menu

ताजा समाचार

फासिवादी सरकारद्वारा कुमार पौडेलको हत्या

नेकपा (बिप्लव) का गतिविधिमाथि प्रतिबन्ध भन्दै सो पार्टीका कार्यकर्ताहरूको  गिरफ्तारी तीव्र  बनाइरहेको ओली सरकारको राज्यआतङ्कको चरित्र अब नागरिक हत्याको निरन्तर शृङ्खलामा विस्तारित भएको छ । केही दिन पहिले भोजपुरमा दोहोरो भिडन्तका नाममा नेकपा (बिप्लव) का जिल्ला  नेता तीर्थराज घिमिरेको हत्याको घटना सेलाउन नपाउँदै ओली सरकारका प्रहरीले नेकपा (बिप्लव) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेका छन् ।

प्रहरीले मोटरसाइकल, पेस्तोल र दोहोरो भिडन्तको  कथा तयार पारे पनि घटना सन्दर्भ र समग्र विवरणले दोहोरो भिडन्त नभएर पौडेललाई पक्राउ गरी हात र टाउकामा गोली ठोकेर हत्या गरिएको कुरा प्रस्ट भएको छ । घटनाको समग्र विवरण अझै प्रस्टताका साथ आउँन बाँकी रहे  पनि कमरेड पौडेलका परिवारका सदस्य तथा गाउँले जनताले पौडेललाई कब्जामा लिएर हत्या गरिएको ब्यहोराको पुष्टि गरेका छन् ।

सो घटनाका  सन्दर्भमा सो पार्टीका महासचिव बिप्लवले वक्तव्य प्रकाशित गर्दै पौडेललाई महान् सहिद घोषणा गरेका छन्, उनले मानअधिकारवादी तथा बुद्धिजीवीहरूलाई निष्पक्ष छानबिनका लागि दबाब दिन पनि आग्रह गरेका छन् । त्यसै गरी कार्यकर्तालाई सक्रिय रक्षाको स्थितिमा रहन आह्वान गर्दै सङ्घर्षका विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।

ओली सरकारको यस किसिमको फासिवादी कुकृत्यको चौतर्फी विरोध भएको छ । यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरण, माओवादी बुद्धिजीवीहरू डा. ऋषिराज बराल, रोशन जनकपुरीलगायतका बुद्धिजीवीहरूले ओली सरकार फासिवादी दिशामा गएको भन्दै पौडेल हत्याको घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।

भिडियो फिचरview all