menu

ताजा समाचार

१५औं स्थापनादिवस मनाउँदै भाकपा(माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सेप्टेम्बर २१लाई पार्टी स्थापना दिनका रूपमा लिएर हरेक वर्ष विशेष कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउने गरेको छ । सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी केन्द्र, भारतबीच पार्टी एकताका लागि भारतीय कम्युनिस्ट पार्टी (माले) 'पिपुल्स वार' का तर्फबाट महासचिव कमरेड गणपति र माओवादी केन्द्र, भारतका  तर्फबाट कमरेड किसनले संयुक्त वक्तव्य जारी गरेर एकताको प्रक्रिया अघि बढाएका थिए  । एकता महाधिवेसनले पार्टीको नाम भारतीय कम्युनिस्ट पार्टी (माओवादी) राखिएको थियो ।
 
पछि सन् २०१४ मा कमरेड के. मुरलिधरन ‘अजिथ’ को नेतृत्वमा रहेको भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबारीसित एकता भएको । थियो । पार्टीको केन्द्रीय समितिले कमजोर स्वास्थ्य भएका र  वृद्धअवस्थामा पुगेका कमरेडहरूलाई स्वइच्छाले पार्टीको माथिल्लो जिम्मेवारी त्यागेर अन्य जिम्मेवारी लिन आह्वान गरेपछि पार्टी निर्णयको स्पिरिटलाई आफैँबाट लागु गर्न लामो अवधिसम्म मूल नेतृत्वमा रहेका कमरेड गणपतिले कमरेड बसभराजलाई नेतृत्व हस्तान्तरण गर्नु भएको थियो ।
 
भाकपा (माओवादी) ले सेप्टेम्बर २१ देखि  अक्टुबर ८ सम्म स्थापना दिवस मनाउने निर्णय गरेअनुसार विभिन्न ठाउँमा भेला, प्रशिक्षण र सभाको आयोजना गरेको छ । पछिल्लो चरणमा पार्टीले सहरी क्षेत्रमा प्रचारात्मक आन्दोलनमा जोड दिएको छ र आधारइलाकाहरूमा जनसत्ता सुदृढीकरणमा जोड दिएको छ । त्यसै गरी पहिले आफ्नो पकड रहेको र पछि विभिन्न कारणले कमजोर भएको स्थानलाई नयाँ किसिमले अघि बढाउने उद्देश्य राख्नुका साथै जनमुक्ति छापामार सेनाको सङ्ख्यामा वृद्धि गर्न बढीभन्दा बढी युवाहरूलाई पार्टीमा आकर्षित गर्ने योजना बनाएको छ ।

पार्टीले कास्मिरमा मोदो फसिवादले गरेको दमन र हत्याको निन्दा गर्दै संघर्षरत कास्मिरी जनताको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
भिडियो फिचरview all