menu

ताजा समाचार

गुलजारसहित ४० कविहरूद्वारा वरवर रावको रिहाइको माग

भीम कोरेगाउँ घटना र  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित को सम्बन्ध देखाएर महाराष्ट्रको जेलमा राखिएका क्रान्तिकारी कवि तथा विचारक वरवर रावको अविलम्ब रिहाइका लागि बहुचर्चित कवि तथा फिल्मकर्मी गुलजारसहित भारतका विभिन्न भाषाका कविहरूले आवाज उठाएका छन् । भारतमा फरक विचार  राख्ने जोकोहीलाई पनि सहरी नक्सली तथा राष्ट्र विरोधीको अभियोग लगाएर हिरासत तथा जेलमा राखिने गरिएको छ ।

प्रधानमन्त्रीलाई गुलजारसहितका कविहरूले प्रस्तुत गरेको पत्रमा ८० वर्षीय कवि रावको स्वास्थ र कोरोना आतङ्को स्थितिलाई ध्यानमा राखेर रिहाइ गर्न माग  गरिएको छ । सो मागपत्र महाराष्ट्रका मुख्यमन्त्री मार्फत पेश गरिएको थियो ।

मागपत्रमा “ कविताको माध्यमबाट सामाजिक परिवर्तनका लागि सङ्घर्षरत ८० वर्षीय कवि राव एक जना प्रख्यात कवि हुन् र अहिले उनको स्वास्थ्य बिग्रिदै गएको र जेलमा बढ्दो भीडभाडका साथै कोरोनाको महामारीका कारण उहााको जीवन जोखिमपूर्ण स्थितिमा रहेकोले हामीले वहाँको अविलम्ब रिहाइ गरेर जीवन बचाउन अनुरोध गर्छौ” भनिएको छ ।

वक्तव्यमा कविहरूले कोरोना महामारीलाई ध्यानमा राखेर सबै राजबन्दीहरूको रिहाइका लागि विचार गर्न पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेका छन् ।
भिडियो फिचरview all