menu

ताजा समाचार

भाकपा (माओवादी) को पछिल्लो आह्वान :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पछिल्लो अपिल प्रकाशमा आएको छ । यो अपिल भारतीय कम्युनिस्ट पार्टीको सङ्घर्षशील इतिहास-माओवादी पार्टीको स्थापना र भारतीय प्रतिक्रियावादका विरुद्ध उसले लडेको लडाइँसित सम्बद्ध छ । पार्टीले भारतीय कम्युनिस्ट पार्टीको ५० औँ वार्षिकोत्सव, माओवादी पार्टी स्थापनाको १५ औँ दिवस र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ७० औँ वार्षिकोत्सव क्रान्तिकारी उत्साह र प्रतिबद्धताका साथ मनाउन पनि आह्वान गरेको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले १९६९ मा गठित भारतीय कम्युनिस्ट पार्टी (माक्सर्वादी-लेनिनवादी) लाई आधार मानेर पार्टी स्थापनाको ५० औँ वार्षिकोत्सव मनाउन आह्वान गरेको हो ।

अङ्ग्रेजी र हिन्दीमा करिब २० पृष्टमा पुस्तिकाकै रूपमा प्रकाशित अपिल मूलतः तीन भागमा विभाजित छ । आरम्भमा भारतीय कम्युनिस्ट पार्टी र दुई लाइन सङ्घर्षको चर्चाका साथ कसरी भाकपा (माओवादी) को निर्माण भयो भन्ने कुराको ऐेतिहासिक तथा राजनीतिक चर्चा गरिएको छ  र पार्टीको राजनीतिक लाइन दीर्घकालीन जनयुद्धको महत्व र उपलब्धीको चर्चा गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय स्थितिका साथै मोदी फासिवाद कसरी भारतीय उत्पीडित जनताका विरुद्ध युद्ध लादिरहेको छ भनेर प्रस्ट पारिएको छ ।  अन्त्यमा अपिलमा उत्पीडित वर्ग, जातजाति तथा समुदाय एकताबद्ध भएर मोदी फासिवादका विरुद्ध लड्नु पर्ने आवश्यकता र औचित्यमा जोड दिइएको छ ।
अपिलको आरम्भ यसरी गरिएको छ :

भारतीय क्रान्तिकारी पङ्क्ति र आम जनतामा आह्वान

हाम्रो पार्टीको ५० औँ वार्षिकोत्सवको उपलक्षमा क्रान्तिकारी अभिवादन

!देशव्यापी रूपमा दीर्घकालीन जनयुद्धलाई विस्तारित गर्न र घनीभूत बनाउन पार्टीलाई सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक दृष्टिले मजबुत बनाऔँ !

क्रान्तिकारी उत्साह र क्रान्तिकारी दृढताका साथ हाम्रो पार्टी स्थापनाको ५० औँ वार्षिकोत्सव र हाम्रो नयाँ पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को १५ औँ वार्षिकोत्सव सेप्टेम्बर २१ देखि नोभेम्बर ८ सम्म देशव्यापी रूपमा भव्यताका साथ मनाऔँ !

त्यसपछि पार्टी इतिहासलाई यसरी प्रस्तुत गरिएको छ :

प्रिय कमरेडहरू तथा जनसमुदाय
 
१९२५ मा भारतमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टीले महान् तेलाङ्गाना सशस्त्र किसान सङ्घर्षप्रति गद्दारी ग¥यो र दक्षिणपन्थी मार्ग अँगालेर संशोधनवादी पार्टीमा फेरियो । क्रान्तिकारी पङ्क्तिले संशोधनवादी नेतृत्व र लाइनको विरोध गरेर क्रान्तिकारी विकल्प दिन नसक्तनाको कारण यसले निरन्तरता पायो । १९६४ मा भारतीय कम्युनिस्ट पार्टी भाकपा र भाकपा (माक्सर्वादी) मा विभाजित भयो । यी दुईबीच सैद्धान्तिक तथा राजनीतिक पक्षमा खासै भिन्नता थिएन । भाकपा (माक्सर्वादी) मा रहेको नव–संशोधनवादी प्रवृत्तिका विरुद्ध १९६४ को नोभेम्बरमा भएको सातौँ महाधिवेशनमा दुई लाइन सङ्घर्षद्वारा  संशोधनवादी लाइनको पर्दाफास भयो । अनि नक्सलबाडी आन्दोलनको समयमा क्रान्तिकारी तप्का  भाकपा र भाकपा (मा) को  पार्टी लाइनहरू प्रस्ट रूपमा संशोधनवादी छन् भन्ने बुझाइमा  पुग्यो ।

माथिल्लो नेतृत्व तहका कमरेड चारु मजुमदार  र कमरेड कन्हाइ चटर्जीसहित ठूलो सङ्ख्यामा माओवादी कमरेडहरू पार्टीभित्रको संशोधनवादी, नवसंशोधनवादी लाइनको विरोधमा क्रान्तिकारी विकल्प अगाडि सार्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता कमरेड माओको नेतृत्वमा साठीको दशकमा आधुनिक संशोधनवादी क्रुस्चेवको लाइनका विरुद्ध चलाएको महान बहसको पक्षमा उभिए । संशोधनवादका विरुद्ध चीनमा कमरेड माओको नेतृत्वमा चिनियाँ महान सर्वहारा सांस्कृतिक क्रान्ति अघि बढिरहेको थियो । यसै क्रममा महान् नक्सलबाडी सशस्त्र किसान सङ्घर्षको थालनी भयो र यसबाट देशव्यापी सशस्त्र किसान सङ्घर्ष विस्तारित भयो ।

