menu

ताजा समाचार

भाजपा नेतासहित ६ प्रहरी ठहरै

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा भाकपा (माओवादी) का जनछापामार सेनाले थापेको एम्बुसमा परेर असइसहित विशेष सुरक्षा बलका ६ जनाको मृत्यु र एक दर्जन जति घाइते भएको कुरा भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
माओवादी प्रभावित क्षेत्रमा पेट्रोलिङ  गरेर फर्केको टोली एम्बुसमा परेको थियो । सुक्रबार साँझ भएको यो घटनाको सत्यतथ्य अझै बाहिर नआएको कुरा पनि समाचारमा उल्लेख छ ।
त्यस्तै पलामु जिल्लाको पिपरामा शनिवार भाजपाका नेता मोहन गुप्तासहितको टोली छापामारको निसानामा परेको छ । उनी चढेको कारमाथि छापामारको प्रहारपछि मोहन गुप्ताको मृत्यु भएको छ भने अन्य ३ जना मरणसन्न अवस्थामा भएको कुरा समाचारमा उल्लेख छ । माओवादीले सो क्षेत्रमा हुन लागेको एसेम्ब्ली चुनावको सक्रिय बहिष्कार गर्न आह्वान गरेको छ ।

सरकारले सहरी नक्सल भन्दै सहरी क्षेत्रमा रहेर भाजपाको फासिवादी नीतिको विरोध गर्ने मानवअधिकारवादीहरू समेतलाई पक्राउ गरी मुद्धा चलाएर जेलमा पठाइरहेको  र मुठभेड भन्दै आदिवासी जनतामाथि दमन तीव्र बनाएर मनौवैज्ञानिक तथा दमन आतङ्क तीव्र बनाएको भए पनि पछिल्लो चरणमा भाकपा (माओवादी) ले आफ्ना राजनीतिक तथा सैन्य गतिविधिहरूलाई तीव्र बनाइरहेको छ ।

केही दिनअघि मात्र सरकारी सुरक्षा निकायले माओवादीहरुले ड्रोनबाट सुरक्षा निकायको गतिविधि अध्ययन गरेको र क्याम्पहरूको सर्वेक्षण गरेको रिपोर्ट गृहमन्त्रालयमा पेश गरेको कुरा सञ्चारमाध्यमहरूले जनाएका थिए ।

यसैबीच पार्टीमाथि गद्दारी गरेका र निष्क्रिय भएर माओवादीका विरुद्ध सक्रिय भएकाहरूमाथि माओवादी पार्टीले निगरानी गरेको र खतरनाक किसिमले आएकाहरू विरुद्ध सफाया अभियान चलाएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।

भिडियो फिचरview all