menu

ताजा समाचार

भाकपा (माओवादी) को प्रकाशन 'पिपुल्स मार्च’ को पछिल्लो अङ्क

भारतीय फासिवादी सत्ताले माओवादी सखाप पार्न भनेर चलाएको  'सलमा जुडुम’ नामको अभियान असफल भएपछि पछिल्लो समयमा खास गरेर मोदी दोस्रो कालका लागि सत्तामा आएपछि सन् २०२२ सम्ममा माओवादी सिध्याउने भनेर 'समाधान’ नामको अभियान चलाएको छ । यसका लागि उसले विभिन्न नीति अघि सारेको छ ।  नेताहरूको टाउकोको मूल्य तोकेको छ,  सुराकी दिनेलाई पुरस्कार घोषणा गरेको छ, आत्मसमर्पण गर्नेलाई आर्थिक र जागिरको प्रलोभन देखाएको छ र सूचनाभ्रमका साथै थुप्रै मनोवैज्ञानिक उपायहरू अँगालेको छ । त्योभन्दा बढी सशस्त्र आक्रमणमा जोड दिएको छ ।

हत्या, बलात्कार र आतङ्कमार्फत जनतालाई माओवादीसित अलग्याउने र सशस्त्र कारबाहीमार्फत माओवादी सखाप पार्ने भनेर मोदी सरकारले  अभियान चलाए पनि उसको यो अभियान उल्टै प्रत्युत्पादक बनेको छ । पछिल्लो समयमा एउटै कारबाहीमा एकै ठाउँमा १७ जना सशस्त्र फौजमाथि कारबाही र अत्याधुनिक हातहतियार कब्जामा लिएर भाकपा (माओवादी) ले मोदीको फासिवादी सत्ताले जतिसुकै र जस्तोसुकै दमन  गरे पनि आफूहरू कमजोर नभएको र जनता आफ्नो साथ रहेको भनेर भाकपा (माओवादी) ले चुनौती दिएको छ । सहरी क्षेत्रमा प्रभाव बढ्दै जानु, उत्पीडित जातजाति र क्षेत्रमा सङ्गठनात्मक विस्तार हुनु भाकपा (माओवादी) को पछिल्लो उपलब्धी हो । ‘अर्बन नक्सली’ भनेर मोदीले चलाएको अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण र  बुद्धिजीवीहरूको धरपकडले मोदी सरकारको विश्वव्यापी विरोध भएको छ ।

दमन र आतङ्कका बीचमा जनपरिचालन र सशस्त्र कारबाही चलाएझैँ,  भाकपा (माओवादी) ले आफ्ना प्रकाशनहरू पनि कार्यकर्ताका साथै आम जनताबीच पुर्याउने प्रयास गरेको छ । यसका विशेष क्षेत्र, विशेष जोन र केन्द्रहरूले आवश्यकताअनुसार विभिन्न भाषा हिन्दी, अङ्गेजी, तेलगु आदि भाषामा प्रकाशनहरूलाई निरन्तर दिइरहेका छन् भने केन्द्रीय रूपमा वैचारिक प्रकाशनका रूपमा  ‘पिपुल्स वार’ र केन्द्रीय पार्टीका गतिविधि प्रकाशनका रूपमा ‘पिपुल्स मार्च’  प्रकाशन गर्ने गरेको छ । ‘पिपुल्स वार’ आवश्यकता अनुसार प्रकाशित हुन्छ भने ‘पिपुल्स मार्च’  पार्टीको नियमित प्रकाशन हो । ‘पिपुल्स मार्च’    पहिले खुलारूपमा प्रकाशित हुन्थ्यो भने पछि पार्टीमाथि प्रतिबन्ध लगाएपछि यसको प्रकाशन पनि त्यसैअनुरूप पाठकबीच पुग्ने गरेको पाइन्छ । ‘पिपुल्स मार्च’   तथा ‘पिपुल्स वार’ का डिजिटलप्रतिहरू आमपाठकबीच विश्वव्यापी रूपमा वितरित हुन्छन् ।




खासगरेर कमरेड अजिथको पक्राउपछि केही समय अवरुद्ध भएको ‘पिपुल्स मार्च’ को पछिल्लो अङ्क अर्थात् फेब्रवरी २०२० को अङ्क अहिले आम पाठकबीच उपलब्ध छ । यसमा ‘अनफोल्डिङ द टर्बुलेन्ट अफ सिक्स्टिज’ शीर्षकको सम्पादकीय छ । पार्टीका नीति र कार्यक्रमसित जोडिएका लेखहरूका साथै महत्वपूर्ण निर्णयसित जोडिएका केन्द्रीय वक्तव्यहरू पनि यस अङ्कमा छन् । यसमा पार्टीस्थापनादेखि अहिलेसम्मको पार्टी इतिहास र यसका नीति, योजना र सङ्घर्षसित सम्बद्ध महत्वपूर्ण दस्ताबेज ‘रिभोलुस्नरी ग्रिटिङ्स टु द फिप्टिन्थ एनिभर्सरी अफ अम्युनिस्ट पार्टी अफ इन्डिया (माओइस्ट) पनि छ । ‘पिपुल्स मार्च’ भाकपा (माओवादी) को पछिल्ला नीति, योजना  र मासलाइनसित सम्बद्ध आलेखहरूको सङ्.कलन हो ।  





भिडियो फिचरview all