महान् नेता तथा गुरु  कमरेड लेनिनको जन्मदिवस २२ अप्रिल १९६९ का दिन भारतीय कम्युनिस्ट पार्टी (माक्सर्वादी –लेनिनवादीको स्थापना भएको थियो  र माओवादी कम्युनिस्ट सेन्टर (एमसिसी) २० अक्टोबर १९६९ मा स्थापना भएको थियो । त्यसैगरी २२ अप्रिल १९८० मा सच्चा क्रान्तिकारीहरूद्वारा भारतीय कम्युनिस्ट पार्टी (माक्सर्वादी –लेनिनवादी) पिपुल्स वारको गठन भएको थियो । त्यसै गरी १९९८ मा क्रान्तिकारी शक्तिहरू, भारतीय कम्युनिस्ट पार्टी (माक्सर्वादी –लेनिनवादी) पिपुल्स वार, भारतीय कम्युनिस्ट पार्टी (माक्सर्वादी –लेनिनवादी) पार्टी युनिटीबीच एकता भएको थियो भने एमसिसीसित सच्चा माक्सर्वादी –लेनिनवादी समूहहरू आरसिसीआई (एम), आरसिसीएम, सिपिआई (एमएल) सेकेन्ड सिसी, र आरसिसीआइ (एमएलएम) (अर्गनाइजेसन कमिटी)बीच एकता भएर २००३ मा एमसिसीआईको निर्माण भएको थियो । २१ सेप्टेम्बर २००४ मा एमसिसीआई र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) पिपुल्स वारबीच एकता भएर नयाँ कम्युनिस्ट पार्टी भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को स्थापना भएको थियो । पछि सच्चा क्रान्तिकारीहरूबीच एकता गर्दै अघि बढ्ने क्रममा भाकपा (मा–ले) नक्सलवारीसित २०१३ को डिसेम्बरमा पार्टी एकता सम्पन्न भएको थियो ।
 
२००७ मा भाकपा (माओवादी) को ऐतिहासिक एकता महाधिवेशन–नवौँ महाधिवेशन सम्पन्न भएको थियो । यस महाअधिवेशनले आधारभूत दस्ताबेजहरू पारित ग¥यो  र सैद्धान्तिक, राजनीतिक, सैन्य र सङ्गठनात्मक लाइनहरूलाई समृद्ध तुल्यायो । पार्टीभित्र रहेका गल्तीकमजोरी महसुस गर्दै मालेमाको आलोकमा पार्टीले शुद्धीकरण अभियान चलायो । 

बितेका ५० वर्षहरूमा भएका सङ्घर्षहरूका क्रममा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भएको थियो र यो निकै आरोहअवरोह, पीडा–कष्ट र थुप्रै नोक्सानी र धक्काका बीचबाट अहिलेको रूपमा विकसित भएको हो  ।  अहिले  यो गतिशील प्रवाहका साथ अघि बढिरहेको छ र निरन्तर प्रयासका साथ भारतका मजदुर, किसान, मध्यम वर्ग र अन्य उत्पीडित जनता र उत्पीडित तप्काको निरन्तर नेतृत्व गर्दै दीर्घकालीन जनयुद्धमार्फत यसले नयाँ जनवादी क्रान्तिलाई अघि बढाइरहेको छ  । जनताको महत्वपूर्ण सहयोग र समर्थनका साथ जनयुद्धको बाटोमा अघि बढेर हाम्रो पार्टीले साम्राज्यवादको सेवक भारतीय प्रतिक्रियावादी दलाल नोकरसाही पुँजीपति तथा सामन्त शासक वर्गको प्रतिक्रान्तिकारी आक्रमणका विरुद्ध प्रत्याक्रमण गरिरहेको छ ।

त्यसैले सिपिआइ (एम–एल) र  एमसिसीको  स्थापनाको ५० वर्षको विरासतसित जोडेर हामीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) स्थापनाको १५ औँ वर्षगाँठ मनाउनु पर्छ । यी वर्षगाँठहरूको महत्वलाई केन्द्रमा राखेर नै हामीले २१ सेप्टेम्बरदेखि ८ नोभेम्बरसम्म विशेष अवसरका रूपमा मनाउने गरेका हौँ । अहिले यसलाई चिनियाँ नवजनवादी क्रान्ति सम्पन्न भएको ७० औँ वर्षगाँठ १ अक्टोबरसित जोडेर मनाउनु पर्छ ।

पार्टीको केन्द्रीय समिति पार्टीका तलदेखि माथिसम्मका कमिटीहरूलाई मालेमाको आलोकमा अघि बढिरहेको महान् सहिदहरूको रगतले सिञ्चत हाम्रो जगमगाउँदो पार्टीको १५ औँ स्थापना दिवस मनाउन आह्वान गर्दछ । नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादको लक्ष प्राप्तिको उत्साहका साथ पार्टी स्थापना दिवस मनाउन हामी आह्वान गर्दछौँ ।  यस अवसरमा पार्टी, पर्चा, पोस्टर, ब्यानरहरू, पुस्तिका प्रकाशनमार्फतका साथै देशभरि नै सांस्कृतिक कार्यक्रमहरू तथा  जनसभा, गोष्ठीहरू र फोटो प्रदर्शन र क्रान्तिको प्रचारका विभिन्न माध्यमहरू अँगालेर दिवस मनाउन पार्टी आह्वान गर्दछ ।

सयौँ नेतृत्व तहका कार्यकर्ताहरू, हजारौँ पार्टी सदस्यहरू तथा हजाराका हजार क्रान्तिकारी जनताले नयाँ जनवादी क्रान्ति अन्ततः विश्व समाजवाद र साम्यवादका लागि आफूलाई सहिद बनाएका छन् । गएको १ वर्षमा ११५ जना कमरेडहरू सहिद बन्नु भएको छ र यिनमा ४० जना महिला कमरेडहरू हुनुहुन्छ । हाम्रो पार्टीको ५० औँ वार्षिकोत्सवमा भारतीय क्रान्तिका महान् नेता, पार्टीका संस्थापक तथा गुरु कमरेड चारु मजुमदार, कमरेड कन्हाइ चटर्जीलगायत  पार्टीको हितका लागि अन्तिम अवस्थासम्म्म लडिरहेका योद्धाहरू, कार्यकर्ता महान् सहिदहरूप्रति पार्टी क्रान्तिकारी श्रद्धाञ्जली प्रकट गर्दछ ।  भारतीय क्रान्ति यसरी अघि बढ्नु तिनै सहिदहरूको त्याग र बलिदानबाट मात्र सम्भव भएको हो । उनीहरूको आदर्श र स्पिरिटको पालना गरौँ । उनीहरूको निस्वार्थ बलिदानी भावको सम्मानका साथ पालना गरौँ !

