menu

ताजा समाचार

माओवादी छापामारसितको भिडन्तमा १७ जना सुरक्षा फौजको मृत्यु , १५ मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जन छापामार सेनासितको भिडन्तमा भारतीय सुरक्षा फौजका १७ जना बेपत्ता, १५ जना मरणासन्न भएको समाचार ग्लोबल न्युज हटले दिएको छ । पछिल्लो समाचार अनुसार १७ को लास प्राप्त भएको छ

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको कोराजगुडा पहाडमा २१ मार्च का दिन  दिउँसो २.३० बजे दोहेरो भिडन्त भएको र सो भिडन्तपछि १७ जना बेपत्ता, १५ जना मरणासन्न भएको समाचारलाई प्रहरीका पदाधिकारीहरूले पनि पुष्टि गरेका छन् । र अब आएर १७ जना लासमा परिणत भएको कुरा पुस्टि भएको छ ।

 संचारमाध्यम अनुसार, माओवादीका विरुद्ध अपरेसनमा हिँडेको जिल्ला रिजर्भ गार्ड, स्पेसल टास्क फोर्स, कोब्रा बटालिएनसहितको संयुक्त कारबाही टोलीमा १५० जनाभन्दा बढी सरकारी फोर्स रहेको र सो टोली दिनको १ बजे अपरेसनमा हिँडेको थियो । माओवादी एम्बुसमा परेपछि भएको दोहोरो भिडन्तमा हराएका १७ मध्ये ४ जना सम्पर्कमा आएका र बाँकीको जानकारी प्राप्त नभएको र १४ जना मरणासन्नमध्ये पनि २ जनाको मृत्यु भएको र अरूलाई हेलिकप्टरबाट रायपुर लगिएको कुरा पनि भारतीय समाचार माध्यमले जनाएका छन् ।

छत्तिसगढ राज्यको सुक्मा माओवादी पार्टीको बलियो जनाधार भएको क्षेत्र मानिन्छ र सन् २०१४ मा पनि त्यहाँ माओवादी सेनासितको भिडन्तमा १३ जना सरकारी फौजको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीहरूले हिजो भएको आक्रमणमा हिँडमाको कमान्डमा ३०० माओवादी  संलग्न भएको भनेर उल्लेख गरेका छन् ।

स्मरण रहोस् मार्चको दोस्रो हप्तामा माओवादी छापामारसितको भिडन्तमा ३ जना सरकारी फौजको मृत्यु भएको थियो ।
भिडियो फिचरview all