menu

ताजा समाचार

सत्ताधारीहरूलाई चुनौती दिँदै चिनियाँ क्रान्तिकारीहरूले ‘माओवादी' नामको वेबसाइट आरम्भ गरे

वतर्मान चिनियाँ सत्ताधारी पार्टीले अँगालेको सिद्धान्त र व्यवहारका आधारमा विश्वभरिका क्रान्तिकारीहरूले वर्तमान चीनलाई सामाजिक साम्राज्यवादी चीन भनेर घोषणा गरेका छन् । माओलाई विस्थापित गरेर आफूलाई अहिलेको नयाँ माओको रूपमा प्रस्तुत गर्न खोज्ने सि जिपिङको पाखण्डपनको पनि चीनलगायत विश्वभरिका क्रान्तिकारीहरूले तीव्र निन्दा गरेका छन् ।

चीनमा प्रतिक्रान्ति भएपछि भएका सङ्घर्षका विविध घटनाहरूका सन्दर्भमा माओवादका पक्षधर चिनियाँ क्रान्तिकारीहरूले सन् २००८ मा चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेर आफ्ना गतिविधि बढाइरहेका छन् ।  पछिल्लो समयमा चिनियाँ माओवादी क्रान्तिकारीहरूले माओवादको प्रचारसँगै अन्तर्राष्ट्रिय क्षेत्रसितको सम्बन्ध विस्तारमा जोड दिइरहेका छन् । युवाहरू, त्यसमा पनि विद्यार्थी तथा मजदुर क्षेत्रमा बढी क्रियाशील माओवादी पार्टीका गतिविधिहरूमाथि सि सरकारले प्रतिबन्ध लगाउनुका साथै यसका १ दर्जन जति कार्यकर्ता तथा नेताहरूलाई मुद्धा लगाएको छ र तीमध्ये कतिपयलाई जेलमा समेत राखिएको छ ।

सन् २०११ देखि खास गरेर बो सिलाई प्रकरणपछि चिनियाँ सत्ताधारीहरूले माओवादी प्रकाशनमाथि प्रतिबन्ध लगाएका छन् र वेबसाइटहरू बन्द गरेका छन् । विभिन्न किसिमले खास गरेर वाह्य स्रोतमार्फत आफ्ना समाचार बाहिर ल्याइरहेकोमा  अहिले फेरि माओवादी क्रान्तिकारीहरूले  माओझुयी   नामको वेबसाइट सञ्चालनमा ल्याएका छन् । माओझुयीको   अर्थ हुन्छ  माओवादी र यो वेबसाइटमा भारत तथा विश्वका माओवादी आन्दोलनसित सम्बद्ध महत्वपूर्ण दस्ताबेजहरू चिनियाँ भाषामा अनुवाद गरेर राखिएका छन् ।

यसमा नेपालको जनयुझ सम्बन्धी फेाटा र सामग्री पनि राखिएको छ ।

स्रोत  न्युइपोमिडिया
भिडियो फिचरview all