menu

ताजा समाचार

माओवादी छापामारको एम्बुसमा परेर दुईजना असईसहित भारतीय सुरक्षाबलका ५ जनाको मृत्यु, दर्जनौँ मरणासन्न

भारतीय अधिकारीहरूले “भारतमा नक्सली नामले चिनिने माओवादीहरू अब करिबकरिब समाप्त हुने स्थिति पुगेका छन्” भनेर पत्रकारहरूलाई जानकारी गराएको एक हप्ता पनि नबित्तै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका दुई जना असइ र तीन जना सिपाहीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् । उनीहरू माओवादीहरूको बिरुद्ध पेट्रोलिंग गरिरहेको समयमा सो घटना घटेको थियो l

भारतको झारखण्ड राज्यको बङ्गालसित गाँसिएको पुर्बी जिल्ला सरयाबेला क्षेत्रमा १४ जुन  सुक्रबार साँझ ६.३० बजे भएको सो घटनामा माओवादी छामामारहरूले एक दर्जनभन्दा बढी हतियार पनि कब्जामा लिएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घाइतेहरूलाई हेलिकप्टरद्वारा उद्धार गरिएको थियो र तिनीहरूमध्ये कतिपयको हालत एकदमै नाजुक रहेको छ ।

स्मरण रहोस्, केही हप्ताअघि झारखण्ड राज्यमै माओवादी छापामारको एम्बुसमा परेर १५ जना भारतीय सुरक्षा बलका सदस्यहरूको मृत्यु भएको थियो l
भिडियो फिचरview all