तथा लेखक-साहित्यकारहरूले राजबन्दीहरूको जीवन रक्षाको प्रश्नलाई लिएर आवाज उठाइरहेका छन् । पछिल्लो समयमा भारतका राजबन्दीहरू रहेकै जेलमा कोरोनाका बिरामीहरू भेटिएपछि राजबन्दीको रिहाइका लागि आवाज तीव्र बनेको छ  । खास गरेर ७९ वर्षीय क्रान्तिकारी कवि वरवर राव र ९० प्रतिसत असक्त प्राध्यापक साइबाबाको जीवन रक्षाको प्रश्नलाई लिएर  वरवर राव जेलमै बेहोस भएर अस्पतालमा भर्ना हुनुपरेपछि  र साइबाबाको स्वास्थ्य एकदमै  नाजुक बनेपछि अहिले  चौतर्फी रूपबाट रिहाइको आवाज उठिरहेको छ ।

''नाम मात्रको प्रजातान्त्रिक मुलुकको सरकार ''फरक मतवालाहरू" सित डराउँछ र कोभिड -१९ को महामारीको समयमा अति भीडभाडयुक्त जेलमा राखेर राजबन्दीहरूको हत्या गर्न उद्धत छ" भनेर आम जनता आक्रोसित भएको स्थिति छ ।
यहा हामीले यसै विषयमा एउटा रिपोर्ट प्रस्तुत गरेका छौं ।

वरवर राव बेहोस भएर अस्पताल भर्ना, साइबाबाको स्वास्थ्य एकदमै नाजुक

भारतभरका बौद्धिक, कार्यकर्ता, विद्यार्थी र अन्य सर्वसाधारण व्यक्तिहरूले कवि वरवर राव, प्राध्यापक जी.एन. साईबाबा र अन्य राजनीतिक बन्दीहरूको तत्काल रिहाइको माग गर्दै मे २, २०२०  लाई विरोध दिवसको रूपमा मनाए । वरवर रावका परिवार सदस्यहरूसहित रिहाइ अभियानकर्ताहरूले बन्दिहरूलाई रिहा गर्नको लागि मांगपत्रका साथै घर, सार्वजनिक ठाउँहरू, सडकहरूमा प्लेकार्ड, पोस्टर, चार्ट पेपर, डिजिटल फोटाहरू राखेर विरोध प्रदर्शन गरे।

वरवर रावको स्वास्थ्य अवस्था गम्भीर रूपमा  बिग्रिएपछि  'दमन विरुद्ध फोरम' तेलंगनाले यो अभियानको आयोजना गरेको थियो। तालोजा जेल महाराष्ट्रमा बन्दीका रूम रहेको ठाउँमा एक अन्त्य-कोविड-१९ को परीक्षणमा रहेका  बन्दीको मृत्युले रावका  शुभचिन्तकहरूको डरलाई बढाउनु स्वाभविक थियो । अभियान  फोरमले तेलंगना सरकारसित कार्यकर्तामाथि लगाइएका  सबै कपोलकल्पित मुद्दाहरू  फिर्ता लिन माग गर्योत। रावको परिवारले रावको उमेर र विविध किसिमका बिमारीका कारण जमानतका लागि अदालतमा निवेदन दर्ता गर्न जाँदा मेडिकल सर्टिफिकेटको बखेडा निकालेर अनेक बहाना गर्दै  २ जुनभन्दा  यता निवेदन दर्ता नगर्ने भनेर स्थगित गरियो। परिवारका सदस्यहरूले राज्य सरकारलाई अस्थायी जमानतमा रिहा गर्न अनुरोध गरेका थिए।

