menu

ताजा समाचार

डा.ऋषिराज बराललाई 'हृदयचन्द्रसिंह सम्मान'

काठमाडौँ, फागुन २४, ‘साहित्य सदन’ नेपालले यसपल्टको 'हृदयचन्द्रसिंह सम्मान' नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत डा. ऋषिराज बराललाई प्रदान गर्ने निर्णय गरेको छ । सो संस्थाका महासचिव तथा कवि मित्रलाल पज्ञानी संयोजक,  वरिष्ठ आख्यानकार नारायण ढकाल तथा कवि तथा सामाजिक अभियन्ता वसन्त रिजाल सदस्य रहेको पुरस्कार समितिको हालै बसेको बैठकले सो निर्णय गरेको कुरा संयोजक तथा महासचिव पज्ञानीले बताएका छन् ।

२०४२ सालमा स्थापित सो संस्थाले प्रदान गर्ने पुरस्कार राशि रू. २५०००l  रहेको छ  । २०५७ देखि  अहिलेसम्म यो पुरस्कार साहित्यकार शान्तदास श्रेष्ठ, समालोचक राजेन्द्र सुवेदी, कवि तथा निबन्धकार विमल निभा, आख्यानकार नारायण ढकाल, समालोचक निनु चापागार्इँ लगायतक १० जना स्रष्टाले प्राप्त गरिसकेका छन् । गत साल सो पुरस्कार चैतन्य नामले साहित्यिक क्षेत्रमा स्थापित वरिष्ठ सौँन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’ लाई प्रदान गरिएको थियो ।

आख्यानकार तथा समालोचक डा. ऋषिराज बरालका २ दर्जन भन्दा बढी साहित्यिक पुस्तकहरू प्रकाशित छन् र राजनीतिक तथा पत्रकारिताको क्षेत्रमा पनि उनको विशिष्ट योगदान रहेको छ । उनका प्रकाशित पुस्तकहरूमा :

उपन्यास

१. भावना (२०३४) २. कमरेड हुतराज राजधानी प्रस्थान (२०४८) ३. समरगाथा (२०६४) l

कथासङ्ग्रह :

१. गाउँको कथा भन्छु है त (२०४२)२. भग्नावशेष  (२०४४), ३.बयान (२०५२), ४.वनमान्छेको कथा (२०५४), ५  सैन्यउपहार (२०५८), ६. पैंयु फुल्न थालेपछि (२०६३), ७. ऋषिराज बरालका प्रतिनिधि कथाहरू (२०६७), ८.बर्की नम्बर १३९९९ (२०७१) ।

निबन्ध :

१. फेरि लालभन्ज्याङ्मा उभिएर (२०६२), २. प्रियजनहरूको सम्झनामा (२०६४), ३. कुहिरो र घोडचढीहरू (२०६६) ।

दैनिकी :

१. सलाम रोल्पा (२०६९) l

समालोचना :

१. प्रगतिवाद र नेपाली उपन्यास (२०४०),२. प्रगतिवाद (२०४८), ३. मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२), ४. उपन्यासको सौन्दर्यशास्त्र (२०५६), ५ सङ्गीत र सौन्दर्य (२०६३), ६. उत्तरआधुनिकतावाद र समकालीन यथार्थ (२०६३), ७. सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३), ८.साहित्य र समाज (२०६४), ९. सत्ता र संस्कृति (२०६६), १०. मार्क्सवाद र सबाल्टर्न अध्ययन (२०७३) ।

त्यसै गरी राजनीतिक क्षेत्रमा ‘नेपाली जनयुद्ध’ ‘आजको साम्राज्यवाद र माओवादी आन्दोलन’ जस्ता बहुचर्चित पुस्तकहरू रहेका छन् ।
भिडियो फिचरview all