menu

ताजा समाचार

नेपालको भूमि आफ्नो बनाएर नक्सा तयार पार्ने भारतीय विस्तारवादको सर्वत्र निन्दा

नेपालका सत्ताधारीहरूको आत्मसमर्पणवादी नीतिका कारण भारतीय विस्तारवादले तयार पारेर प्रधानमन्त्री कार्यालयलगायत नेपालका सरकारी कार्यालय र विद्यालयहरूका भित्तामा टाँगिएका नेपालको भूभाग नै गायब पारिएका नक्कली नक्साहरूलाई लिएर नेपालका देशभक्त तथा क्रान्तिकारीहरूले “नक्कली नक्सा बहिष्कार गरौँ, सक्कली नक्सा प्रयोग गरौँ’ को अभियान चलाइरहेको समयमा हालै भारतीय विस्तारवादले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत भारतीय नक्सामा समावेश गरेर नयाँ भारतीय नक्सा तयार पारेर वितरण गरेको छ । भारतीय विस्तारवादको यस किसिमका साम्राज्यवादी चरित्रलाई लिएर नेपालका देशभक्त तथा क्रान्तिकारी शक्तिहरूले तीव्र निन्दा तथा भ्रत्र्सना गरेका छन् ।

जम्मुकस्मिरका जनताका व्यापक विरोध हुँदाहुँदै पनि विशेष क्षेत्रका रूपमा रहेको जम्मुकास्मिरलाई सैन्यशक्तिका भारमा कब्जामा लिएपछि ती क्षेत्रलाई समेत समेटेर बनाएको नयाँ नक्सामा नेपालको सार्वभौमसत्तासित सम्बद्ध भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पनि आफ्नो भूभागअन्तर्गत राखेको छ ।

भारतीय विस्तारवादको यस किसिमको प्रवृत्तिलाई लिएर  पार्टीगत तहमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नपाल मजदुर–किसान पार्टी तथा बौद्धिक क्षेत्रबाट अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक का लेखक रतन भण्डारी, माक्र्सवादी बुद्धिजीवी डा. ऋषिराज बराल, राेषन जनकपुरीलगायतका बुद्धजीवीहरूले तीव्र निन्दा तथा भ्रत्र्सना गरेका छन् र अतिक्रमणकारी भारतीय विस्तारवाद विरुद्धका कार्यक्रमप्रति ऐक्यबद्धता जनाएका छन् ।

सरकारका तर्फबाट यस विषयमा कुनै पनि प्रतिक्रिया नआएको अवस्थामा सरकारी पार्टीका नेताहरू तथा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने नेपाली भूमिको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै खबरदारी गरेका छन् ।

स्मरण रहोस् नेपाली भूमिलाई भारतीय भूमि भन्दै चिनियाँ सामाजिक साम्राज्यवादले पनि सन् २०१५ मा भारतसित व्यापारिक सहमति गरेको छ । यसबाट भारत विस्तारवाद तथा तथा चिनियाँ सामाजिक साम्राज्यवाद शक्तिको आडमा नेपाली भूमि कब्जा गर्नमा क्रियाशील छन् भन्न सकिन्छ ।  
 



भिडियो फिचरview all