प्रतिक्रियावादीहरू र प्रतिक्रान्तिकारीहरू ५० वर्षमा पनि जनयुद्धको बाटोबाट नयाँ जनवादी क्रान्ति गर्न सकेनन् र सक्तैनन् भनेर निरन्तर रूपमा हाम्रो आन्दोलनलाई दिग्भ्रमित पार्न खोजिरहेका छन् । उनीहरू अर्धऔपनिवेशिक तथा अर्धसामन्ती राज्यव्यवस्था निरन्तर रूपमा  सड्दै गएको सत्यतथ्यलाई लुकाउने प्रयास गरिरहेका छन् । वास्तवमा म्याद नाघिसकेको वर्तमान प्रतिक्रियावादी व्यवस्था मरणासन्न अवस्थामा छ र नयाँ जनवादी क्रान्तिद्वारा यसलाई फ्यालेर नयाँ राज्यव्यवस्था स्थापना गर्नु आजको अत्यावश्यक कार्यभार रहेको  छ ।

यस अवसरमा हाम्रो पार्टीले विद्यमान शक्तिलाई सुरक्षित राख्दै एवं प्राप्त सफलतालाई निरन्तरता दिँदै अनुकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको उपयोग गर्दै आगामी वर्षहरूमा आफ्नो सामथ्र्यलाई बढाउन तथा अझ ठूला सफलता हासिल गर्न आफ्नो कामलाई थप प्रभावकारी बनाउनु अझ बढी निष्ठा र दृढताका साथ काम गर्नु आवश्यक छ ।

यसपछि विस्तृत रूपमा पार्टीका विगतदेखि वर्तमानसम्मका गतिविधि,  गल्तीकमजोरीका साथै पार्टीका आन्तरिक नीति तथा विधिका पक्षमा प्रकाश पारिएको छ ।

..................................................................................................

पछिल्लो भागमा अन्तर्राष्ट्रिय माओवादी आन्दोलनका साथै मोदी सरकार आफ्नो हिन्दूवादी फासिवादी प्रवृत्तिका साथ कसरी साम्राज्यवादको दलाली गरिरहेको छ भन्ने कुरा प्रस्ट पारिएको छ । यस भागमा भाकपा (माओवादी) को नेतृत्वमा चलिरहेको दीर्घकालीन जनयुद्ध उत्पीडित वर्ग तथा समुदायको मुक्तिका लागि लडिएको युद्ध भएकाले यसलाई सहयोग गर्न तथा जनयुद्धमा लामबद्ध हुन अपिल गरिएको छ । जस्तो यसमा भनिएको छ ।

 प्रिय कमरेडहरू तथा जनसमुदाय

विश्व पुँजीवादी आर्थिक सङ्कटले विश्वभरि सबैमाथि गम्भीर असर पारिरहेको छ  । साम्राज्यवादीहरू यो सङ्कटबाट मुक्त हुन भूमण्डलीकरण तथा राजनीतिक र सैन्य क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष अतिक्रमणकारी नीति अबलम्बन गर्दै विश्वभरि युद्ध थोपरिरहेका छन् । साम्राज्यवादी आर्थिक नीतिहरूले विश्वलाई असमानतातर्फ प्रवृत्त गराइरहेका छन् । विश्वका ६२ जना धनाढ्यहरूको हातमा विश्वको आधी जनसङ्ख्याको सम्पति केन्द्रित छ । सबै सरकारहरू जनकल्याणका परियोजना र सेवासुविधाहरूको बृहत कटौती गर्दै तरल घाटा बजेट नीतिहरू अँगालिरहेका छन्, जसले उत्पीडित जनताको जीवनलाई थप कष्टकर बनाइदिएको छ । श्रमजीवी तथा मध्यम वर्गीय जनताको वास्तविक मजदुरी घट्तो अवस्थामा छ र बेरोजगारीको स्थिति एकदमै उच्च अवस्थामा पुगेको छ । फलस्वरूप  पुँजीवादी, साम्राज्यवादी मुलुकहरू, खास गरेर युरोपमा मजदुर तथा मध्यम वर्गीय आन्दोलनहरू दिनदिनै तीव्र बनिरहेका छन् ।

साम्राज्यवादी अतिक्रमणकारी युद्धहरूले पश्चिम एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकहरूका करोडौँ जनतालाई शरणार्थीमा परिणत गराइरहेका छन् । तिनीहरू एकदमै  बिजोकको अवस्थामा छन् र कतिपयको मृत्यु पनि भइरहेको छ । यस किसिमको स्थितिका पछाडि निहित साम्राज्यवादी नीतिहरूका विरुद्ध विरोधको व्यापक आन्दोलनका साथै प्रतिरोध सङ्घर्षहरू पनि भइरहेका छन् । राष्ट्रिय आत्मनिर्णयको अधिकारका लागि कुर्द जनताले सशस्त्र सङ्घर्ष चलाइरहेका छन् । प्यालेस्टाइनहरूको राष्ट्रिय स्वाधीनताको्. सङ्घर्ष जुझारु किसिमले निरन्तर जारी छ । दुई दशकदेखि अफगानिस्तानमा चलेको तालिवानी सशस्त्र सङ्घर्षले अमेरिकी साम्राज्यवादमाथि परेको असर देखाइरहेको छ । फिलिपिन्स, टर्की, पेरू र अन्य मुलुकका माओवादी पार्टीहरूले नयाँ जनवादी क्रान्तिको लाइनअनुसार सशस्त्र सङ्घर्षका आन्दोलनहरू चलाइरहेका छन् ।  यस किसिमका थुप्रै आन्दोलनहरूले खास मुलुकका विशाल ग्रामिण क्षेत्रहरूमा जनयुद्धको थालनी गर्न विभिन्न मुलुकका जनतालाई उत्प्रेरित गरिरहेका छन् ।