आजीवन कारावास भोगिरहेका प्रो. जि. एन साइबाबालाई क्यान्सरबाट पीडित उनकी आमालाई भेट्नको लागि प्यारोल लिनसमेत  अस्वीकार गरियो। यदि उहाँहरूलाई अहिले स्वास्थ्योपचारका आधारमा रिहा नगरिए उहाँहरूलाई कोभिड १९ को खतर हुने कुरा निश्चित छ । साइबाबा र राव दुवैको परिवारले केन्द्र सरकारलाई दोष दिएका छन्। उहाँहरूको  खराब स्वास्थ्य अवस्थाको  उपेक्षा र मानव अधिकारको हननका  लागि राज्य सरकार र न्यायिक संस्थाहरू दोषी छन् नै । परिवारले जेल अधिकारीलाई उहाँहरू दुवैलाई उचित आधारभूत स्वास्थ्य सेवा र उचित सुविधा प्रदान नगरेको भनेका छन्। पत्र र फोनमार्फत साइबाबा र वरवर राव दुबैले जेलको अमानवीय अवस्थानलाई सार्वजनिक गरेका छन्। हाम्रो लोकतन्त्रका स्वास्थ्य बिग्रँदै गइरहेको अवास्थामा  आम नागरिकली प्रजातन्त्र र संवैधानिक मूल्यहरूको कुरा उठाइरहेका छन् ।  
दुखको कुरा, मे २९’ विरोध कार्यक्रमपछि राव जेलमा अचानक मुर्छा परेको र जेजे अस्पतालमा भर्ना  गरिएको कुरा हिजो मात्रै हैदराबादमा बसोबास गरेका रावका परिवारका सदस्यहरूलाई जानकारी दिइयो ।उहाँ अस्पताल भर्ना भएको कुरा महाराष्ट्र प्रहरीले स्थानीय प्रहरीलाई दिएपछि स्थानीय प्रहरीले परिवारका सदस्यलाई खबर गरेको थियो ।

क्रान्तिकारी कवि, लेखक, समालोचक, बौद्धिक व्यक्तित्त्व रएउटा सामाजिक अभियन्ताका रूपमा परिचित  वरवरा रावलाई २८  अगस्ट २०१८  मा एल्गर परिषद, भीमा कोरेगाओंको  मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने कथित षडयन्त्र प्रकरणमा हैदराबादमा पक्राऊ गरिएको थियो । आगामी नोभेम्बर महिनामा उहाँको बारेमा निर्णय हुने भनिएको छ । भाजपा सरकारले उक्त मुद्दा महाराष्ट्र पुलिसबाट हस्तान्तरण गरिसकेपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले भीम कोरेगाओं   मुद्दाको अनुसन्धान गरिरहेको छ। कार्यकर्ता सुधा भारद्वाज, वर्नोन गोन्साल्भेज, अरुण फरेरा, सुधिर  धवाले, रोना विल्सन, शोमा सेन, महेश राउत र सुरेन्द्र गाडलिंग अमानवीय युएपिए ऐनअन्तर्गत २०१८  देखि जेलमा छन्। कोविड १९ लाई ध्यानमा राखेर दायर हिजो मात्रै ५८ वर्षीय सुधा भारद्वाजको जमानत आवेदन लाई मुम्बई अदालतले खारेज गर्यो।
नागरिक अधिकारकर्मी गौतम नवलखा र दलित कार्यकर्ता र बौद्धिक व्यक्तित्त्व आनंद तेलतुम्बडेलाई गत महिना यही मुद्दामा जेल सजाय दिइयो। सरकार र  खुपिया टोलीहरूले तिनीहरू सबैलाई भाकपा माओवादीको सदस्य  भन्दै भीमा कोरेगाओं वार्षिक उत्सव समारोहमा हिंसा भड्काउने, राज्यलाई अस्थिर तुल्याउने र नरेन्द्र मोदीलाई मार्ने षडयन्त्र रचेको आरोप लगाएका छन् ।

वरवर रावलाई राखिएको महाराष्ट्रको केन्द्रीय नागपुर जेल, तालोजा जेलबाट करिब ८२१  किलोमिटर टाढा छ । त्यही जेलमा ९० प्रतिसत असक्त र १८ वटा बिमारीले ग्रस्त र व्हीलचेयरमा मात्र यताउति गर्न सक्ने ५३ वर्षीय हाम्रा प्राध्यापक जि. एन. साइबाबालाई राखिएको छ  । उहाँलाई मार्च २०१७ मा महाराजाको गडचिरोली जिल्लाको सत्र अदालतले भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित जोडेर देश बिरूद्ध युद्ध गरेको अभियोगमा दोषी ठहर गरेको  थियो र उहाँलाई आजीवन कारावास राखिएको थियो ।

