menu

ताजा समाचार

नेकपा (विप्लव) सम्बद्ध नेता-कार्यकर्ता रिहाइको माग

काठमाडौँ, चैत १२, आफूलाई वामपन्थी भन्ने पार्टीको सरकारले नेकपा (विप्लव) माथि प्रतिबन्ध लगाउनु गलत कार्य हो भन्दै नेपालका क्रान्तिकारी पार्टी तथा माओवादी बुद्धिजीवीहरूले निरन्तर आवाज उठाइरहेको सन्दर्भमा मुलुकमा कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर जेलमा रहेका नेकपा –विप्लव सम्बद्ध नेता तथा कार्यकर्ताहहरूको अविलम्ब रिहाइको माग चौतर्फी रूपमा उठ्न थालेको छ ।

आज मात्र सरकारले सो पार्टीका गण्डक ब्युरो सदस्य पूर्णजीन पुन, विद्यार्थी नेता पर्वत सेढाइैँ, महिला नेतृ  धीरेन्द्रा र नेता नवीनलाई रिहाइ गरेको  समाचार आएको छ र  सरकारको यस किसिमको बुझाइलाई सकारात्मक भन्नु पर्छ र अन्य नेता तथा कार्यकर्ताहरूको पनि यथा शीघ्र रिहाइ हुनु आवश्यक छ ।

नेकपा (विप्लव) सम्बद्ध नेताहरू हेमन्तप्रकाश वली, वीरजङ, माइला लामा लगायतका नेता तथा थुप्रै कार्यकर्ताहरू मुलुकका विभिन्न जेलमा छन् र वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध भएर नेपाली समाजको रूपानतरणमा लागेका ती नेता तथा कार्यकर्ताहरू मुलुकको सम्पति हुन् । सरकारले उनीहरूको स्वास्थ्यमाथि उचित ध्यान दिनु आवश्यक छ र अहिलेको विशिष्ट परिस्थितिमा बिना सर्त उनीहरूको रिहाइ हुनु आवश्यक छ ।  

भिडियो फिचरview all