विश्वबजारलाई बाँडफाँट गर्न र प्राकृतिक स्रोतसाधनमाथि लुटतन्त्र मच्चाउन साम्राज्यवादीहरूबीच व्यापार  सैन्य क्षेत्रमा कुकुरझगडा तीव्र बनिरहेको छ । ब्रेक्सिट सम्बन्धी गतिविधिहरूले  साम्राज्यवादीहरूबीचको अन्तर्विरोधको स्थितिको तीव्रतालाई प्रतिविम्बित गर्छ । आर्थिक क्षेत्रमा भूमण्डलीकरणको ठाउँमा अमेरिकाले अघि सारेको सुरक्षावादी नीतिहरूप्रति अन्य साम्राज्यवादी मुलुकहरूले जोडदार रूपमा विमति जाहेर गरेका छन् । चीन र अमेरिकाबीचको व्यापारयुद्ध एकदमै गम्भीर स्थितिमा पुगेको छ । पश्चिम एसिया र भारत–प्रशान्त क्षेत्रहरू साम्राज्यवादीहरूबीचको अन्तर्विरोधको केन्द्र बनेका छन् । इरान, पश्चिम एसियामा इरान र पूर्वी एसियामा  उत्तर कोरियामा प्रभुत्व कायम गरी विश्वमा आफ्नो प्रभुत्व विस्तार  गर्ने प्रयासमा यी मुलुकहरूलाई रुसी र चिनियाँ साम्राज्यवादीहरूले आडभरोसा दिएपछि  मुलुकहरूबीच तनाव बढ्दो अवस्थामा छ । खासगरेर इरानले अमेरिकाका सामु आत्मसमर्पण नगरी असङ्लग्नताको नीति अँगालेपछि इरानमाथि अमेरिकाले बारम्बार आर्थिक नाकाबन्दी थोपरेको छ  । चिनियाँ सरकारले ल्याएको  ‘प्रत्यार्पण विधेयक’ का विरुद्ध हङ्कङमा जनता जसरी  सरकारी निषेधाज्ञाको उल्लङ्घन गर्दै सडकमा निस्के, यसले पनि साम्राज्यवादीहरूबीचको अन्तर्विरोधलाई नै दर्शाउँछ ।  सारतः विश्वका तीन आधारभूत अन्तर्विरोधहरू यतिखेर तीव्र बनिरहेको  छन् ।

विश्वपुँजीवादी आर्थिक सङ्कटका बीचबाट उठेको सङ्घर्ष क्रान्तिकारी शक्तिहरूको विकासका लागि अनुकूल बनेको छ । साम्राज्यवादी नव–उपनिवेशवादी शोषणका अङ्ग बनेका केही बहु–राष्ट्रिय कम्पनीहरू, जसले विभिन्न मुलुकहरूमा आफ्ना शाखा खोलेका छन्, सर्वहारामाथि निर्मम  शोषण गरेर उच्च नाफा आर्जन गरिहेका छन् । विकसित र अल्पविकसित मुलुकबीचमा पनि प्रतिस्पर्धा बढ्दो रूपमा छ ।  यस किसिमको स्थितिले विश्वका सर्वहाराबीच एकता र संयुक्त सङ्घर्षको आवश्यकतालाई औँल्याउँछ । सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक किसिमले साम्राज्यवाद विरोधी सङ्घर्षलाई अघि बढाउन अहिलेको स्थितिअनुकूल छ र विश्वका सर्वहारा क्रान्तिकारी शक्तिहरूले यसको उपयोग गर्नु जरुरी छ । यी शक्तिहरूले  गम्भीरता र गहनताका साथ मालेमाको सार्वभौम सिद्धान्तको अध्ययन गर्नु पर्छ । उनीहरूले आफ्नो मुलुकको क्रान्तिकारी आन्दोलनको चरित्रको पहिचान र  विश्लेषण गरेर आफ्नो मुलुकको ठोस अवस्थामा सिर्जनात्मक किसिमले मालेमालाई लागु गर्नु पर्छ ।

विश्व पुँजीवादी सङ्कटबाट हाम्रो मुलुक नराम्रो गरी प्रभावित बनेको छ ।  ब्राम्हणवादी हिन्दू फासिवादी मोदी सरकार  दोस्रोपल्ट सत्तामा आएपछि साम्राज्यवादी  स्वार्थनिर्देशित एजेन्डाहरूलाई आक्रामक किसिमले लागु गरिरहेको छ । विदेशी ऋण प्राप्त गर्न तथा विदेशी पुँजी आकर्षित गर्न आर्थिक उदारीकरणको नीतिलाई आँखा चिम्लेर कार्यान्वयन गरिरहेको छ । यस किसिमको नीतिले गर्दा हाम्रो मुलुक बढीभन्दा बढी साम्राज्यवादीहरूमाथि निर्भर भइरहेको छ । दिनानुदिन मुलुकका जनताको भविष्य रसातलतिर गइरहेको छ । व्यापार घाटा बढिरहेको छ र ऋणमा बढी भर पर्नु परेको छ । अनुत्पादक खर्च बढिरहेको छ । बहुराष्ट्रिय कम्पनीहरू कौडीको दरभाउमा मुलुकको प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेका छन् । भ्रष्टाचारले सीमा नाघेको छ । यस किसिमको स्थितिले जनताको सामाजिक तथा आर्थिक स्थिति एकदमै खस्कँदो अवस्थामा पुगेको छ । आर्थिक असमानता विकराल स्थितिमा छ ।  मुलुकका ९ जनाका हातमा रहेको सम्पति मुलुकको तल्लो तहका आधी जनसङ्ख्या बराबर जनताको सम्पति जति छ । मोदी सरकारको आर्थिक नीतिले धनीलाई झन् धनी र गरिबलाई झन गरिब बनाउने दुष्चक्रमा पु¥याएको छ ।

