menu

ताजा समाचार

मार्क्सवादी साहित्यकार थपलियाको रिहाइको माग

मार्क्सवादी समालोचक, नाटककार तथा पत्रकारका रूपमा क्रियाशील खेम थपलियालाई आज 'प्रगतिशील लेखक सङ्घ'को कार्यालसँगै रहेको उनी सम्बद्ध 'जलजला' पत्रिकाको कार्यालयबाट पक्राउ गरिएको कुरा समाचार माध्यमहरूले जनाएका छन् । ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ का महासचिवसमेत रहेका थपलियालाई नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) सित जोडेर पक्राउ गरिएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । थपलिया सम्बद्ध सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामालाई  केही दिनअघि पक्राउ गरी  नख्खु जेलमा राखिएको छ । थपलिया विगतमा 'प्रलेस' को महासचिवसमेत रहेका थिए ।

थपलियाको खास राजनीतिप्रति समर्थन रहे पनि राजनीतिक व्यक्तिभन्दा लेखकका रूपमा स्थापित थपलिया कलमका माध्यमबाट उत्पीडितहरूका पक्षमा कलम चलाउने साहित्यकार हुन् । राजनीतिक विचारप्रति आस्था राख्ने कुरा संविधानले स्वीकृत गरेको कुरा हो । विचार राख्नु अपराध हुन सक्तैन । थपलियाको गिरफ्तारी विचार अभिव्यक्तिको स्वतन्त्रता विरुद्ध छ । विचार राखेकै भरमा पक्राउ तथा दमन गर्नु भनेको फासिवादी अभ्यासको परिचायक हो  ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष जन्मदेव जैसीका अनुसार उहाँलाई टेकुमा प्रहरी हिरासतमा राखिएको छ र आज २६ गते जिल्ला प्रशाशन कार्यालयबाट म्याद थप गरेर अदालतमा लगिने छ

लेखक थपलियाको गिरफ्तारीको अभिव्यक्ति स्वतन्त्रता तथा उत्पीडित वर्ग तथा समुदायका पक्षधर लेखक- पत्रकारहरूबाट निन्दा तथा भ्रत्र्सना हुनु स्वाभाविक छ । लेखक तथा पत्रकारहरूले जोडदाररूपमा उनको अविलम्ब रिहाइको माग गरेका छन्  ।

यसरी रिहाइको माग गर्नेमा मार्क्सवादी साहित्यकारहरू डा. ऋषिराज बराल, रोशन जनकपुरी, घनश्याम पौड्याल, मोदनाथ मरहट्टा, रामदेव  पाण्डे, मनोहर लामिछाने, आर.एम. डंगोल, रोहित दाहाल, बिष्णु  भण्डारी , खोमा तरामु मगर, उमाकान्त आचार्य, बालाकृष्ण अधिकारी  र पत्रकारहरूमा इन्द्र राउत, केदार गौतम,  दीपेन्द्र रावल, जय दाहाल, सुर्य बराल लगायतका  छन् ।

भिडियो फिचरview all