menu

ताजा समाचार

क्रान्तिकारी प्रकाशनमा नयाँ आयाम : विकल्प

डा. ऋषिराज  बरालको  सम्पादनमा  प्रकाशित  विकल्प को नयाँ अङ्क यस्तो  छ :
यो अङ्क विशेषअङ्कका रूपमा रहेको छ l पहिलो खण्डमा  विश्वकम्युनिस्ट आन्दोलनसम्बन्धी रचनाहरू छन् र दोस्रो खण्डमा साहित्यिक रचनाहरू छन् l पेरिस कम्युनदेखि यताको समग्र इतिहास अबको कम्युनिस्ट आन्दोलनका लागि काम लाग्दैन भनेर आरसीपी अमेरिकाका नेता बब अभाकियनले भनेका र नेपालमा पनि आफूलाई खाँटी क्रान्तिकारी भन्नेहरूमा नेपालका अभाकियन बन्ने होडबाजी  देखिनथालेको अवस्थामा हामीले यो अङ्क 'पेरिस कम्युनदेखि वर्तमानसम्म' नाम दिएर विशेष अङ्कका रूपमा प्रकाशित  छ l राजनीतिक खण्डमा, अहिलेसम्म नेपालीमा उपलब्ध नभएका रचना अनुवाद गरी प्रकाशित गरिएको छ l यसअन्तर्गत पेरिस कम्युन, मार्क्स-एंगेल्सका चिठीहरू, चिनियाँ सांस्कृतिक क्रान्तिसम्बन्धी अति रोचक आलेख-'संघाईमा पेरिस कम्युन', नक्सलवाडी आन्दोलनसम्बन्धी विशेष रचनाका साथै अभाकियनवाद विरुद्ध भाकपा (माओवादी) का नेता कमरेड अजिथका दुई रचना समाविष्ट छन् l राजनीतिक खण्डमा  " 'पहिचानवाद' मा फसेको नेपालको माओवादी आन्दोलन' शीर्षक विशेष रचना पनि समाविष्ट छ  l
त्यसैगरी साहित्यिक खण्डमा वरिष्ठ सामलोचक चैतन्य, ऋषिराज बराल, अफ्रिकी मार्क्सवादी चिन्तक  एन. थ्योंगो, ल्याटिन अमेरिकी लेखक एदुवार्दो गालिनो, डा. नन्दीश अधिकारी, डा. भगवान चन्द्र ज्ञवाली, खेम थपलिया, भारतीय प्रतिभा अजय खड्का लगायतका रचनाहरू छन् l साथै  यस अन्तर्गत महाश्वेता  देवीको अन्तर्वार्ता पनि समाविष्ट छ l  माओवादी आन्दोलनसित गाँसिएका कथित प्राडाहरू कसरी मार्क्सवादी समालोचनाको भ्रष्टीकरण गरिरहेका छन् र पुच्छरवादी प्रवृत्तिका कारण सांस्कृतिक आन्दोलन कसरी विसर्जनको दिशातर्फ प्रवृत्त  हुँदै छ भन्ने चिन्ता र चिन्तन साहित्यिक खण्डको विशेषता हो l
०००

भिडियो फिचरview all