जमिनको स्वामित्वको अभावका कारण भारतजस्तो अर्धऔपनिवेशिक तथा अर्धसामन्ती समाजमा  कृषि श्रमिक र गरिब किसान एकदमै गरिबीको अवस्थामा छन्, बेरोजगारी बढ्दो अवस्थामा छ, वास्तविक मजदुरी घट्दो अवस्थामा छ, दैनिक खर्चमा वृद्धि छ,  गरिबी, भोकमरी, कुपोषण र बिमारीका कारण  समग्र रूपमा सामाजिक र आर्थिक स्थिति एकदमै कमजोर र नाजुक अवस्थामा छ । भूमण्डलीकरणले मुलुकको ग्रामीण–कृषि अर्थतन्त्रलाई सखाप पारिरहेको छ । किसानहरूको अस्तित्व खतराको स्थितिमा छ । आत्महत्याको शृङ्खला जारी छ । बहुराष्ट्रिय कम्पनीहरू तथा तिनका दलालहरूको एकाधिकारमा रहेको कृषि बजारले ‘कर्पोरेट कृषि’ र ‘ठेक्का कृषि’ को विस्तार गरिरहेका छन् । कर्पेरेट क्षेत्रको हितका लागि लाखौँ आदिवासी तथा गैरआदिवासी किसानहरूलाई विस्थापित गरिएको छ । यही नै मोदी सरकारको नयाँ ग्रामीण नीतिको सारतत्व हो ।

हाम्रो पार्टी, आम किसान, क्रान्तिकारी, जनवादी किसान सङ्गठनहरू र किसानका शुभचिन्तकहरूलाई कृषिलाई कहिल्यै उँभो नलाग्ने सङ्कटमा धकेल्ने ‘कर्पोरेट विकास मोडेल’ को भण्डाफोर गर्न र सामन्त विरोधी, साम्राज्यवादी–कर्पोरेट विरोधी सङ्घर्षहरूलाई तीव्र बनाउनका साथै जोताहा खेतिहर किसानलाई जमिनको निशुल्क वितरणका लागि आवाज उठाउन आह्वान गर्दछ ।

साम्राज्यवादीहरूबाट हाम्रो मुलुकमा दुई किसिमले आक्रमण भएका छन् । पहिलो प्रत्यक्ष आक्रमण हो, जुन अन्तर्राष्ट्रिय वित्तीय संस्थाद्वारा विदेशी पुँजीको प्रवेशमार्फत भएको छ । दोस्रो अप्रत्यक्ष आक्रमणहो, जुन साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीसित दलाल नोकरसाही पुँजीपतिहरूको साझेदारीमार्फत भएको छ । दुवै कार्यमा प्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्य मन्त्रीहरू, उच्च सरकारी पदाधिकारीहरू, राजनीतिज्ञहरू, बुद्धिजीवीहरू तथा अन्य क्षेत्रमा एजेन्टहरू, जो चाहिँ भारतीय दलाल साशक वर्ग र उसका अभिन्न अङ्ग छन्, उनीहरूले सबै चाँजोपाँजो मिलाएका हुन्छन् ।

अहिलेको भूमण्डलीकरणको समयमा जनतामाथि चर्को शोषण गर्न र दमनलाई तीव्र बनाउन सरकारमा रहेकाहरू यसबाट अछुतो र उदारीकरणबाट टाढा  रहन सक्तैनन् । अवश्य पनि अहिले यो प्रक्रिया जारी छ । संसद तथा राज्य सभाका सदस्यहरू आदिवासी मुद्दालाई लिएर बोक्रे किसिमले हल्ला गरिरहेका हुन्छन् ।  आफ्नो जनविरोधी चरित्रलाई ढाकछोप गर्न उनीहरूले यसो गर्ने गर्दछन् । वास्तवमा उनीहरूले साम्राज्यवाद र त्यसका दलाल शोषक शासक वर्गका हितमा तदारुकताका साथ विधेयक पास गरिरहेका हुन्छन् ।

न्यायपालिकाले पनि विदेशी दलाल वित्तीय पुँजीका पक्षमा काम गर्ने हतियार बन्दै मजदुर, किसान, साना उद्योगपति, महिला, दलित र आदिवासी र जनहितमा काम गर्ने मानवअधिकारवादीहरूका विरुद्ध  प्रतिक्रियावादी निसाफ गरिरहेको हुन्छन् । यसको अर्थ विधायिकासित सम्बद्ध निकायहरू, प्रशासन र न्यायपालिका सबै तीनवटा निकाय जोडदार रूपमा साम्राज्यवादीहरू तथा दलाल शासक वर्गका हितमा काम गरिहेका छन् भन्ने हो ।