गत वर्ष संयुक्त राष्ट्रका विशेष प्रतिनिधिहरूले  साइबाबालाई तत्काल मेडिकल हेरचाह आवश्यक छ उहाँको  जीवन जोखिमपूर्ण चरणमा छ भनेर सूचना जारी गरे । प्रज्ञासिंह ठाकुर जस्तो अपराधीलाई मेडिकल आधारमा जमानत दिइयो,  तर मस्तिष्कमा समस्या आएर बेहोस भएका साइबाबालाइ जमानत दिइएन भनेर जनस्तरबाट तीव्र आज उठे पनि बेवास्ता गरियो । 'अपरेसन ग्रीन हन्ट' र 'सलवा जुडुम' का कडा आलोचक भएकै कारण यसो गरियो ।  एक जना सहयोगीबिना उठबस गर्न नसक्ने साइबाबालाई सहयोगीको समेत  व्यवस्था गरिएको छैन ।  खाना पकाउन र शौचालयमा जानका लागि उहाँले अन्य बन्दीहरूको सहयोग लिनु परेको छ l दुखको कुरा, जेलमा व्हीलचेयरमैत्री शौचालय पनि उपलब्ध छैन।

७९ वर्षीय वरवर राव र ५३ वर्षीय  जि. एन. साइबाबाले अहिलेको लकडाउनमा  आफ्नो जीवन बचाउनका लागि राज्य प्रायोजित यस नर्कबाट रिहाइका लागि पर्खिरहेका ठूलो संख्यामा रहेका  राजनीतिक बन्दीहरूको प्रतिनिधित्व गर्नुहुन्छ । तथ्यांकअनुसार कोरोना महामारीमा महाराष्ट्रमा मात्र १७ हजारभन्दा बढी बन्दीहरूलाई रिहा गरिएको छ, तर यो क्रूर राज्यले राजनीतिक बन्दीहरूलाई जीवनको अधिकारबाट वन्चित गरेको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), भारतीय मेडिकल एसोसिएशन (आईएमए) र अन्य राष्ट्रिय चिकित्सा निकायहरूले वृद्ध व्यक्तिहरू र पूर्व मेडिकल इतिहास भएका व्यक्तिहरू यस भाइरसको बढी जोखिममा छन् भनेर चेतावनी दिएका भए पनि, यो हिन्दूवादी राज्यले जानीजानी ती चेतावनीहरूप्रतो बेवास्ता गरेको छ ।

संविधानको धारा २१ ले "जीवनको अधिकार" लाई अघि साटेको छ, तर त्यही संविधानको सपथ लिने जनप्रतिनिधिहरू फरकमत राख्नेहरूलाई  अधिकारबाट वंचित गर्दछन् l  यी बयोवृद्ध सामाजिक कार्यकर्ताहरूलाई जमानत दिएमा सामाजिक खतरा हुने स्थिति हो र ? राज्यले महिला राजनैतिक बन्दीहरूको जीवनप्रति पनि बेवास्ता गरेको छ,  एनआरसी-सीएएको विरोध प्रदर्शनमा सहभागी गर्भवती सफुरा जरगर अझै जेलमा छिन र उनलाई जमानत दिइएको छैन । जेलमा सँगै बसेको बन्दीलाई कोर्न हुँदा पनि सुधा भारद्वाजको जमानत खारेज गरियो । प्रजातान्त्रिक मान्यताभित्र रहेर  कसैले राज्यको हिन्दूवादी नीतिका बिरूद्ध विरोध गरे पनि उनीहरूलाई  जेलमा त्यसमा पनि एक्लै सेल राखिन्छ जबकि अल्पसंख्यकहरूका विरुद्ध हिंसा आतंक उत्पन्न गर्नेहरू चाहिं सरकारले प्रदान गरेको सुरक्षासहित  स्वतन्त्र रूपमा घुम्न पाउंछन् ।

हिन्दूवादी  सरकार अहिलेको  महामारीको बेलामा पनि बुद्धिजीवी,  विद्यार्थी, पत्रकार, वकिल र  सामाजिक कार्यकर्ताले जेल भर्न व्यस्त छ । सत्ताधारीहरूले कारागारभित्रै  क्रान्तिका यी अग्निपुंजहरूलाई मार्नुभन्दा पहिले समग्र प्रजतान्त्रवादीहरू,  समाजवादी, कम्युनिष्ट, मानवअधिकारकर्मी, विद्यार्थी र आम जनताले यसको विरोध गर्नु पर्छ र जेलबाट सबै राजनीतिक बन्दीहरूलाई यथाशीघ्र रिहाइको माग गर्नु पर्छ। फरकमतवालाहरूका बन्दि बनाइएका आवाजहरूलाई  हिन्दूवादी  जेलमा सड्नबाट जोगाउनु पर्छ ।

(रेजाज एम सिद्दिकको  'Being Dissent “Positive”, Kills' मा आधारित )



भिडियो फिचरview all