menu

ताजा समाचार

बहिष्कारको अर्थ बिद्रोह: माओवादी पार्टी फ्रान्स

हालै माओवादी पार्टी फ्रान्स( पिसिएम) ले एक वक्तव्य जारी गर्दै अमेरिकी राष्ट्रपतिको चुनावमा यौनउत्पीडक, रङ्गभेदी र फासिवादी प्रवृत्तिका अरबपति व्यापारी डोनाल्ड ट्रम्पको विजय अमेरिकाका उत्पीडित जनताका लागि मात्र नभएर विश्वकै उत्पीडित जनताका लागि दुखद र नमीठो समाचार हो र यसले चुनावी प्रजातन्त्र कस्तो हुँदो रहेछ भन्ने कुरा पनि प्रस्ट पारेको  छ भनेको छ ।

ट्रम्पलाई अमेरिकाका निर्धा, निमुखा र श्रमजीवीको सहयोग र समर्थन  छ भनेर हल्ला गरिएको छ । यो सोरै आना झूठो कुरा हो । उत्पीडित जनताले उसलाई सहयोग गरेनन्  बरु चुनावअघि बहिष्कार आन्दोलनलाई अघि बढाए र पछि फासिवाद मान्दैनौँ  भनेर सडकमा निस्किए भनी वक्तव्यमा भनिएको छ ।

माओवादी फ्रान्सका अनुसार ट्रम्पको विजयले उत्पीडित जनताका सामु नयाँ चुनौती उत्पन्न गरेको छ । यसले युद्ध चर्काउने छ र फासिवादलाई बढावा दिनेछ । माओवादी पार्टी फ्रान्सका भनाइमा ट्रम्प फासिवादका पछिल्ला प्रतिनिधि हुन् । उनले पुँजीपतिहरूको रक्षा र सङ्घर्षरत जनतामाथि दमन गर्नेछन् ।

वक्तव्यको अन्त्यमा भनिएको छ : “फासिवाद मुर्दावाद !” भनेर सङ्घर्षरत अमेरिकी उत्पीडित जनताप्रति एैक्यबद्धता प्रकट गर्दै सलाम गछौँ । क्रान्तिकारी शक्तिको विकासका लागि यो ध्रुवीकरण सहयोगी हुनेछ । अमेरिकी उत्पीडित जनताझैँ हामी पनि सन् २०१७ को राष्ट्रपति चुनावलाई बहिष्कार गछौँ । बहिष्कारको अर्थ विद्रोह पनि हो र यो यसैको समय हो ।

भिडियो फिचरview all