दोस्रोपल्ट सरकारमा आएपछिको पहिलो बजेटको घोषणामा मोदी सरकारले सन् २०२५ सम्ममा ५ लाख करोड डलरसहितको विश्वको तेस्रो सबैभन्दा उच्च आय भएको मुलुक बनाउने घोषणा गरेको थियो । उसले ८ प्रतिसत जिडिपी दर बढाउने भनेर जनतालाई ठगिरहेको छ ।  बजेटले करमा बढोत्तरी गरेर जनताको ढाड सेकेको छ र ‘मेक इन इन्डिया’ का नाममा बहुराष्ट्रिय कम्पनी र ठूला पुँजीपतिहरूको मारमा जनतालाई पारिरहेको छ । यसले जनतालाई गरिबी,  भोकमरी, बेरोजगारी, आत्महत्या र औषधीउपचारबिनाको मृत्युबाट मुक्त गर्न सक्ने स्थिति छैन । बजेटमा कुपोषणाबाट हुने बालबच्चाको मृत्युसित सम्बद्ध समस्या समाधान गर्ने कुनै पनि योजना छैन । मोदीको पहिलो शासनकालमा किसान समस्या हल गर्नै किसानको आम्दानी दोब्र बढाउने भनेर गरिएको घोषणा फोस्रो गफमै सीमित भयो ।  ‘किसान सम्मान योजना’ लगानीकर्तासित भीख माग्ने कार्यमा परिणत भयो । महिला, दलित, आदिवासी र मुस्लिम जस्ता उत्पीडित क्षेत्रका जनताका समस्या हल गर्न बजेटले कुनै पनि समाधान योजना दिन सकेको छैन । मोदी सरकारले ५०० करोड सम्पतिवालालाई २ पैसा प्रति  रुपिया कर लगगाएको छ भने १००० करोड हुनेलाई ३ पैसा प्रति रुपिया कर लगाएको छ । अर्कातिर केन्द्र सरकारले आफ्नो प्रभुत्वकारी उद्देश्य पूरा गर्न क्रान्तिकारी आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन र जनवादी आन्दोलनलाई दबाउन सैन्य बजेटमा ठूलो बढोत्तरी गरेको छ । सरकारले शिक्षा, स्वास्थ्य र अन्य जनकल्याणकारी  सेवामूलक योजनाहरूमा सामान्य बजेट छुट्याएको छ ।  नोकरसाही शासनसंयन्त्रमा तल गाउँ तहदेखि माथि केन्द्रसम्म भ्रष्टाचारले सीमा नाघेको छ । वास्तवमा जनसामान्य जेजति रोजगारीमा छन्, ती पनि अर्ध रोजगारजस्ता छन् । बेरोजगारी उच्च्च बिन्दुमा पुगेको छ ।
मजदुर, किसान र मध्यम वर्गीय जनसामान्यको आम्दानीको वास्तविक मूल्य घट्दो अवस्थामा छ । साथसाथै उत्पादनमा आएको ह्रासका कारण उपभोग्य वस्तुको अभाव छ र अत्यवश्यक सेवाका वस्तुमा समेत बजेट कटौती गरिएको छ । गरिबीको बढ्दो मार, रोगव्याधी र स्वास्थोपचारको समस्या, सरकारी स्कूलहरू बन्द हुँदै जानु, वातावरणको विनास हुनु, आवश्यक पानीको समस्या  र बिजुलीमा समेत कटौती हुनुको  कारण जनताको जीवनस्तर घट्तो अवस्थामा छ र सहरी आधारभूत भौतिकपूर्वाधार सुविधासमेत प्रभावित भएको छ । साम्राज्यवादीहरू तथा तिनीहरू सम्बद्ध ठूला दलाल–सामन्त प्रतिनिधिहरू विभिन्न किसिमले वातावरणको विनास गरिरहेका छन् । जङ्गल विनाशको मात्रा एकदमै बढ्तै गएको छ । बाढीको बढ्दो प्रकोप, अनिकाल, पहिरो, जमिनसतहबाट पानीको घट्तो मात्रा, जैविक विविधताको घट्तो स्थिति, नदीमा पानी सुक्तै जानुजस्तो अवस्थाले जनताको जीवनलाई व्यापक मात्रामा कष्टकर र विनाशको स्थितिमा पु¥याएको छ ।

दोस्रोपल्ट सत्तामा आएपछि ब्राम्हणवादी–हिन्दूवादी फासिवादी मोदी सरकारको मुख्य एजेन्डा मुलुकमा ‘ब्राम्हणवादी हिन्दू राज्य’,  एउटा फासिवादी राज्यको स्थापनाको उद्देश्य पूरा गर्न साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीहरू, दलाल नोकरसाही पुँजीपतिहरू र मुलुकका जमिनदारहरूको स्वार्थको सेवा गर्नु रहेको छ । ‘एक भारत’, ‘श्रेष्ट भारत’, नयाँ भारतका नाममा  ‘हिन्दू राज्य’ निर्माण गर्ने योजना पूर्ण रूपमा मुलकका उत्पीडित वर्गहरू, उत्पीडित क्षेत्र, उत्पीडित जातजातिहरूको हित विरुद्ध छ । हाम्रो आन्दोलनसित गाँसिएका क्षेत्रहरूमा सरकारी सशस्त्र फौजको निर्मम आक्रमण छ भने आदिवासी क्षेत्रका जनतालगायत, मुसलमानहरू, दलितहरू, महिलाहरूमाथि ब्राम्हणवादी फासिवादी आक्रमणहरू भइरहेका छन् ।

मोदी सरकार सत्तामा आएको दुई महिनादेखि नै कास्मिर तथा उत्तरपूर्वका उत्पीडित जातिहरूमाथि भीषण आक्रमण भइरहेका छन् । संसदमा समेत ‘जय श्रीराम’ को नारा लाग्छन् । देखादेखी मुसलमानहरूको अपमान गरिन्छ र भीड आक्रमणद्वारा उनीहरूलाई जबर्जस्ती ‘जय श्रीराम’ र ‘भारत माता कि जय’ भनाउन मरणासन्न हुने गरी कुटिन्छ ‘भीड आक्रमण (मोब लिन्चिङ) द्वारा हत्यासमेत गरिन्छ । ‘गोरक्षा’ (गाईको रक्षा) का नाममा मुसलमान, दलित र आदिवासी जनताको हत्या गरिन्छ, तल्लो जातका नाममा दलित र आदिवासी जनताको अपमान र बेइज्जत गरिन्छ, जिउँदै जलाइन्छ, आत्महत्या गर्न बाध्य बनाइन्छ र हत्यार जमातको  आदेश नमान्ने तथा उनीहरूले भने अनुसार नगर्ने सरकारी अधिकारीकारीमाथि समेत आक्रमण गर्ने काम ‘नयाँ मनु’ शासनमा सामान्य भएको छ ।

