menu

ताजा समाचार

नेकपा (विप्लव) द्वारा ‘प्रतिरोधी कारवाही’

काठमाडौँ फागुन २८, भ्रष्टाचारको अभियोगपछि मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा आज बिहान भएको बम विष्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले लिएको छ ।

एनसेल टावरमाथि कारवाही स्वरूप बम पड्काउने क्रममा एक जना सर्वसाधारणको मृत्युपछि ओली सरकारले  गत साल फागुन २८ गते नेकपा ( विप्लव) माथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएको वर्ष दिन भएकै दिनमा सो समूहले गोकुल बास्कोटाको घरमा बम विष्फोट गराउनुलाई ‘प्रतिरोधी कारवाही’ भन्न सकिन्छ । काठमाडौँको मुटुमा सुरक्षा निगरानीका बीच  ओलीको प्रिय पात्र बास्कोटाको घरमा बम पड्काएर विप्लव समूहले प्रतिबन्धले आफ्ना गतिविधि नरोकिने भन्ने सन्देश दिनुका साथै ओली सरकारलाई  प्रतिरोधी चुनौती पनि दिएको टिप्पणी राजनीतिक विश्लेषकहरूको छ ।

बास्कोटाको घरमा बम पड्काउनुका पछाडि १० वटा कारण रहेको भनेर नेकपा ( विप्लव) ले पर्चा पनि सार्वजनिक गरेको छ । सो पार्टी नजिक रहेको एउटा अनलाइनमार्फत सार्वजनिक गरिएको पर्चामा कारणहरूको यसरी उल्लेख गरिएको छ :

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

१.    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।  
२.    २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३.    १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४.    १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५.     मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा-सुविधाका नाममा करो हिनामिना गरेकाले ।
६.     सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७.    नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८.    राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९.    आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
भिडियो फिचरview all