menu

ताजा समाचार

कोरोना सङ्क्रमित रहस्यमय भारतीयहरू

भारतको मोदी सरकारलाई अन्तर्राष्ट्रिय स्तरमै ‘इस्लामोफोबियाग्रस्त’ सरकार भनिन्छ । जातीय दृष्टिकोणले दलित र मुसलमानहरूमाथि सरकार र  बिजेपी गुन्डाहरूको आतङ्क तीव्र छ  । पछिल्लो समयमा कोरोना सङ्क्रमणसित जोडेर मुसलमानहरूमाथि तीव्र प्रहार भइरहेको कुरा समाचारमाध्यमहरूबाट थाहा हुन आउँछ । कतिपय मुसलमानहरूको व्यवहारबाट सत्ता पक्षलाई मुसलमानहरूप्रति नकारात्मक धारणा बनाउन सामग्री मिल्ने गरेको भए पनि पीडित अधिकांश मुसलमानहरू श्रमजीवी वर्गका दुखजिलो गरेर बिहानबेलुका छाक टार्नेहरू छन् ।

नेपालको स्थिति अलि फरक छ । सुनसरी, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु र बाँके-बर्दियाका कतिपय मुसलमानहरूका गतिविधिलाई लिएर बेलाबेलामा टीकाटिपणी उठ्ने गरेको भए पनि नेपालमा हिन्दू र मुसलमानहरूबीच राम्रो सामन्जस्य पाइँन्छ र तराईका कतिपय अन्य समुदायका तुलनामा नेपालका मुसलमानहरूमा नेपालको माटोप्रति बढी आस्था रहेको पनि पाइन्छ ।

यताका दिनमा खास गरेर कोरोना सङ्क्रमणसँगै भारतका मात्र नभई नेपालका मुसलमानहरू पनि टिप्पणीको विषय बनेका छन् ।  सुदूर पश्चिमको एउटा सन्दर्भलाई छाडि दिने हो भने  नेपालमा हिन्दूवादीहरूले कोरोना संक्रमणको समयमा धर्मका नाममा ठूल्ठूला जमघट गरेको थाहा छैन । तर नवाज पढ्ने नाममा मदरसाहरू र मस्जिदहरू निकै सङ्ख्यामा जमघट हुने माध्यम बनेका छन् । सुनसरी र सप्तरीमा मस्जिदमा जम्मा भएकाहरूको घटना सेलाउन नपाउँदै रौतहटमा जम्मा हुनु राम्रो होइन भनेर सम्झाउने प्रहरीमाथि नै हातपात हुनु र पछिल्लो समयमा पर्सामा एकैचोटि तीन जना कोरोना सङ्क्रमित भारतीय देखिनुले  थुप्रै पश्न उठाएको छ ।

केही महिनाअघि सप्तरीमा मुसलमानहरूको  बृहत् भेला भएको थियो, तिनैमध्येका कतिपयको  दिल्लीको मस्जिदमा जमघट भएको थियो l  दिल्लीको जमघटमा उपस्थिति भएर नेपाल छिरेकाहरूको खोजी र  निगरानी भइरहेको अवस्थामा अहिले जसरी नयाँ प्रकरण सतहमा आएको छ, यो निकै रहस्यमय र गम्भीर पनि छ । समाचार माध्यमहरूले दिल्लीबाट नेपाल छिरेका २६ जनामद्धे ३ जनामा कोरोना 'पोजेटिव' भएको कुरा उल्लेख गरेका छन् l समाचार माध्यमहरूले जनाएअनुसार कोरोना सङ्क्रमितसित जोडिएको जमातका कुरा एकअर्कामा बाझिने खालका छन्-प्रस्ट छैनन्, ट्राभल हिस्ट्री पनि प्रस्ट भन्दैनन् । ३ महिनाअघि नेपाल आएको भने पनि उनीहरू केही दिनअघि मात्र  लुकीछिपी चोरबाटोबाट नेपाल छिरेका मुसलमानहरू हुन् भन्ने कुराको आशंका गरिएको छ  ।

समुन्द्रपारिबाट आएका  र भारतबाट आएका पश्चिम नेपालका पहाडिया समुदायमा कोरोना सङ्क्रमण देखिए पनि पूर्वी पहाड तथा तराईमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामीहरू  भेटिएका छैनन् । भारतीय सञ्चारमाध्यमहरूले पर्सासितै जोडेर अनेक थरी समाचार बाहिर ल्याइरहेको बेलामा मस्जिदमा लुकीछिपी बसेका केही मुसलमानहरू फेला पर्नु र फेरि तिनमा कोरोना देखिनु रहस्यमय  मात्र नभई संशयपूर्ण पनि छ ।

यसको समग्र घटनासन्दर्भ, सत्यतथ्य बाहिर ल्याउनु आवश्यक छ । यी पात्रहरू चार महिनादेखि नेपालमा बसेका नभएर,  भर्खरै नेपाल पसेका हुन् भन्ने कुरा प्रस्ट छ ।  कतै यो नेपालमा मुसलमानहरूप्रति घृणा र आक्रोस उत्पन्न गर्न गरिएको योजनाबद्ध घटना त होइन ? चार महिनादेखि बसेका भए पनि के गर्न बसे र कहाँकहाँ गएर के गरे,  सारा इतिवृतान्त बाहिर आउनु आवश्यक छ । अन्यथा हिन्दूवादीहरू मात्र नभएर  सिङ्गो नेपाली जनताको मुसलमान समुदायप्रतिको  दृष्टिकोण नकारात्मक बन्ने कुरा प्रस्ट छ र, यो राम्रो कुरा होइन ।




भिडियो फिचरview all