menu

ताजा समाचार

कास्मिरी जनताको स्वतन्त्रताका लागि नेपाललगायत विश्वका ९ विद्यार्थी सङ्गठनको आव्हान

हालै नेपाललगायत विश्वका ९ युवा सङ्गठनहरू मूलतः विद्यार्थी सङ्गठनहरूले हालै भारतीय विस्तारवादले जम्मु-कासिमरमाथि गरेको हस्तक्षेपको विरोध गर्दै उसलाई पूर्ण स्वन्त्रत्रता प्रदान गरिनु पर्छ भन्ने मागका साथ विश्वव्यापी अभियान चलाउन आव्हान गरेका छन्

यसरी माग गर्नेहरूमा अनेरास्ववियु (क्रान्तिकारी) का चिरञ्जीवी ढकाल, फिलिपिनो विद्यार्थी लिगका प्रवक्ता कारा लेनिना, बङ्गलादेश क्रान्तिकारी विद्यार्थी–युवा अभियानका अध्यक्ष अतिफ अनिक, छात्र गणमञ्च बङ्गलादेशका महासचिव नुर सुमोन, सोस्लिस्ट विद्यार्थी युनियन मणिपुरका महासचिव भुषण लोङजाम, चिनिया राज्यका क्रान्तिकारी युवाहरूका प्रतिनिधि लिउ याङ, जनवादी विद्यार्थी सङ्घ केरला भारतका राज्य सेक्रेटरी विष्णु, “सङ्घर्ष र आलोचना” सम्बन्धी युवा अध्ययन समूह स्विटजरल्यान्डका प्रतिनिधि हान्ना गोन्जालेज र “क्रान्तिकारी युवाहरू” फ्रेन्च राज्यका प्रतिनिधि थोमस रहेका छन् ।

उनीहरूद्वारा जारी वक्तव्यमा भनिएको छ :

हालै भारतीय संसदले धारा ७० वर्षदेखि कास्मिरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेर नरेन्द्र मोदीले कास्मिरी जनताले चलाउँदै आएको स्वतन्त्रताको को आन्दोलनलाई निस्तेज तुल्याउन खोजेका  छन् । कास्मिरमा  यस किसिमको अवस्था आउनुमा  भारत, पाकिस्तान र चीन यस क्षेत्रका  प्रमुख शक्तिहरू नै प्रमुख जिम्मेवार छन् भन्ने कुरा सबैले भन्दै आएको कुरा हो । असली  स्वतन्त्रता  प्राप्त  गर्नका लागि कास्मिरले यिनको चङ्गुलबाट मुक्त हुनु आवश्यक छ ।

कास्मिरमा अहिले  जेजस्तो राजनीतिक स्थिति उत्पन्न गरिएको छ, त्यसबाट त्यहाँका जनतामाथि  नियन्त्रण र दमनका भयानक प्रक्रियाहरू जारी छन् भन्ने कुरा सहजै बोध गर्न सकिन्छ ।मोदी सरकारको  घोषणसँगै थुप्रै कास्मिरीहरूमाथि धरपकड भएको छ र थुप्रैको हत्या गरिएको छ । यसले भारतीय सत्ताको नाङ्गो चरित्र  विशवका सामु उजागर भएको छ । खासगरेर कास्मिर विश्वबाट अलगथलग भएको छ । मोबाइल लगायत सबै सम्बन्ध माध्यमहरू बन्द गरिएको छ । कास्मिरले यतिखेर खाद्य सङ्कट ब्यहोरिरहेको छ । हामी भारतीय सरकारको यस किसिमको नृशंस दमनको विरोध गर्दछौँ ।

 ...मोदी सरकारले त्यहाँ जति दमन गर्छ, उति उनीहरूले त्यहाँका बहादुर जनताबाट घृणा मात्र प्राप्त गर्ने छन् । स्वतन्त्रताका लागि सङ्घर्षरत कास्मिरी जनतालाई अमित साहले पाकिस्तानी एजेन्ट भनेका छन् । हामी यस किसिमको भनाइको निन्दा गर्दछौँ । हामी कास्मिरी स्वतन्त्रा सेनानीप्रति नरेन्द्रमोदी र उसको सरकारले अँगालेको दमनको नीतिको निन्दा तथा भ्रत्र्सना गर्दछौँ । एक दिन यस्तो पनि आउने छ, जतिबेर कास्मिर स्वतन्त्रको झण्डा कास्मिरको आकाशमा कास्मिरी जनताले फहराउने छन् ।

मोदी सरकारको यस किसिमको  कुकृत्यलाई लिएर थुप्रै सङ्गठनहरूले विरोध गर्दै कास्मिरका जनताका पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । स्वतन्त्र कास्मिरका लागि हामी मोदी बिजेपी-हिन्दू फासिवादका विरुद्ध विश्वभरिका मजदुर, किसान र उत्पीडित जनताका तर्फबाट सशक्त संयुक्त आन्दोलनलाई अघि बढाउन आह्वान गर्छौँ । कास्मिरको आफ्नो मामिलामा निर्णय गर्ने अधिकार कास्मिरी जनतालाई मात्र छ भनेर हामी घोषणा गछौँ ।

 




भिडियो फिचरview all