menu

ताजा समाचार

संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन : महासचिब किरण

१२७ औं माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिब  कमरेड मोहन वैद्य ‘किरण’ले माओ, माओवादको महत्त्व र  यतिखेर क्रान्तिकारीहरूले खेल्नु पर्ने भूमिकामाथि प्रकाश पार्दै २६ डिसेम्बरका दिन एक वक्तव्य जारी गरेका छन् । कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्दै महासचिब किरणले  सच्चा माओवादीहरुले संशोधनवादलाई नांगेझार नपारी विश्व सर्वहारा क्रान्तिको विकास सम्भव नरहेको कुरामा पनि जोड दिएका छन् ।

जारी वक्तव्यमा उल्लेख गरिएको छ :

 “यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवम् हस्तक्षेप बढ्दै गएको छ र त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादले साथ दिइरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले आफ्नो नक्सामा पारेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गरेको वर्तमान सन्दर्भमा कम्युनिस्ट नामको वर्तमान प्रतिक्रियावादी सरकारले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा, सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गर्नका लागि कुटनीतिक पहल बढाउनुको साटो अतिक्रमणको देखावटी विरोध गरेर वास्तवमा भारतीय विस्तारवादको चाकडी गर्न गएको छ भने अर्कोतिर अमेरिकी सैन्य रणनीतिको अंश रहेको एमसीसीलाई सदनबाट पारित गर्ने दुष्प्रयाश गर्दै अमेरिकी साम्राज्यवादका सामु लम्पसार पर्न गएको छ ।

 आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन । यस स्थितिमा कथित कम्युनिस्ट सरकारको भण्डाफोर गर्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवादतर्फ दृढताकासाथ अगाडि बढ्नुमा नै माओदिवस मनाउनुको विशेष ऐतिहासिक अर्थ र महत्व रहन्छ ।”


भिडियो फिचरview all