ताजा समाचारबहिष्कार अभियान तीव्र, क्रान्तिकारी माओवादीका थुप्रै नेता कार्यकर्ता पक्राउ
नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो मोर्चा देजमोमार्फत बहिष्कार अभियानलाई तीव्रता दिइरहेको सन्दर्भमा दाङ्का उसका नेताकार्यकर्ताहरूमाथि धरपकड गरेर कार्यक्रम विथोल्न खोजेको थियो । र हिजो आइतवार धरानमा भएको कार्यक्रमबाट नेकपा (क्रान्तिकारी माओवादी)का थुप्रै नेता तथा कार्यकर्ता पक्राउ गरिएको कुरा सो पार्टी सम्बद्ध प्रकाशनले जनाएको छ ।
सो पार्टी सम्बद्ध प्रकाशनअनुसार मोर्चाको कार्यक्रम चल्दै गर्दा प्रहरीले हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य मोहन लिम्बू, केन्द्रीय सदस्य विमल, पार्टीका सुनसरी सेक्रेटरी पेमा लामा, देजमोका केन्द्रीय सदस्य टिका राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष गौरव राई, मोर्चाका केस पारस लिम्बु, केस पारक लिम्बू, सुविना, पदम तामाङ, सन्तोष ठाकुर, रामबहादुर पौडेललगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका क्रान्तिकारी माओवादी तथा देजमोका नेता कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । बहिस्कार कार्यक्रममा गरिएको हस्तक्षेप र नेता कार्यकर्तालाई गरिएको गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेशले कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टीका प्रदेश इन्चार्ज मीनकुमारले यो घटनालाई राज्यको फासिवादी कदमको संज्ञा दिंदै गिरफ्तार नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको माग गरेका छन् ।
भिडियो फिचरview all