सरकारी सशस्त्र फौज कास्मिर र उत्तरपूर्वका जनतामाथि युद्ध थोपरिरहेका छन् । मोदी सरकारले नागरिकतासम्बन्धी अधिनियम बनाएर आसामका लाखभन्दा बढी जनतालाई असुरक्षाको स्थितिमा पु¥याएको छ । हजारौँलाई  यातनागृहका झैँ जेलमा कोचरेको छ र यसमध्ये ५० जनाले आत्महत्यासमेत गरेका छन् । सरकारी सशस्त्र बलको सहयोग लिएर हिन्दू फासिवादी जमातले उत्तरपूर्वी भारतका जनतामाथिको आक्रमणमा वृद्धि गरिरहेको छ ।  फासिवादी कानुनहरू ‘युएपिए’र्, एफएसपिए’  ‘टाडा’ भन्दा बढी निर्मम प्रवृत्तिमा फेरिएका छन् । आतङ्कवादको अन्त्य गर्ने नाममा मोदी सरकारले ‘एनआइए संशोधन बिल–२०१९’ ल्याएको छ र राज्यआतङ्कका विरुद्ध जनताको सङ्घर्ष, क्रान्तिकारी, जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनहरूप्रति अन्तर्राष्ट्रिय समर्थनलाई दमन गर्न  ‘युएपिए संशोधन बिल–२०१९’ ल्याएको छ । यसले केन्द्र र राज्यका मानवाधिकार कमिसनहरूमा ब्राम्हणवादी हिन्दूवादी धार्मिक पाखण्डीहरूले भर्न  र सामान्य मानवाधिकारबाट उत्पीडित वर्गहरू, उत्पीडित क्षेत्र र जातजातिहरूलाई वञ्चित गरेर दमन गर्न ‘मानवअधिकार सुरक्षा संशोधन बिल–२०१९’ अघि सारेको छ ।  ‘मानवअधिकार सुरक्षा संशोधन बिल–२०१९’ ले आम जनता तथा जनवादी शक्तिहरूले सङ्घर्षद्वारा हासिल गरेको ‘ सूचनाको हक सम्बन्धी विधेयक–२०१५’ लाई निलम्बन गरेको छ । यस किसिमका नोकरसाही विधेयकद्वारा मुलुकभरि फासिवादको अभ्यास गर्न फासिवादी सरकारले आधार तयार पारिरहेको छ ।
 हिन्दू फासिवादी गुटले मुलुकलाई प्रतिपक्षविहनि बनाउन अनेक जालझेल र षड्यन्त्र गरिरहेको छ । पार्टी परिवर्तनका नियमलाई बेवास्ता गर्दै यसले विभिन्न राज्यका एमएलएहरू र लोकसभा र राज्यसभाका एमपीहरू खरिद गरिरहेको छ । उनीहरूलाई धम्की दिइने गरिन्छ । यस किसिमको फासिवादी कुकृत्यका विरुद्ध मुलुकभरि दिनानुदिन प्रतिरोधको स्थितिमा वृद्धि भइरहेको छ । यसलाई अझ बढी एकताबद्ध, जुझारु र रचनात्मक तरिकाले विकास गर्नु आवश्यक छ ।

केन्द्र र राज्य सरकारहरू (जुनसुकै शक्ति राज्यमा किन सरकारमा नहोस्)  ले हाम्रो आन्दोलन घनीभूत भएका क्षेत्रहरूमा विशेष सुरक्षा नीति अँगालेर ६ लाख प्रहरी, अर्धसैनिक र कमान्डो फोर्सको तैनाथी गरेका छन् । यी शक्तिहरू जनतामाथि अन्धाधुन्ध गोली चलाउँछन्, जनताको हत्या गर्छन्, बमले उडाउँछन् र आम नरसंहार गर्छन् ।  ठूलो सङ्ख्यामा गिरफ्तारी गर्छन्, यातना दिन्छन्, नक्कली मुठभेडमार्फत हत्या गर्छन्, महिलामाथि बलात्कार गरेर हत्या गर्छन् र हत्यापछि पनि अपमानपूर्ण व्यवहार देखाउँछन् । तिनीहरू छापामार आधारक्षेत्र विध्वंश पार्छन्,  आन्दोलनका खासखास क्षेत्रमा जनछापामार सेनामाथि खोजबिन र ध्वंशको अपरेसन चलाउँछन् र त्यस क्षेत्रबाट बलजफ्ती जनतालाई विस्थापित गर्छन् । दमन र सखापको युद्ध नीतिलाई अभियानकै रूपमा लिएर देशव्यापी रूपमा  क्रान्तिकारी शक्तिहरू, पार्टी, जनछापामार सेना र संयुक्त मोर्चालाई सखाप पार्न उनीहरूले व्यापक मात्रामा बहुआयामिक आक्रमण गरिरहेका छन् । यसैका एउटा अङ्गका रूपमा उनीहरूले  पूराका पूरा मनोवैज्ञानिक युद्ध कार्यनीति लागू गरिरहेका छन् । उनीहरू नक्सलवादीहरू हिंसावादी, विकासविरोधी, गद्दार, जनद्रोही हुन् र उनीहरू आदिवासी र दलितहरूको हत्या गर्छन् भनेर अनेक फत्तुर लगाउँदै व्यापक मात्रामा नकारात्मक प्रचारप्रसार गर्ने गर्छन् ।

