menu

ताजा समाचार

ओली सरकार दमनमा उत्रियो,क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलसहित दर्जनौँ पक्राउ, लाठी चार्जबाट थुप्रै घाइते

लिम्पियाधुरा लगायत राष्ट्रिय स्वाधीनतासित सम्बद्ध मागहरूलाई लिएर रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलको नेतृत्वमा  गएको टोलीमाथि निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध किसिमले लाठी चार्ज गरी ,  नेता गजुरेलसहित एक दर्जनभन्दा बढीलाई गिरफ्तार गरेको र थुप्रैलाई घाइते बनाएको कुरा सो पार्टी सम्बद्ध अनलाइन माध्यमले जनाएको छ ।

राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेका कारण दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत दर्जनौं नेताहरू  घाइते हुन पुगेका छन् भने  सीपी गजुरेल, परि थापा पवनमान श्रेष्ठ लगायत १५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी गिफ्तारमा पर्ने अन्य नेता-कार्यकर्ताहरुमा सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, दिपक शाही, बसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, ढोगप्रसाद अधिकारी, पदम भण्डारी, नरेन्द्र कार्की, अमिट योञ्जन, मिनप्रसाद गिरी, सुन्दर श्रेष्ठ लगायत रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

भिडियो फिचरview all