menu

ताजा समाचार

भाकपा (माओवादी) भन्छ : कोरोना महामारी रोक्न मोदी सरकार पूर्ण असफल

कोरोना महामारी र मोदी सरकारको जनविरोधी क्रियाकलापमा केन्द्रित रहेर  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हालै एउटा वक्तव्य प्रकाशित गरेको छ । पार्टीका प्रवक्ता कमरेड अभयमार्फत सार्वजनिक गरिएको सो वक्तव्यमा “कोरोना भाइरसजस्तो जैविक हतियारहरू साम्राज्यवादी नीतिहरूका उपज हुन्"  भनिएको छ ।

यही मंगलवार जारी सो वक्तव्यमा  पार्टीका प्रवक्ता अभयले लकडाउन गर्नुभन्दा अघि श्रमजीवी तथा गरिब जनताका आवश्यकता र समस्यालाई कसरी हल गर्ने भन्ने कुरामा अलिकति पनि ध्ययान दिइएन र यस मामिलामा मोदी सरकार पूर्ण असफल भएको छ, कामका सन्दर्भमा घर छाडेर मुलुकका विभिन्न ठाउँमा रोजगारी गरेर बसेकाहरूको समस्याप्रति मोदी सरकार पूर्ण उदास भयो भनिएको छ । अभयले सङ्घीय सरकारले तुरन्त राहतको प्याकेज अगाडि ल्याउनु पर्छ र सबैभन्दा पहिले जनताको दैनिक समस्याको हल गर्नु पर्छ भन्ने माग पनि गरेका छन् ।

अभयले वक्तव्यमा, जनताका लागि पर्याप्त मास्कको व्यवस्था थर्न नसकि रहेको र पिपिइ किट्सको समेत जोहो गर्न नसकिरहेको अवस्थामा अमेरिकी राष्ट्रपतिको दबाबमा हाइड्रोसिक्लोरोक्विन अमेरिका पठाइएको छ र जनताको समस्या हलसँगै  कोरोना समस्याको मूल जरोको खोजी गर्नुको साटो मोदी सरकार तबलिघी जमातको जमघटलाई कोरोना भाइरसको फैलिनुको कारण बताएर भ्रम दिइरहेको छ, भनेका छन्  । उनले जनतालाई कोरोना भाइरसका बारेमा सही किसिमले सुसूचित गर्नुको साटो प्रहरी र लाठीको प्रयोग गर्ने शैलीको पनि विरोध गरेका छन् ।

भाकपा (माओवादी)  का प्रवक्ता अभयले लेखक वरवर राव, प्राध्यापक साइबाबा र मुलुकका विभिन्न जेलमा रहेका अन्य राजनीतिक बन्दीहरूको यथा शीघ्र रिहाइको पनि माग गरेका छन् ।  अभयले आदिवासी तथा ग्रामिण क्षेत्रमा राज्यआतङ्कको साटो डाक्टर, ओषधी तथा खाद्यान्नको व्यवस्था र राहतको प्याकेज घोषणा गर्न पनि जोड दिएका छन् ।



भिडियो फिचरview all