menu

ताजा समाचार

प्रचण्ड र किरणलाई मन नपरेको यो पुस्तक

प्रचण्ड र किरण दुवैलाई मन नपरेको यो पुस्तक, आजभोलि फेरि खोजी हुन थालेछ । कथित ‘शान्तिप्रक्रिया’ को समयमा प्रकाशित यो पुस्तक दलाल नव-सामन्त प्रचण्डलाई मन नपर्नु स्वाभाविक छ । गम्छु,  किरणलाई चाहिँ किन मन नपरेको होला ? कमरेड किरणलाई यो पुस्तक मन नपर्नुको कारण खोजिरहेको छु, उत्तर पनि खोजिरहेको छु । मैले जे कुराको उठान गरेको थिएँ, समयले त्यसलाई सत्य साबित गरेको छ । एक्लै भए पनि पदीय लोभलालच र आर्थिक लिप्साबाट मुक्त भएर मैले सही कुराको उठान गरेको थिएँ । म एक्लै  भए पनि खराबका विरुद्ध, कुरुपका विरुद्ध लडाइँ लडेको थिएँ । जनयुद्धसित गाँसिएकाले त पढ्नै पर्ने हुन्छ, यो पुस्तक, माओवादी आन्दोलन पक्षधरहरूले पनि पढ्नु आवश्यक छ ।
 
प्रचण्ड-बाबुरामसितको वैचारिक-राजनीतिक सङ्घर्षको अध्याय समाप्त भयो, सिद्धिए ती । अबको वैचारिक–राजनीतिक सङ्घर्ष किरण र विप्लवसित, तर मित्रवत सङ्घर्ष । कमरेड किरणले मेरा पुस्तक ‘सत्ता र संस्कृति’ लाई खारेज गरेपछि माक्र्सवादी सौन्दर्यशास्त्रको क्षेत्रमा कमरेड किरणसित आरम्भ भएको मिहिन पाराको वैचारिक सङ्घर्ष सायद अब खुलेर अघि बढाउने समय आएको छ ।

त्यत्रो गरिमामय सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ लाई अहिले करिबकरिब विसर्जनको स्थितिमा पुर्याउन  प्रचण्ड मात्र जिम्मेवार रहे अथवा  फ्रयाक्सन इन्चार्ज र मोर्चाको प्रमुख  रहेकाहरू पनि जिम्मेवार रहे भन्ने कुराको लेखाजोखा गर्ने बेला आएको जस्तो लाग्छ । अब इतिहास हेरेर मात्र पुग्दैन । श्रद्धा र सम्मानको अर्थ श्रद्धावादमा फस्नु होइन । समय आएको छ– इतिहासदेखि वर्तमानसम्मको पुर्नसमीक्षा र संश्लेषण गर्ने । ‘सांस्कृतिक प्रतिरोध दिवस’ ले दिएको एउटा सन्देश यो पनि हो ।
ऋषिराज बराल   

भिडियो फिचरview all