menu

ताजा समाचार

अन्ततः बलात्कारी महरा पक्राउ

नेपालको कम्युनिस्ट आन्दोलनमा सारै थोरै लगानी गरेका र रौल्पाली हुनु र प्रचण्डको आर्थिक हिस्सेदार हुनुको नाताले माओवादी जनयुद्धमा उच्च हैसियत बनाएर सुखसुविधा र मोजमस्तीको जीवन बिताइरहेका कृष्णबहादुर महरा अन्ततः बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

पदीय हैसियत, सत्ता र शक्तिको आडमा आर्थिक ब्रम्हलुटदेखि नैतिक पतनसम्मको स्थितिलाई  ढाकछोप गर्दै आएका महरा सम्बद्ध प्रकरण अचानक देखा परेजस्तो लागे पनि यो भित्रभित्रै भुसको आगोजसरी एक दशकअघि देखि सल्किरहेको थियो । सञ्चारमन्त्री रहँदादेखिको यो प्रकरणले सत्ता र शक्तिको आडमा माथिल्लो तहका नेताहरू कस्ताकस्ता अपराध गर्दा रहेछन् भन्ने कुरा खुलेको छ । कतिपयले यसलाई माओवादी आन्दोलनसित जोडेर बदनाम गर्न खोजे पनि यो महराको नितान्त निजी कुकार्य हो र महराजस्ताहरूलाई अगाडि बढाउनेहरूको बढीभन्दा बढी भण्डाफोर गर्नु नै आन्दोलनको हितमा हुन्छ । महरा प्रकरणको भागिदार प्रचण्ड एन्ड कम्पनि पनि हो ।

महरा प्रकरणले महरालाई रातारात सामान्य पात्रबाट उच्च नेता,  रोल्पाली अगुवा नेता बनाउने प्रचण्डजस्तान पाखण्डीहरूको पनि भण्डाफोर भएको छ । रोल्पाको नाममा कस्ताकस्ता मान्छेलाई उनले आन्दोलनमा अगाडि बढाएका रहेछन् भन्ने कुरा पनि  कार्यकर्ताहरूबीच टिप्पणीको विषय बनेको छ । प्रचण्ड, किरण र विप्लब सबैसित सम्बन्ध बनाएर फाइदा लिन माहिर महराको पतन यसरी हुनु आवश्यक थियो र भयो पनि ।

सुमार्गी सम्बन्ध र प्रचण्डको आर्थिक भ्रष्टाचारको अंशियार बनेका उनको नैतिक पक्ष मात्र नभई आर्थिक पक्षमा पनि खोतलखातल गर्नु आवश्यक छ भनेर चौतर्फी आवाज उठेको छ । काठमाडौँमा मात्रै  तीनचारवटा बङ्ला ठड्याएका भनेर कार्यकर्ताबीच हिजोकै दिनमा टिप्पणी उठेको सन्दर्भमा अहिले महरासम्बद्ध पार्टीका कार्यकर्ताहरूले समेत उनको सम्पतिको छानबिन हुनुपर्छ भनेर आवाज उठाइरहेका छन् ।

पार्टीभित्र गुट बनाएर पद र सुविधाको बार्गेनिङ गर्दै आएका महरा पक्षधर केहीले महराप्रति सहानुभूति देखाए पनि आम जनमानस र माओवादी आन्दोलनसम्बद्ध इमानदार  कार्यकर्ताहरूले भने सिङ्गो आन्दोलनलाई बदनाम पार्ने महरा र महराजस्ताहरूमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।






भिडियो फिचरview all