उनीहरू आत्मसमर्पणको नीति लागु गर्छन्, आत्मसमर्पण गरेका कार्यकर्ताहरूलाई क्रान्ति विरोधी बनाउँछन्, ‘पुनस्र्थापना सुधार’ नीति अँगाल्छन् र गद्दारहरूलाई  प्रहरी, अर्धसैनिक बल र कमान्डो विशेष दस्तामा भर्ना गरेर जनता विरुद्धका काममा प्रयोग गर्छन् । फासिवादी सत्ताद्वारा चलाइने गरेका सैन्य अपरेसनका कारण सर्वसाधारण जनताले समेत अथाह कष्ट सहनु परेको छ । यसबाट दुस्मनको आक्रामणकारी कार्यनीतिको  जानकारी मात्र नभएर उसमा बढ्दो निरासाको जानकारी पाउन सकिन्छ । हाम्रो जनमुक्ति छापामार सेना, विभिन्न क्रान्तिकारी जनसङ्गठनहरू, क्रान्तिकारी जनसत्ताका अङ्गउपाङ्गहरू,  जनताका दुस्मनका यस किसिमका हर्कतहरूप्रति सचेत र सतर्क हुँदै सैद्धान्तिक, राजनीतिक, सैन्य, सङ्गठनात्मक र सांस्कृतिक पक्षमा थप दृढ र इमानदारीका साथ गोलबद्ध र जागरुक भएर प्रत्याक्रमणका लागि आफूलाई तयार राख्नुपर्छ ।
.................................................................................

अन्त्यमा अपिललाई यसरी टुङ्ग्याइएको छ :

प्रिय कमरेडहरू तथा जनसमुदाय
 
हाम्रो पार्टीको ५० वर्षको इतिहासले हाम्रो लाइन सही छ भन्ने कुरा साबित गरेको छ । यो लामो अवधिमा हाम्रो पार्टीले  थुप्रै आरोह अवरोह,  घुम्ती र मोडहरूको सामना गरेर अमूल्य अनुभव आर्जन ग¥यो र पार्टी लाइनलाई समृद्ध बनायो । यस प्रक्रियामा हाम्रो पार्टी इस्पातिलो भएको छ । दुस्मनको आक्रमणबाट आन्दोलन र पार्टीमा भएका थुप्रै नोक्सानीहरू धक्काहरू, अनुभवको अभाव, गल्तीहरूका साथै दक्षिणपन्थी र वामपन्थी रुझानहरू हाम्रो पार्टीले व्यहोरेको छ  तापनि यी भनेका अस्थायी कुराहरू हुन् । हामी पार्टीको लाइनप्रति प्रतिबद्ध भएर पार्टी र जनताप्रति विश्वस्त छौँ भने क्रान्तिकारी आन्दोलनमा देखिएका  कठिन परिस्थितिलाई परास्त गर्दै अवश्य पनि आन्दोलनलाई अगाडि बढाउन सक्षम हुन्छौँ । हामीसित भएको विशाल अनुभवले हामीलाई यसो गर्न बल प्रदान गर्नेछ । उच्च क्रान्तिकारी अनुभवका साथ क्रान्तिका तीन जादुगरी हतियारलाई मजबुत बनाउँदै  दृढताका साथ अगाडि बढौँ ! क्रान्तिका लागि घरेलु तथा अन्तर्राष्ट्रिय  अनुकूल स्थितिको समग्र उपयोगका लागि पहकदमी लिऔँ ! विश्वभरिका साम्राज्यवादीहरू तथा प्रतिक्रियावादीहरूलाई निमिट्यान्न पार्न सर्वहारा क्रान्तिकारी शक्तिहरू, उत्पीडित जातजातिहरू र उत्पीडित जनता  एकताबद्ध भएर सङ्घर्षलाई गतिका साथ अगाडि बढाउने कार्यलाई सफलताका साथ सम्पन्न गरौँ ! उत्पीडित वर्गहरू, उत्पििडत जातजाति र क्षेत्रका जनताको मुक्तिको बाटोमा नेतृत्व गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै अन्ततः समाजवाद–साम्यवादको स्थापनाका लागि अघि बढौँ । हाम्रो पार्टीको नेतृत्वमा लाखौँ करोडौँ उत्पीडित जनतालाई जनयुद्धमा लामबद्ध गरौँ र जनयुद्धलाई देशैभरि विस्तार गरौँ ! हाम्रा लक्ष्यहरू हासिल गर्न पार्टीलाई सैद्धान्तिक, राजनीतिक, सैन्य र सङ्गठनात्मक किसिमले मजबुत बनाऔँ ! पार्टीको ५० औँ वर्षगाँठका अवसरमा आउँदा वर्षहरूमा हाम्रो पार्टीको  शक्तिमा थप वृद्धि गर्दै विजयको दिशातर्फ अग्रसर गराऔँ ! हाम्रो मुलुकका ब्राम्हणवादी फासिवादीहरू लगायत  सबै प्रतिक्रियावादीहरू र फासिवादीहरू कागजी बाघ हुन्, उनीहरूको पतन निश्चित छ जनताले  अन्तिम विजय हासिल गर्ने छन् भन्ने सत्यलाई साबित गरौँ ।

•    मजदुर, किसान, विद्यार्थी र बुद्धिजीवीहरूको एकता  जिन्दावाद !
•    पार्टी, जनमुक्ति छापामार सेना र संयुक्त मोर्चा : जिन्दावाद !
•    माक्सर्वाद–लेनिनवाद–माओवाद : जिन्दावाद !
•    भारतीय कम्युनिस्ट पार्टी (माओवादी) : जिन्दावाद !
•    नयाँ जनवादी क्रान्ति : जिन्दावाद !
•    विश्व समाजवादी क्रान्ति :  जिन्दावाद !
भिडियो फिचरview all