menu

ताजा समाचार

आत्मसमर्पणवादी दलालहरु विरुद्ध एकजुट हुन कमरेड किरणको आव्हान

लिम्पियाधुरासहित कालापानी क्षेत्रको सीमा मिचेर नक्सा जारी गर्ने भारतीय विस्तारवादका सामु निरीहता प्रकट गरिरहेको र ओली सरकारका विरुद्ध सिङ्गो राष्ट्र आन्दोलित भइरहेको समयमा ओली सरकार ‘मिलेनियम च्यालेन्ज क्म्प्याक्ट’ का नाममा अमेरिकी साम्राज्यवादलाई मुलुकमा भित्तयाएर अमेरिकी सेनाको उपस्थितिका लागि जसरी मरिहत्ते गरिरहेको छ, यसको आम नागरिकदेखि क्रान्तिकारी शक्तिहरूले घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले वक्तव्यमार्फत आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदामा जोडदार आह्वान गरेका छन्

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :

यतिबेला नेपालको राजनीति एमसीसी (मिलेनियम च्यालेञ्ज कम्प्याक्ट)को वरिपरि केन्द्रित भएको छ । पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द–प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि अमेरिकी साम्राज्यवादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ । फेरि अर्कोतिर, नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोडदिइराखेका छन् । यस प्रकारको स्थितिको गंभीरतालाई आत्मसात गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सैन्य अखडा निर्माण गर्ने अमेरिकी साम्राज्यवादी योजनाको कडा विरोध गर्दछ र त्यो योजनालाई सफल पार्नका लागि एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्ने दलालहरुको राष्ट्रघाती कुकृत्यको तीव्र भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी एमसीसीलाई अनुमोदन गर्ने राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको राष्ट्रघाती कदमलाई असफल पार्न र उक्त साम्राज्यवादी योजनाका विरुद्ध एकताबद्ध भएर सशक्त आवाज उठाउन आम जनसमुदायसहित सम्पूर्ण देशभक्तहरुलाई जोडदार आह्वान गर्दछ ।
भिडियो फिचरview all