menu

ताजा समाचार

भारतीय प्रतिक्रियावादी क्याम्पमा खैलाबैला : माओवादी एम्बुसमा परेर १५ भन्दा बढी कमान्डो फोर्सको मुत्यु

आज मे महिनाको पहिलो दिन । संसारभरिका श्रमजीवीहरूले श्रमिक दिवसका रूपमा आज विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । यसै क्रममा भारतमा जनयुद्ध चलाइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले फौजी कार्यक्रमका साथ माओ दिवस मनाएको छ । हिजो मे १ तारिखका दिन भारतको माहाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा माओवादी जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर भारतीय अर्धसैनिक कमान्डो फोर्स-६० का १५ जनासहित गाडीको ड्राइभरको मृत्यु  भएको छ । दुइटा गाडी टुक्राटुक्रा भएको छ । १ दर्जन जति मरणासन्न अवस्थामा रहेको कुरा पनि समाचार माध्यमले जनाएका छन् l

अघिल्लो हप्ता मात्रै सो क्षेत्रमा खानीलगायत अन्य कामको ठेकेदारी गर्दै आएको ठेकेदारको तीन दर्जन गाडीहरू छापामारहरूले ध्वस्त पारेका थिए ।

प्रारम्भिक रिपोर्टमा १५ जनाको मृत्युको कुरा आए पनि मर्नेहरूको सङ्ख्या त्योभन्दा बढी हुन सक्ने कुरा समाचार माध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार फक्स न्युजले भने १६ जना कमान्डो अफिसरको मृत्यु भएको भनेको छ l

गत साल यसै क्षेत्रमा भारतीय प्रतिक्रियावादी फोर्सले घेराबन्दी गरेर निर्दोष गाउँलेसहित ४० जनाको हत्या गरीर लास गोदावरी नदीमा फ्यालेको थियो । यो हप्ता त्यसैको सम्झनामा माओवादीहरूले त्यस क्षेत्रमा विभिन्न कार्यक्रमसहित सहिद सप्ताह मनाउने निर्णय गरेका थिए ।

भिडियो फिचरview all