menu

ताजा समाचार

भारतीय विस्तारवाद विरुद्ध देशभक्त तथा क्रान्तिकारीहरू सडकमा

नेपालको भूमिलाई आफ्नो मुलुकमा समावेश गरेर नक्सा बनाएर सार्वजनिक गर्ने भारतीय विस्तारवादका विरुद्ध नेपालका देशभक्त तथा क्रान्तिकारी शक्तिहरू भारतीय विस्तारवाद मुर्दावाद भन्दै सडकमा निसकेका छन् ।

कम्युनिस्ट न्युक्लिअस, नेपालले वक्तव्य प्रकाशित गर्दै भारतीय विस्तारवादको अतिक्रमणकारी चरित्रका विरुद्ध एक जुट हुन र भारतीय नक्सामा समावेश नेपाल भूमि हटाउन भारतीय विस्तारवादलाई बाध्य पार्न अपिल गरेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणद्वारा जारी वक्तव्यमा “ यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो । यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न जरुरी छ । हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ,” भनिएको छ।

सङ्घर्षका कार्यक्रम

नेपाली भूमि भारतमा समावेश गरेर नक्सा तयार पारेर वितरण गर्ने भारतीय साम्राज्यवादी प्रवृत्तिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा,  नेपाल मजदुर किसान पार्टी, नेकपा (विप्लव) लगायतका पार्टी तथा मोर्चाहरूले सङ्घर्षका कार्यक्रमका साथ सडकमा निस्केका छन् ।

देजमोले आज कात्तिक २० गते कोणसभा गरेको छ भने नेकपा (विप्लव) ले मोदीको पुत्ला दहन, राजदूतावासदेखि संयुक्त राष्ट्र सङ्घमा विरोधपत्र दिने सम्मका कार्यक्रमहरू तय गरेको छ ।
भिडियो फिचरview all