menu

ताजा समाचार

राजबन्दी रिहाइका लागि बुद्धिजीविहरूको आव्हान

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र जेलमा निर्वासित लेखक, प्राध्यापक, सांस्कृतिक कर्मी तथा राजनीतिक क्षेत्रसित सम्बद्ध व्यक्तित्वहरूको जीवरक्षाको प्रश्नलाई लिएर यतिखेर खास गरेर भारत तथा नेपालका प्रगतिशील बुद्धिजीवीहरू तथा मानवअधिकार कर्मीहरूले आवाज उठाइरहेका छन् । यसै सन्दर्भमा नेपाल तथा भारतका जेलमा राखिएका लेखक, प्राध्यापक र राजबन्दीहरूको रिहाइका लागि नेपालका ३३  जना लेखक, प्राध्यापक तथा पत्रकारहरूले संयुक्त वक्तव्य प्रकाशित गरी भारतीय जेलमा रहेका कवि तथा विचारक, वरवर राव, प्राध्यापक साइबाबाका साथै नेपालको जेलमा राखिएका कलाकार माइला लामा र अन्य राजबन्दीहरूको रिहाइको माग गरेका छन् ।

वैशाख ५ मा प्रकाशित वक्तव्यमा भनिएको छ :

''कोरोना आतङ्कसँगै यतिखेर विश्वले फासिवादी राज्यआतङ्को सामना गरिरहेको छ । नेपाली जनप्रिय कलाकार माइला लामा अन्य राजबन्दीसहित जेल जीवन बिताइरहेका छन् र  ओली सरकार राजबन्दीहरूको जीवनरक्षाको प्रश्नलाई हाँसोमा उडाइरहेको छ  ।  विश्वभरिका बुद्धिजीवीहरू तथा मानवअधिकारीवादीहरूले भारतीय जेलमा रहेका राजबन्दीहरू—लेखक, वकिल, पत्रकार, तिनमा पनि प्राध्यापक साइबाबा, लेखक वरवर राव, बिमार राजनीतिज्ञ कोबाध घान्दीको जीवन रक्षाको प्रश्न उठाइरहेको  समयमा भारतमा बौद्धिक क्षेत्रमा असाध्यै चर्चित व्यक्तित्वहरू गौतम नवलखा र आनन्द तेल्तुम्डेलाई भारतीय फासिवादी सत्ताले फेरि पक्राउ गरेको छ ।''

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

 सङ्गठित प्रतिरोधका लागि एकजुट होऔं

कोरोना आतङ्कसँगै यतिखेर विश्वले फासिवादी राज्यआतङ्को सामना गरिरहेको छ । नेपाली जनप्रिय कलाकार माइला लामा अन्य राजबन्दीसहित जेल जीवन बिताइरहेका छन् र  ओली सरकार राजबन्दीहरूको जीवनरक्षाको प्रश्नलाई हाँसोमा उडाइरहेको छ  ।  विश्वभरिका बुद्धिजीवीहरू तथा मानवअधिकारीवादीहरूले भारतीय जेलमा रहेका राजबन्दीहरू—लेखक, वकिल, पत्रकार, तिनमा पनि प्राध्यापक साइबाबा, लेखक वरवर राव, बिमार राजनीतिज्ञ कोबाध घान्दीको जीवन रक्षाको प्रश्न उठाइरहेको  समयमा भारतमा बौद्धिक क्षेत्रमा असाध्यै चर्चित व्यक्तित्वहरू गौतम नवलखा र आनन्द तेल्तुम्डेलाई भारतीय फासिवादी सत्ताले फेरि पक्राउ गरेको छ ।

टर्कीमा अभिव्यक्ति स्वतन्त्रतालाई लिएर भोकहडतालमा रहेको साम्राज्यवाद विरोधी कलाकार टोली ‘योरम समूह’ की सक्रिय सांस्कृतिक कर्मी हेलेन बोलेकको २८८ दिनको भोकहडतालपछि अप्रिल ३ मा मृत्यु भएको छ  र उनीसँगै भोकहडतालमा बसेका अर्का वरिष्ठ कलाकार इब्राहिम गोगेकको स्थिति पनि एकदमै नाजुक बनेको छ । जेलबाट रिहाइपछि हेलेन बोलेक अभिव्यक्ति स्वतन्त्रता र बाँकी साथीहरूको रिहाइको माग गर्दै भोकहड्तालमा थिइन् ।

फासिवादी सत्ताको दमन, हिरासत, जेल र मृत्यु भोग्न बाध्य भएका प्राध्यापक, लेखक, कलाकार, पत्रकार तथा बौद्धिक चिन्तकहरूको अभियानप्रति  ऐक्यबद्धता जनाउनु र सत्ता आतङ्कका विपक्षमा आफूलाई उभ्याउनु हरेक प्रगतिशील तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर नागरिकको कर्तव्य हो । यस यथार्थलाई आत्मसात गर्दै हामी मृत्यु वरण गर्न बाध्य पार्ने  टर्कीको फासिवादी सत्ताको निन्दा गछौँ र कलाकार हेलिना बोलेकप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

