menu

ताजा समाचार

अन्ततः प्रचण्डका व्यापारिक हिस्सेदारले राजिनामा दिए

नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि माओवादी आन्दोलनमा सारै थोरै लगानी गरेर धेरै पद, सुखसुविधा  र आनन्द भोग गर्ने कृष्णबहादुर महराले अन्ततः राजिनामा दिएका छन् . सुविधाको पद नभई एक छिन पनि बस्न नसक्ने महराले जनयुद्धभरि भारतीयहरूको नजिक रहेर काम गरेका थिए ।   शान्तिप्रक्रियापछि  चिनियाँहरूको नजिक पुगे पनि उनको दोहारो भूमिकाका कारण पछि चीनले पनि  उनलाई विश्वास गर्न छाडेको थियो । पार्टीमा अवसरवादको अर्को नाम महरा भनेर चिनिने उनले पार्टीको खरिपाटी र पालुङ्टार बैठकमा पनि अवसरवादी भूमिका खेलेका थिए । रोल्पाली हुनुको नाममा सबै पद र सुविधा भोग गरेका महरा आर्थिक दृष्टिले पनि भ्रष्ट पात्र मानिन्छन् ।

युद्धकालदेखि नै पार्टीको हिसाबकिताबको जिम्मा पाएका महरालाई पार्टीमा प्रचण्डका व्यापारिक साझेदार भन्ने गरिन्छ । खास गरेर अजय सुमार्गीसितको व्यापारिक सम्बन्ध विस्तार गर्न र क्यान्टन्मेन्टको अरबौँको हिसाबकिताब मिलाएर हजम गर्ने प्रचण्डको योजनाको हिस्सेदारका रूपमा महराको नाम लिइन्छ । सुनकाण्डदेखि यार्साकाण्ड र विराटनगर जुटमिलकाण्डसित समेत नाम जोडिएका महराले असोज १२ गते आइतबार राती रोल्पाकै एकजना महिलालाई उनको कोठामै गएर बलात्कार गरेको भनेर सम्बद्ध महिलाबाट घटना बाहिरिएपछि उनीमाथि चौतर्फी दबाब परेको थियो .

महराप्रकरण पदीय आचरण र मर्यादाका दृष्टिले अत्यन्तै संवेदनशील घटना भएकोले महराको राजनीतिक भविष्य सङ्कटमा पर्नु स्वाभाविक छ र यसले प्रचण्डलाई समेत नैतिक सङ्कटमा पार्नु स्वाभाविक छ ।
भिडियो फिचरview all