यतिखेर मोदी फासिवादको भारतभरि विरोध भएको छ र  जेल तथा हिरासतमा रहेका बुद्धिजीवीहरूको जीवनरक्षाको प्रश्नलाई केन्द्रमा राखेर भारतीय बुद्धिजीवीहरू तथा मानवअधिकारवादीहरूले  रिहाइका लागि अभियान  चलाइरहेका छन् । हामी मोदी सरकारको दमनकारी नीतिको निन्दा तथा भ्रत्र्सना गर्दै जेल र हिरासतमा रहेका लेखक, कलाकार, प्राध्यापक र पत्रकारहरूको रिहाइका लागि भारतका बुद्धिजीवीहरूले चलाएको अभियानप्रति ऐक्यबद्धता प्रकट गर्छौँ र भारतका जेल र हिरासतमा रहेका प्राध्यापक जि. एन साइबाबा, लेखक तथा चिन्तक, वरवर राव, सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे लगायतका लेखक, पत्रकार तथा सामाजिक अभियन्ताहरूहरूको बिना सर्त रिहाइको माग गर्दछौँ । ९० प्रतिसत शारीरिक अपांगको स्थितिमा रहेका साइबाबा सन् २०१४ देखि जेलमा छन् र ८० वर्षीय क्रान्तिकारी कवि राव विभिन्न किसिमका बिमारीले ग्रस्त छन् ।

 पछिल्लो समयमा नेपालमा पनि कोरोना सङ्क्रमण विस्तारित हुँदैछ र नेपाली जीवनलाई भय, त्रासदी र आतङ्कको  स्थितिमा पुर्याएको छ । नेपाली जनता यतिखेर कोरोना आतङ्क र ओलीतन्त्रको  दोहोरो आतङ्क भोग्न बाध्य छन् । कोरोना महामारी सत्ताधारीहरूका लागि भ्रष्टाचारको सहज माध्यम भएको छ ।  आम जनता भोकभोकै स्थितिमा रहने अवस्था बनेको छ, सरकार भने जेल भर्ने अभियानमा मस्त देखिन्छ । एकातिर राजबन्दीहरूको जीवनरक्षाको प्रश्न उठिरहेको छ, उता अदालतले रिहाइ गर्दा पनि गृह प्रशासनले पटकपटक पक्राउ गरेर हिरासत र जेलमा पठाउने काम गरिरहेको छ ।

स्थितिको विशिष्टतालाई ध्यानमा राख्दै जेलमा रहेका लोकप्रिय जनकलाकार माइला लामालगायतका राजबन्दीहरूको रिहाइका लागि सांस्कृतिक कर्मीहरू तथा मानवाधिकारवादी सङ्घ-संस्थाहरूले  आवाज उठाइरहेका छन् । उल्टै ओली सरकारले धरपकडको क्रमलाई जारी राखेको स्थिति छ ।  यस किसिमको स्थितिमा हामी  जेलमा रहेका कलाकार माइला लामालगायतका  राजबन्दीहरूको जीवनरक्षा र रिहाइका लागि संयुक्त अभियानलाई अघि  बढाउन अभिव्यक्ति स्वतन्त्रताका पक्षधर लेखक-कलाकार, पत्रकार तथा सामाजिक अभियन्तासित अनुरोध तथा आह्वान गर्दछौँ ।

सङ्गठित प्रतिरोधका लागि एकजुट होऔं ।

हस्ताक्षरकर्ताहरू
१. डा. ऋषिराज बराल : साहित्यकार
२. रोशन जनकपुरी :  साहित्यकार
३. खेम थपलिया : साहित्यकार
४ मित्रलाल पंज्ञानी : साहित्यकार
५. निभा शाह : साहित्यकार
६. खोमा तरामु मगर : साहित्यकार
७ . मोदनाथ मरहट्ठा : साहित्यकार
८. बलराम तिम्सिना : साहित्यकार
९. डा. नन्दीश अधिकारी : प्राध्यापक
१०. शिवनारायण प्रधान : प्राध्यापक
११. शिवनारायण यादव : प्राध्यापक
१२. तक्मा केसी : प्राध्यापक
१३. केदारनाथ गौतम : पत्रकार  
१४. देवेन्द्र तिम्ला :   पत्रकार
१५. यादब देवकोटा : पत्रकार
१६. नरेन्द्रजङ पिटर : पत्रकार
१७. सूर्य बराल : पत्रकार
१८. जय दाहाल : पत्रकार
१९. उमेश आचार्य : साहित्यकार
२०. कमल सुवेदी : साहित्यकार
२१ . कपिलचन्द्र पोखरेल  : अधिवक्ता
२२ . जनार्दन थापा : लेखक तथा सामाजिक अभियन्ता
२३ . आदित्य विष्णु : साहित्यकार
२४ . मातृका पोखरेल : साहित्यकार
२५ . रोहित दहाल : साहित्यकार
२६ . दिलिप श्रेष्ठ : साहित्यकार
२७ . मनोहर लामिछाने : साहित्यकार
२८ . डम्बर बिके : साहित्यकार
२९ . दीर्घप्रसाद पाण्डे : सामाजिक अभियन्ता
३० . परशुराम कोइराला : प्राध्यापक
३१ . महादीप पोखरेल : सामाजिक अभियन्ता
३२ .सरस्वती मोहरा  : साहित्यकार
३३. भगवानचन्द्र ज्ञवाली : साहित्यकार  
 

वैशाख ५, २०७७
भिडियो फिचरview all